NP EN

​नेपाल तिब्र बिकासको देश हुनसक्छ : प्रम ओली

काठमाडौं, २१ मंसिर, प्रधानमन्त्रत्री केपी शर्मा ओलीले नेपाल  तिव्र विकासको देश हुन सक्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालिन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।     

नेपालको   विकासका लागि अरु देशका अनुभव,सीप र प्रविधि  सजिलै उपलब्ध हुने हुनाले  तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिहरनु पर्दैन । अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।”

प्रधानमन्त्री ओलीले १५ औं पञ्चबर्षीय योजना (२०७६/०७७ –२०८०/०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताउनुभएको छ । “अघिल्ला योजनाका समिक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक,प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यबहारिक योजना बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’  बनाउनु पर्दछ ।”




स्वदेशमा रहेका फलाम खानीको उत्खनन्,विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल,डिजेल जस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा   केन्द्रीत हुनु पर्ने मा प्रधानमन्त्ती ओलीको जोड छ ।  “विद्युत,सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठुलो भरथेग हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ जेट्रोफाबाट पनि इन्धनको आपूर्ती गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातीको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ । ”

प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता,लोकतान्त्रिक प्रणाली,सामाजिक न्याय,राष्ट्रिय एकता र शान्ती र सुरक्षामा कोह कसैसँग सम्झौता नुहने बताउनुभएको छ । देशा विकासका योजनाहरु पनि यी उल्लेखित पाँच कुरालाई सम्बोधन गर्ने र मजुवत पार्ने किसिमका हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।