NP EN

​उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुहोस्, ब्याजदरमा लचिलो हुनुहोस् : प्रम ओली

काठमाडौ, ४ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुलाई आज बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक,रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिनुभएको छ । “लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहेस र सबभन्दा कम ब्याज उठाउनुहोस । बिलासिताका वश्तुमा लगानी कम गर्नुहोस । ब्याज बढी गर्नुहोस ।”

महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोािष्त चर्को  ब्याजदर कारण निजी क्षेत्रलाई  परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा आयोजना गरेको महासंघले प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो । 



प्रधानमन्त्ती ओलीले व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिनुभएको छ । “बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त हुदैन । यसमा सरकारले नियमन गर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्न सदा सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।