NP EN

​संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं ६ असोज, प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्नुभएको छ । 

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पार्टीका नेता, कार्यकर्ता, सरकारका सचिवहरुले बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री ओलीको भ्रमण दलमा धर्मपत्नी राधिका शाक्य, परराष्टकमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, स्वकीय सचिब राजेश बज्राचार्य, दमक नगरपालिकाकी उपप्रमुख गीताकुमारी पौडेल अधिकारीसहित २१ जना सदस्य रहनु भएको छ ।

प्रधानमन्त्रीले असोज ८ गते हुने नेल्सल मण्डेला शान्ति सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले एसिया सोसाइटीले आयोजना गर्ने शान्ति, लोकतन्त्र र विकास विषयमा सार्वजनिक मन्तव्य दिने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले विभिन्न द्विपक्षीय भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मिसेस ट्रम्पले आयोजना गर्ने रात्री भोजमा प्रथम महिला राधिका शाक्यसहित प्रधानमन्त्री ओली सहभागी हने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्री ओलीले असोज १० गते स्विटजरल्यान्डका राष्ट्रपतिसँग द्विपक्षीय हितका बिषयमा छलफल गर्नुहुने कार्यक्रम छ । सोही दिन भियतनामको स्वतन्त्रता दिवसको कार्यक्रममा समेत प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ । 

असोज ११ गते प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गटरेससँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा नेपालको नीति तथा योजनाको बारेमा मन्तव्य दिने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरिएको रात्रिभोजमा नेपाली प्रतिनधिमण्डल सहित सहभागी हुने कार्यक्रम रहेको छ ।

यसैगरी असोज १२ गते प्रधानमन्त्री ओली र  कम्बोडियाका प्रधानमन्त्रीबीच द्विपक्षीय हितका बिषयमा कुराकानी हुनेछ । 

असोज १३ गते प्रधानमन्त्री ओली कोष्टारिका पुग्ने कार्यक्रम छ । कोस्टारिकामा युनिभर्सिटी अफ पिस इन स्यान्जोसलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन कोस्टारिकाका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । कोस्टारिका प्रधानमन्त्री ओली चार दिन रहने कार्यक्रम छ । कोस्टारिकाबाट प्रधानमन्त्री ओली  १६ गते न्यूयोर्क फर्कने कार्यक्रम छ ।

१७ गते प्रधानमन्त्री ओली न्यूयोर्कबाट स्वदेश प्रस्थान गर्नुहुनेछ । १८ गते अपरान्ह ३.४५ बजे त्रिभूवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।