NP EN

नेपालको विविधताले नेपालीलाई एक सुत्रमा बाँधेको छ : प्रम ओली

काठमाडौं, २२ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विविधताले नेपालीलाई एक सुत्रमा बाँधेको बताउनुभएको छ ।

सोनाम ल्होछार–२८५५  को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । 

प्रधानमन्त्री ओलीले नेपालका विविध जातीका चाडपर्व,भेषभुषा आफ्नै आफ्नै प्रकारका रहेको उल्लेख गर्दै यिनै विविधताले नेपालीलाई एकताको सुत्रमा बाध्न मद्धत गरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सरकारले सबै जातजातीका चाडपर्वहरुलाई उत्तिकै सम्मान गर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक हक अधिकारको संघर्ष सकिएकोले सबैलाई विकास र समृद्धिमा जुट्न आह्वान गर्नुभएको छ । सरकारले अघि बढाएको समृद्ध नेपाल,सुखी नेपालीको महाअभियान सफल पार्न सम्पूर्ण जाती र समुदायको भूमिका उत्तिकै महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । “ खासगरी हाम्रा साँस्कृतिक पर्व, भेषभुषा मार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिन्छ ” प्रधानमन्त्री ओलीे सन्देशमा भन्नुभएको छ “ यस्ता सम्पदाहरुलाई   पर्यटक आकर्षण गर्ने माध्यमको रुपमा समेत विकास गर्न सकियो भने हाम्रो संस्कृति पनि जीवित रहन्छ । यस्ता सम्पदाको अवलोकनका लागि स्थानीय स्तरमा पुग्ने पर्यटक मार्फत आय आर्जन गर्न पनि सकिन्छ । ”