NP EN

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले सार्वजनिक विद्युतीय सवारी साधनको उद्घाटनका अवसरमा

सम्माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु, योजना आयोगका उपाध्यक्षज्यू, काठमाण्डौ र ललितपुरका मेयरहरु, विदेशी पाहुनाहरु लगायत उपस्थित व्यक्तित्वहरु । कार्यक्रममा उपस्थित सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरु !

१. नेपाल सरकारको विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकार्पण भएको छ । अर्थात आज हामी विधुतीय यातायातको सोच मात्र अघि बढाइरहेका छैनौ, त्यसलाई  सम्बन्धमा राष्ट्रिय कार्ययोजनाका रुपमा समेत विकास गर्दैछौं । आज हामी त्यसको कार्ययोजना प्रस्तुत गरिरहेका छौं ।

अहिले यतिखेर, प्रधानमन्त्रीको रुपमा मेरो अघिल्लो कार्यकालमा नेपालमा वातावरण मैत्री यातायात नीति तर्जूमा गर्नु पर्छ भनेर गरिएको कुरा स्मरण गरिरहेको छु । सार्वजनिक गरिएको यस राष्ट्रिय कार्ययोजनाले विद्युतीय यातायात प्रवद्र्धनको लागि जोड दिएको छ । 

२. आज एशियाली विकास वैकद्वारा लुम्विनी विकास कोषलाई उपलब्ध गराइएको विजुली वस, लुम्विनीमा अन्तराष्ट्रिय विमानस्थल तयार नभएसम्मका लागि, जसरी नागरिक उड्यन मन्त्रीले भन्नु भयो, राजधानीमा सञ्चालन गर्न साझा यातायातलाई जिम्मेवारी सुम्पिइएकोे छ । यसका लागि लुम्विनी विकास कोषलाई धन्यवाद भन्न चाहन्छु । साझा यातायातद्वारा काठमाण्डौ उपत्यकामा सञ्चालन गर्न लागिएका यी पाँच थान विजुली बसहरु देशव्यापी रुपमा स्वच्छ उर्जातर्फ सबैको ध्यान तान्न सक्षम हुने छन भन्ने विश्वास मैले लिएको छु ।

तसर्थ, यी ५ थान विजुली बसहरु, बसको मात्र कुरा नभएर, हाम्रो आगामी कामको दिशा हो भन्ने समेत स्पष्ट पार्न चाहन्छु । यी पाँच थान बसको कुरा मात्र होइन, यसले पहिल्याएको बाटो महत्वपूर्ण हो भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु । 

३. हामीले आधारभूत रुपमा लोड सेडिङको अन्त्य गरेका छौं । आगामी केही वर्षमै जलविद्युतमा हामीे स्वनिर्भर हुनेछौं । वातावरण र जनस्वास्थ्यलाई हानी पु¥याउने पेट्रोलियम उर्जाको ठाँउमा आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युतको प्रयोगले हाम्रो अर्थतन्त्र, वातावरण र जनस्वास्थ्य सबैतिर सकारात्मक परिवर्तन ल्याउने छ, सबैलाई लाभ पुग्ने नै छ । सार्वजनिक यातायातमा यसको प्रयोगलेआयात गरिने महंगिदै गएको र सर्वत्र महंगी बढाउन योगदान गर्ने पेट्रोलियम पदार्थलाई आफ्नै विद्युतबाट चल्ने सवारी साधनले विस्थापित गर्दै जानेछ । 

एउटा सानो उदाहरण हेर्ने हो भने– राजधानी उपत्यकामा मात्रै हजारौ डिजेल गाडि तथा ८ लाख भन्दाबढि मोटरसाइकल÷स्कुटरले यहाँको वायु कति प्रदुषित गर्दछ होला? विद्युतिय सवारी साधनको प्रयोगले वातावरण र जनस्वास्थ्यमा कति सकारात्मक असरका निम्ति योगदान गर्ला ?

४. आज सार्वजनिक गरिएको राष्ट्रिय कार्य योजनाले जोड दिए झैं विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि अब छुट्टै एकाई गठन गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ । 

यस सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न बीस ठाउँमा विद्युतीय सवारी साधनकालागि आवश्यक पर्ने चार्जिङ स्टेसनको स्थापना गर्ने भएको छ । विद्युतीय यातायातका साधनको प्रवद्र्धनका लागि आर्थिक सहयोग र प्रोत्साहन–लगानी गर्ने विषयमा समेत सरकारी निकायहरु बीच छलफल विचार विमर्श भइरहेको छ । 

५. सन् २०२० सम्ममा नेपालमा चल्ने कूल सवारी साधन मध्ये कमसेकम २० प्रतिशत विद्युतीय उर्जाबाट सञ्चालन हुने लक्ष्य हामीले लिएका छौं । 

यसबाट उर्जाको किफायत हुने र विजुलीबाट चल्ने सार्वजनिक सवारी साधन प्रयोगमा ल्याएर सन् २०५० सम्ममा पेट्रोलियम पदार्थमाथिको निर्भरतालाई धेरै ठूलो मात्रामा कम गर्ने, सकेसम्म यसबीच त्यो निर्भरतालाई समाप्त नै पार्ने हाम्रो योजना छ । यस सन्दर्भमा, दुबै छिमेकी मित्रराष्ट्रहरुका यससम्बन्धी लक्ष्यलाई पनि हामीले हेरिरहेका छौं ।  

६. आजको विश्वव्यापी प्रवृत्ति भनेकै वातावरण मैत्री विकास हो । हाम्रो वनजंगलको डंढेलोमा नियन्त्रण, स्वच्छ उर्जा, विद्युतीय सवारी साधन, नन–एसिडिक व्याट्रीको प्रयोग आजको आवश्यकता हो । वी वाई डी सवारी साधनको अलि बढी महत्व यसकारण छ, यी गाडीमा प्रयोग हुने ब्याट्री ननएसिडिक र माटोलाई बिगार्ने खालको होइन, माटोमा विलिन हुने खालका छन् । यी ब्याट्रीले वातावरण बिगार्दैनन् । 

विज्ञान र प्रविधि मानव जीवनलाई सहज तुल्याउन सहयोगी हुनुपर्छ । यसैले, अघिल्लो कार्यकालमा मैले ग्यास सिलिण्डरको ठाँउमा घरघरको चुल्होमा ग्यास–पाइप भनेको थिएँ । अब हाम्रो दैनिक जीवनमा प्रयोग हुने अन्य सामग्रिहरु समेत विद्युतीय हुने छन् र हुनु पर्छ । अब छिट्टै हामी ग्यास पाइप होइन, विजुलीको तार चुलो चुलोमा पु¥याउने छौं । अबको हाम्रो प्रयास, हाम्रा अव्यवस्थित वस्तिहरुलाई पुनरव्यवस्थित गर्ने योजना बनाएर अघि बढिरहेका छौं ।  अब  हाम्रो प्रयास घरघरको चुल्हो–विजुली सञ्चालित चुल्हो हुने तर्फ लक्षित हुनेछन् । 

आजको यो सानो प्रयासले कार्वन उत्सर्जनमा न्यूनीकरण गर्ने, ग्लोवल वार्मिङ नियन्त्रण र जलवायू तथा वातावरणको रक्षामा योगदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु । यो प्रयास सानो हो, तर ठूला प्रयास पनि सानैबाट सुरु हुन्छन्, विरुवा पनि सानै हुन्छ, ठूलाठूला मानिस पनि जन्मिदाँ सानै हुन्छन् । 


 

७. ध्वनी प्रदुषणको नियन्त्रणसंगै नवीकरणीय उर्जाको प्रयोग हुँदा विश्वभरका पर्यटकहरुका लागि नेपाल अझ आकर्षक गन्तव्य बन्नेछ । विद्युतीय सवारी साधनको प्रयोगले वायु प्रदूषण घटने छ । नेपालीको जनस्वास्थ्यमा सुधार हुनेछ र स्वच्छ वातावरणका कारण हाम्रो अर्थतन्त्रमा विशेष स्थान राख्ने पर्यटन उद्योग अझै फस्टाउने छ । लुम्विनी विकास कोषलाई एडीवीबाट प्राप्त भएको बस हामीले यहाँ चलाएका छौं । यसले हामीलाई ठूलो उद्देश्यतर्फ अग्रसर गराएको छ । यस्ता सवारी साधनको प्रयोगबाट हामी जिवाष्म इन्धनबाट हुने वायु र ध्वनी प्रदूषणबाट बच्न सक्छौं । 

८. आज काठमाण्डौमा सुरु भएका विजुली वसहरुले आउँदा दिनमा सफलताका कथाहरु रच्दै जाने छन्, थप्दे जाने छन् । मेरो विश्वास छ, यस प्रयासले विजुलीका सवारी साधनका सम्बन्धमा माछाले भन्दा बढी फूल पार्ने छन् । विधुतीय सवारीको प्रचलन अगाडि बढ्ने छ, देशका शहरहरुलाई आकर्षित गर्नेछ । देशका अन्य शहरहरुलाई पनि वातावरण मैत्री विद्युतीय सवारी साधन सञ्चालन गर्न प्रेरित गर्ने छन् भन्ने मैले विस्वास लिएको छु । 

विद्युतीय सवारी साधनको उत्पादन गर्ने प्रख्यात चीनियाँ कम्पनी वी वाई डी ले नेपाल भित्र्याएका यी वसहरु साझा यातायात जस्तो प्रतिष्ठित नेपाली संस्थाले सञ्चालन गर्दैछ । मलाई आशा छ, साझाको यो प्रयास आउँदा दिनमा अझ व्यापक बन्दै जानेछ ।  

९. यो सरकार सार्वजनिक यातायातको चौतर्फी रुपमा स्तर वृद्धि गर्न प्रतिवद्ध छ । यो सरकार विद्युतीय सवारी साधनको उपयोगद्वारा सार्वजनिक यातायातलाई सुविधायुक्त, सुरक्षित, स्वास्थ्य र वातावरण मैत्री बनाउन चाहन्छ, त्यसका निम्ति प्रयत्नशील छ ।

विद्युतीय सवारी साधन आयात गरेर मात्रै हाम्रो यी लक्ष्यहरु पुरा हुदैनन्, यसको उत्पादन उद्योग पनि नेपालमा खोल्ने दिशामा सोच्नु पर्दछ । र यहाँ निजि क्षेत्रको सलग्नता आवश्यक छ ।

मैले विश्वास लिएको छु, आउँदा दिनमा विधुतीय सवारी साधनको मूल्य पनि कम हुनेछ । अहिले नयाँ भएकोले, आकर्षण भएकोल होला, नयाँ प्रविधिको ब्याट्री भएकोले होला, मूल्यका हिसाबले अलि चर्को छ । म उत्पादक कम्पनीहरुलाई भन्न चाहन्छु, अबको दुनिया यतै तिर जान्छ, मूल्य बढाउनु पर्दैन् । मूल्य घटाएर पनि प्रशस्त नाफा हुनेछ । त्यसैले म उत्पादक कम्पनीलाई मूल्य घटाउन आव्हान गर्दछु ।

१०. अन्त्यमा, जलस्रोतको धनि हाम्रो मुलुकले विद्युतीय सवारीमा आएको ठुलो परिवर्तनको फाइदा लिनै पर्छ। यस अवसरमा म यातायातका साधनमा विद्युतीय उर्जाको प्रयोगबाट हामीले प्राप्त गर्ने आर्थिक–सामाजिक र अरु विभिन्न प्रकारका लाभका सम्बन्धमा आम नागरिक दाजुभाई, दिदीवहिनीहरुलाई समेत सुसुचित गराउन आमसञ्चार माध्यमहरुलाई आग्रह गर्दछु । 

आउने समयमा हाम्रो देशले यातायातको साधनमा स्वच्छ उर्जाको प्रयोग गर्ने देशका रुपमा ख्याति कमाउने छ भन्ने विश्वास व्यक्त गर्दछु ।

हाम्रो देश स्वच्छ देश हो, प्रकृतिको स्वच्छता कायम राख्ने आफ्नै  प्रकृयामा व्यवधान नपु¥याउने हो भने यो स्वच्छता कायम रहने छ । हामीसँग ग्लेसियर, झरना, ताल, नदी छन्, जो वातावरणको स्वच्छता कायम राख्न कृयाशील छन् । 

यस कार्यमा संलग्न सबैप्रति हार्दिक धन्यवाद भन्न चाहन्छु, शुभकामना व्यक्त गर्न चाहन्छु,  सफलताको कामना गर्दछु । 

धन्यवाद ।

२०७५ कार्तिक ६ गते, ललितपुर