NP EN

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम प्रदेश सभा बैठकलाई सम्बोधन

माननीय सभामुख महोदय,

आज सदुरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने अवसर प्रदान गर्नु भएकोमा यहाँलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । र, यस प्रदेश सभालाई गर्ने, सभालाई गर्ने सम्बोधनबाट म प्रदेशका मुख्य मन्त्रीज्यू, मन्त्रीज्यूहरू, प्रदेश सभा सदस्यज्यूहरू, तमाम् स्थानीय निकायका जनप्रतिधिज्यूहरू र प्रदेशका सम्पुर्णं दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अभिवादन भन्न चाहन्छु ।

यस प्रदेशका प्रदेश प्रमुख स्वास्थ्य उपचारको क्रममा हुनुहुन्छ । म उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ।

आज मलाई अत्यन्तै खुसी लागेको छ, यो अत्यन्तै पुरानो सभ्यता, गौरवपूर्ण इतिहास बोकेको ६ ओटा जस्तो भाषा, कतिपय धार्मिक आस्था, विभिन्न साँस्कृतिक विविधतायुत्त व्यास हिमाल, ओपी हिमाल जस्ता प्रसिद्ध हिमालदेखि लिएर शुक्लाफाँटा सम्मका अत्यन्तै महत्वपूर्ण तीर्थस्थल, प्राकृतिक स्थल, पुरातात्विक महत्वका स्थलहरू, पवित्रभूमिहरू र अत्यन्तै मेहेनती जनताको बसोवास भएको यस प्रदेशमा सम्बोधन गर्नु र यस प्रदेशका आंकक्षाहरू र ती आंकक्षाहरूको परिपूर्तीका निम्ति विकास निर्माणका प्रश्नहरूलाई आवश्यकताहरूलाई सम्बोधन गर्नु, यहाँका जनताको समस्या समाधान गर्ने दिशामा यस गरिमामय प्रदेश सभामा विचार राख्नु अत्यन्तै महत्वपूर्ण कुरा हो भन्ने मैले ठानेको छु । 

सभामुख महोदय,

आज हामी एउटा महत्वपूर्ण विन्दुमा उभिएका छौं । हामीले यसै पनि हामीले हिजो फागुन ७ गते प्रजातन्त्र दिवस मनायौं । ६९ वर्ष अगाडि राणा शासनको अन्धकारयुगबाट बलिदानपूर्ण र सफल जनसङ्घर्षको माध्मयबाट नेपाल एउटा नयाँ युगमा प्रवेश गरेको थियो । हामीले स्मरण गर्‍यौं । त्यस यताबाट पनि हामी लामोसङ्र्घषका उतारचढाबहरूबाट, बलिदानपूर्ण सङ्घर्षका उतारचढाबहरूबाट यस ठाउँमा आइपुगेका छौं । आज आन्दोलन सफल भएको छ । हामीले आफैले निर्वाचित गरेको समावेशी र सहभागिता मूलक समानुपातिक प्रतिनिधित्वको संविधान सभाबाट सार्वभौमसत्ता जनतामा रहेको अत्यन्तै लोकतान्त्रिक नयाँ मुल्य मान्यताहरू समावेश भएको समाजवाद उन्मुख संविधान निर्माण गरेका छौं । संविधानको कार्यान्वयनको सन्र्दभमा निर्वाचन गरेका छौं । संविधानले भनेका सातै प्रदेशका निर्वाचन र ७५३ ओटै स्थानीय तहका निर्वाचनहरू सम्पन्न गरेका छौं । यसरी एउटा नयाँ सफलताको विन्दुमा हामी पुगेका छौं र अब राजनीतिक सङ्र्घसको, आन्दोलनको समयबाट हामी राष्ट्रलाई आर्थिक उन्नतीको, सुशासनको र प्रगतिको बाटोमा लाने । त्यस विन्दुमा उभिएका छौं । जनु कुरालाई हाम्रा उपलब्धिहरूले संम्भव बनाएका छन् । यस प्रसँगमा यहाँसम्म देशलाई ल्याइ  पुर्‍याउनको निम्ति जुन योगदान हाम्रा आदरणीय सहिदहरूको बलिदानबाट पुगेको छ । हाम्रा योद्धाहरू जसले घरवार बरवाद भएको सहनुपरेको छ,  परिवारसँग छुट्टिनु परेको छ, घाइते हुनु परेको छ, अनेक पीडा सहनु भएको छ । सबैमा म स्मरण गर्न चाहन्छु् । सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु र घाइते र जसले क्षति बेहोरनु परेको छ, उहाँहरूप्रति म सम्मान  व्यक्त गर्न चाहन्छु । ज सले हामीलाई मार्गदर्शन गर्नु भएको छ, सम्पूर्ण अग्रजहरूप्रति सम्मानभाव व्यक्त गर्न चाहन्छु । 

अहिले हामी यस विन्दुमा आइपुगेका छौं र निर्वाचनबाट हामी सबैलाई थाहा छ, एउटा बहुमत सहितको स्थिर सरकार बनेको छ । यसले देशमा स्थायित्व दिएको छ । अस्ति ३  गते मेरो नेतृत्वमा सरकार बनेको एक वर्ष पुरा भयो । नेपालमा यस्तो लाग्यो की सात साल देखि यता पाँच वर्ष कुनै सरकार पुग्न पाएन् । कुनै सरकारले पाँच वर्षको आयु भोग्न पाएन जबकी सरकारको आयु साधरणतया पाँच वर्षको हुन्छ । अमेरिका र केही देशहरूमा चार वर्ष हुन्छ र अरु देशहरूमा पाँच वर्ष हुन्छ । कुनै देशमा वर्षैपिच्छे फेरिन्छ राष्ट्र प्रमुख जस्तो स्वीट्जरल्याण्डमा हरेक देशमा राष्ट्रपति फेरिन्छ तर त्यहाँ एउटा प्रणाली छ । त्यो पालैपालोको प्रणाली हो । एउटा राष्ट्रपति फेरिएको अस्थिरताको कारणले होइन् । त्यहाँको नियमको कारणले हो । एउटा राष्ट्रपति एक वर्षका लागि हुन्छ जनवरी पहिलोबाट फेरिन्छ, अर्को राष्ट्रपति हुन्छ । एक वर्षका लागि हुन्छ, फेरि अर्को जनवरीबाट अर्को राष्ट्रपति हुन्छ । त्यो नियम हो । त्यसमा तानातान दाउपेच आदिको कुनै आवश्यकता छैन् । त्यस्तो गर्दैन् । त्यसले सरकारको अस्थिरता पनि हुदैन्, नीतिमा अस्थिरता पनि हुदैन् । व्यवहारमा अस्थिरता पनि हुदैन् र व्यवहारमा अस्वस्थ्व खेल पनि हुदैन् । तर हाम्रोमा अस्थिरता जहिले पनि अस्थिरताको दौड, चक्र चलिरह्यो । त्यस स्थितिबाट अब देशले पार पाएको छ । साधारणतया भन्ने हो भने अहिले हामीले जुन निर्वाचन प्रणाली लिएका छौं, त्यस निर्वाचनबाट बहुमत प्राप्त गर्न सजिलो छैन् । यो प्रत्यक्ष निर्वाचन प्रणाली वा बढी ल्याउनेले जित्ने, बढी भोट ल्याउनेले जित्ने प्रणाली जस्तो मात्र यो प्रणाली होइन् । यसमा समानुपातिक प्रतिनिधित्वको प्रणालीले गर्दा फेरि बहुमतमा जित्यो भने समानुपातिकले त्यसलाई बहुमत प्राप्त पार्टीको  रूपमा उभिन दिदैन् । फेरि त्यसलाई घटाइदिन्छ । तर त्यस्तो प्रणालीमा पनि बहुमतको स्थिति बनेको छ र यो नेपाली जनताले वास्तवमा अस्थिरताबाट दिक्क भएर अब देशलाई अस्थिरता होइन्, स्थिरताको बाटोमा लानु पर्छ भन्ने खुलस्त अभिमत जायर गरेको स्थिति हो । त्यसकारण अब हामीसँग बहुमतको सरकार छ र म,

सभामुख महोदय,

यहाँमार्फत माननीयजीहरूलाई भन्न चाहन्छु, अहिलेको सरकार खालि संख्यामा बहुमत भएको हुनाले स्थिर सरकार मात्रै होइन् । यो सरकार नीतिमा, विचारमा, दुरदृष्टिमा, भिजनमा, उद्देश्यहरू तय गर्ने कुरामा, हामी कहाँ पुग्नु पर्ने छ त्यस कुरामा अथवा कुन बाटोबाट कस्ता लक्ष्यहरूका साथ कुनकुन उद्देश्य प्राप्त गर्नका लागि कस्ता नीतिहरू तय गरेर जानुपर्छ जस्ता कुराहरूमा यो सरकार बहुतै स्पष्ट छ ।

नेपालको राजनीतिक र सत्ता संचालनको इतिहासमा  यस प्रकारको नीतिगत स्पष्टता, हरेक विषयमा नीतिगत स्पष्टता, त्यसको दृढता र त्यसको कार्यान्वयनमा सक्रियता र तत्परता सहित हाम्रा आन्तरिक नीति हुन् वा बाह्य नीति हुन् । हाम्रा विभिन्न विषयका कृषि सम्बन्धी नीति, उद्योग सम्बन्धी नीति, पर्यटन सम्बन्धी नीति, सेवाका क्षेत्रहरूको विकास सम्बन्धी नीति अथवा पूर्वाधार निर्माण सम्बन्धी नीति, उर्जा सम्बन्धी नीति अथवा जुनसुकै नीति हुन् । अथवा आइटी सम्बन्धी नीति– यी जुन सुकै नीति हुन् । यी नीतिहरूमा अत्यन्तै स्पष्ट छौं । हाम्रो वैदेशीक सम्बन्ध, वैदेशीक व्यापार यस सम्बन्धमा हाम्रा नीतिहरू बहुतै स्पस्ट छन् । र नीतिगत स्पस्टता, बहुमतको स्थिरता सहीत अब हामी सुशासन र विकासको बाटोमा अग्रसर भएका छौं ।

यतिबेला अब हामीले यी कुराहरूलाई सफल बनाउनको निम्ति अत्यन्तै दृढता, एकता र सक्रियतापूर्वक अगाडि जानु छ ।

यस सभामा उपस्थित हुनु भन्दा अगाडि मैले यस सभामा रहनु भएका सत्तापक्षका नेता र विपक्षका नेता दुईओटै पक्षका नेताज्यूहरूसुंग भेट्ने र उहाँहरूका भावना संक्षिप्तमा सुन्ने मौका पाए । मलाई खुसी लाग्यो की विकास निर्माणका प्रश्नमा अत्यन्त जिम्मेवार र एकतावद्ध भएर जानुपर्छ भन्ने कुरामा कुनै दुईमत नरहेको र सुशासन र विकासको प्रश्नमा यस क्षेत्रको विकासका प्रश्नहरूमा मैले समान धारणहरू पाए । 

अब, यस्तो बेलामा हामी एकतावद्ध भएर सक्रियताका साथ अगाडि बड्ने र हाम्रा उद्देश्यहरू, राष्ट्रका साझा अभिभाराहरू पुरागर्नुपर्ने आवश्यकता छ ।

म सबै सभासदज्यूहरूलाई बहुतै स्पस्ट रहन आग्रह गर्दछु । अहिलेको सरकारले पाँच ओटा मुख्य आफ्ना अडानका कुराहरू, दृष्टिकोणका कुराहरू बनाएको छ । पहिलो हामी राष्ट्रियताको सवालमाः देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक खण्डता, राष्ट्रियहीतहरू र स्वाभिमानलाई अत्यन्तय महत्व दिन्छौं र ती कुराहरूलाई रोक्छौं । कहीबाट उंलग्न हुन खोज्यो भने हामी रोक्छौं ती कुराहरूलाई र तिनीहरूको रक्षा गछौं । कसैले पनि ती कुराहरूमा तलमाथि गर्न पाउदैन् हामी त्यस्तोमा छुट् दिदैनौं । यो एउटा एकदमै आधारभूत प्रश्न हो । हाम्रो वैदेशीक सम्बन्धः पारस्परिक लाभ, पारस्परिक सम्मानको आधारमा संयक्त राष्ट्रसंघका वडापत्र, पञ्चशीलका सिद्धान्तहरूको आधारमा । राष्ट्रिय हितमा अडिएर र न्याय र अन्तर्राष्ट्रिय उत्रदायित्व समेतलाई ध्यानमा राखेर हाम्रो देशको विकासको आजको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर । त्यसो गरिरहदा हाम्रा कुनै स्वाभिमान र हितहरूलाई तलमाथि पर्न नदिएर अगाडि बढाउने हाम्रो नीति रहेको छ । सार्वभौम स्वतन्त्रता, सार्वभौम स्वाधीनता, सार्वभौम समानता । हामी सबै राष्ट्रहरू बराबर हुन्छन् भन्ने ठान्छौं । र, बराबरीका हैसियतमा सबै राष्ट्रहरूका बीचमा सम्बन्ध हुनुपर्छ भन्ने ठान्छौं । त्यसैगरी अगाडि बढ्छौं । यस नीतिमा सरकार दृढ छ । स्पस्ट छ । म माननीयजीहरूलाई स्पस्ट रहन आग्रह गर्न चाहन्छु ।  यसमा कुनै प्रकारको भ्रममा पर्न जरुरी छैन् ।

लोकतन्त्र हामीले लडेर ल्याएका हौं । एउटा हल्ला छ अलिकति म स्पस्ट गर्न चाहन्छु, अधिनायकवाद तिर जान थाल्यो भन्ने हल्ला छ । हल्ला चलाइएको छ कतैकतैबाट । यो सरकार, अहिलेको सरकार अरुले ल्याइदिएको लोकतन्त्रमा हात थापेर, स्वीकारेर गएको होइन् । यो सरकार लोकतन्त्रका लागि लडेर, त्यसको नेतृत्व गरेर, त्यसको अगुवाई गरेर लोकतन्त्रका मूल्य मान्यता अनुसार नै आएको सरकार हो  । लोकतन्त्र ल्याएर लोकतान्त्रिक विद्यिबाट आएको सरकार हो यो । जनताको विश्वासबाट आएको सरकार हो र लोकतन्त्रमा जनताको अभिमतको कदरगर्नु लोकतन्त्रको पहिलो सर्त हो । त्यसकारण जनताको अभिमतको हामीले कदर गर्नु पर्दछ ।

हामीले लडेर ल्याएको लोकतन्त्र त्यसको रक्षा गर्नु, त्यस लोकतन्त्रलाई सुदृढ गर्नु र वास्तविक अर्थमा लोकतन्त्रको प्रयोगगर्नु आजको आवश्यकता हो ।

लोकतन्त्रका विश्वव्यापी मान्यताहरू, लोकतन्त्रका आधारभूत मान्यताहरू आफुले परिभाषित गरे अनुसारको लोकतन्त्र होइन् । विश्वको साझा परिभाषाको लोकतन्त्र । संयुक्त राष्ट्र संघले भनेजस्तो लोकतन्त्र अथवा मानव चेतनाले खोजेको, चाहेको लोकतन्त्र । आजसम्मका हाम्रा अभ्यासहरूले विकास गरेको लोकतन्त्र । शक्ति पृथ्कीकरणको सिद्धान्त सहित, सन्तुलन नियन्त्रणको सिद्धान्त सहित प्रतिपक्ष वा भिन्न विचारप्रतिको सहिष्णुता सहित, संवैधानिक प्रतिपक्ष वा मान्यताप्राप्त प्रतिपक्ष वा सअस्तित्व सहितको सिद्धान्त सहितको लोकतन्त्र र आवधिक निर्वाचन निर्वाचन, बहुदलीय निर्वाचन प्रणाली सहितको पारदर्शी जनताप्रति उत्त्तरदायी त्यस्तो लोकतन्त्र ।

लोकतन्त्र खाली राजनीतिक क्षेत्रमा मात्रै होइन् । लोकतन्त्र संकुचित अर्थमा मात्रै होइन् । सम्पूर्ण स्वतन्त्रताका हकहरू मौलिक हक, स्वाधीनताका हक, स्वतन्त्रताका हक । यी हकहरूको प्रयोगसहित एउटा व्यवस्थित, सभ्य, सुसँगत लोकतन्त्र ।

लोकतन्त्रका नाममा जसलाई जे पनि भन्न पाइने, गालि गर्न पाइने, मुख छाड्न पाइने, जसो पनि गर्न पाइने । यस्तो खालको होइन् । लोकतन्त्र जिम्मेवार लोकतन्त्र । मैले आफ्नो अधिकारको प्रयोग गर्छु भने अर्काको अधिकारको  त्यतिबेला हनन् गर्न मिल्दैन् । हनन् गर्नु हुदैन् उसको पनि लोकतन्त्र हो भन्ने कुरा बुझ्ने पर्छ । त्यसकारण यो सम्पुर्ण लोकतन्त्र । सम्पूर्ण लोकतन्त्र राजनीतिक क्षेत्रमा मात्र पनि होइन् । आर्थिक क्षेत्रमा पनि । जनताका खाने, लगाउने, बस्ने, छोराछोरी पढाउन सक्ने, विरामी हुदा उपचार गर्न सक्ने आदि कुराहरू समेत उपलब्ध हुने लोकतन्त्र । खाली जीडिपी र प्रतिव्यक्ति आएको समग्र हिसाब गरेर देखाइने आँकडाको मात्रै लोकतन्त्र होइन् ।  हरेक मान्छे गरिबीबाट मुक्त भएको । हरेकले छोराछोरी पढाउन सकेको, हरेकको आवासको प्रबन्ध भएको । हरेकले स्वास्थ्य उपचार गराउने प्रबन्ध भएको त्यस्तो लोकतन्त्र ।

प्रतिशतका हिसाबले होइन् सम्पूणले समान अधिकार, समान अवसर, उत्तिकै सुरक्षा र सम्मान पाउन सक्ने लोकतन्त्र । अथवा सम्पुर्ण अधिकार भएको लोकतन्त्र । जसलाई हामीले सामाजिक न्याय सहितको लोकतन्त्र भनेका छौं । सामाजिक न्याय सहितको आर्थिक उन्नती भनेका छौं । सामाजिक न्याय सहितको समृद्धि भनेका छौं । सामाजिक न्याय सहितको यस्तो लोकतन्त्रलाई त्यस बाटोलाई हामीले समाजवाद उन्नमुख भनेका छौं । समाजवाद उन्नमुख लोकतन्त्र । समानता, समृद्धिका लागि क्रियाशील लोकतन्त्र । यस लोकतन्त्रलाई हामीले वास्तविक अर्थको लोकतन्त्र भनेका छौं । यस कुरामा हामी आज प्रतिवद्ध छौं र क्रियाशील छौं । 

त्यसै गरेर अर्को तेस्रो नीतिमा पनि हामी स्पस्ट हुन जरुरी छ । यो सामाजिक न्याय र समानताको प्रश्नमा । हाम्रो समाज मैले अघि पनि भने यो प्रतिव्यक्ति आय वा समग्र राष्ट्रिय उत्पादनका आँकडा देखाएर गरिबी ९० प्रतिशत हट्यो, १० प्रतिशत त हो नि भनेर १० प्रतिशत मान्छे भोकै रहुनजेल, १० प्रतिशत मान्छे नाङ्गै रहुनजेल, १० प्रतिशत मान्छे गरिबीको रेखामुनी रहुनजेल, कष्टहरूमा रहुनजेल देश समृद्ध भयो भन्न सकिदैन् ।

त्यसैकारण हामीले राष्ट्रिय आंकक्षा भनेका छौं यो धेरै प्रतिशतको आंकक्षा होइन् । सम्पुर्णको आंकक्षा । धेरै प्रतिशतका निम्तिको होइन्, सम्पुर्णका निम्ति को । त्यसै कारण समृद्ध नेपाल सुखी नेपाली भनेका हौं । धेरै चाहि सुखी, थोरै सानो प्रतिशत दुखी भएपनि हुन्छ भन्ने कुरा हुदैन् । सम्पुर्ण सुखी हुनुपर्दछ । त्यसकारण यो समाजवाद उन्नमुख भनेको कतिपयले यसलाई नबुझेर समाजवाद उन्नमुख अब यो कम्युनिष्ट अधिनायकवादतिर जान लाग्यो भन्ने, कम्युनिष्ट भनेको अधिनायकवाद होइन् । कम्युनिष्ट भनेकै अधिकत्म लोकतन्त्र हो । कम्युनिष्ट भनेको जनताको लोकतन्त्र हो । त्यसकारण यो भ्रमपूर्ण ढंगले व्याख्या हुने गरेको छ । त्यसमा नअल्मलिन म आग्रह गर्न चाहन्छु ।

अहिलेको सरकारले कुनै तानाशाही सहन त के सुन्न पनि तयार हुदैन् । यो लोकतन्त्रका लागि लडेर आएको र यसले सामाजिक असमानता, विभेद जस्ता कुराहरूलाई सहदैन् । हाम्रो समाज आर्थिक विस्मता, सामाजिक विस्मताहरू र वर्णाश्रम व्यवस्थाहरूबाट समेत पार भएर आयो र अपमानजनक स्थिति पनि सहेर आयो । त्यसकारण अब नेपाली समाज पूर्णतह समतामुलक समाज । महिलाहरूलाई अगाडि बढाउनै पर्दछ । त्यसकारण हाम्रौ प्रयास, पहलमा हामीले ३३ प्रतिशत महिलाको व्यवस्था ग¥र्यौ । दुनियाँका केही देशहरू बाहेक दुनियाँमा गएर हामी भन्न सक्छौं कमसेकम गर्वका साथ भन्न सक्छौं हाम्रो देशमा राष्ट्रपति पनि महिला हुनुहुन्छ । हाम्रो देशमा अलिक अगाडिसम्म प्रधानन्ययाधीश, अलि अगाडिसम्म सभामुख । राज्यका तीन ओटै अंगका प्रमुखहरू महिला हुनुहुन्थ्यो । अहिले पनि राष्ट्रपति महिला हुनुहुन्छ । र, हाम्रो महिलाहरूको संख्या देशभरिको निकायमा कुरा गर्ने हो भने देखि ४१ प्रतिशत महिलाहरूको सहभागिता छ, राजनीतिक जनप्रतिनिधि निकायहरूमा । दुनियाँका केही देशहरूमा मात्रै यस्तो छ । थोरै देशहरू मात्र छन्, जसले हामीसँग यस मामलामा प्रतिस्पर्धा गर्न सक्छन् । ४१ प्रतिशत महिला सहभागिता हाम्रोमा बाहेक मैले भने एक दर्जन मुलुक पुग्दैनन् । एकसय क्रिनब्बे देशहरू मध्ये एकदर्जन देश पुग्दैनन् । जसको महिलाहरूको प्रतिशत हाम्रो बरावरी छ । हामीकहाँ वर्णश्रम व्यवस्था थियो । अहिले पनि हाम्रो समाज पछौटेपन छ । अहिले पनि हाम्रोमा चेतनाको कमी र छाउपडी जस्ता प्रथाहरू यस्ता अनेक कु प्रथाहरू छन् । कुसंस्कारले चलाएका कुराहरू छन् । यस्तो समाजलाई हामीले चेतनामुलक कार्यक्रमबाट समतामुलक समाजमा विकास गर्नु छ जुन कुरा गर्न हामी अगाडि बढिरहेका छौं । समाजलाई सामाजिक न्याय र समानतामा आधारित सामाजिक सद्भावको मजबुत जगमा उभिएको राष्ट्रिय एकतामा आवद्ध यस्तो नेपाली राष्ट्र, नेपाली समाज र नेपाल देशलाई यस्तो राष्ट्रिय एकतामा देशलाई हामीले आवद्ध गर्नु पर्दछ ।

हामी भौगोलिक हिसाबले विविधतामा छौं । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि लिएर केचनाकल जस्तौ अत्यन्तै थोरै ५८ मिटर मात्रै माथि समुन्द्र सतहमाथि भएको होचो भूभाग हामीसँग छ । त्यसै गरेर जैविक, वनस्पतिय विविधता हामीसँग छ । यो हाम्रो ठुलो सम्पति हो । र, त्यसले स्वभाविक रूपमा हाम्रो समाजको इतिहास, हाम्रो समाजको बनावट, हाम्रो समाजको पृष्ठभूमि यसले पनि विविधता छ नै । त्यो विविधता हाम्रो सुन्दरता हो । त्यो विविधता हाम्रो सम्पति हो । त्यसलाई हामीले दुरूपयोग गर्न दिनु हुदैन् । हामीहरूका बीचमा फाटो ल्याउने, यस विविधतालाई दुरूपयोग गरेर परस्परमा घृणाको खेती मच्चाउने, गर्ने, त्यो घृणाको खेती सप्रियपछि त्यसलाई द्धन्द्ध उद्योगमा बदल्दिने, द्धन्द्ध उद्योग मच्चिएपछि अनि द्धन्द्ध व्यवस्थापनको अर्को व्यवसाय सुरु गर्ने र हामीलाई सधै प्रयोगको थलो बनाइरहने यस प्रकारका प्रयासहरू भए । तर नेपाली जनताको आज यस चेतनास्तरलाई धन्यवाद भन्नु पर्दछ । की नेपाली जनताले त्यस्ता प्रयासहरूलाई अस्वीकार गरे र राष्ट्रिय एकता खल्बलिन नदिएर, खल्बलाउन खोजिएको थियो । भूगोलको आधारमा, भूगोलको संक्रिणताको आधारमा, जातिय संक्रिणता र साम्प्रदायीक विद्देश्वका आधारमा भड्काउन खोजिएको थियो । तीनलाई आधार बनाउन खोजिएको थियो । तर नेपाली जनताले त्यसलाई अस्वीकार ग¥र्यो र हामीले त्यस्तो होइन् । हाम्रा प्रदेशहरू जातका आधारमा होइन् भूगोलका आधारमा । हाम्रा प्रदेशहरू भौगोलिक सुगमताका आधारमा । हाम्रा प्रदेशहरू समाज निर्माणको आधारमा । हाम्रा प्रदेशहरू आर्थिक उन्नतीको संम्भावनाको आधारमा ।  यस्ता सकारात्मक आधारहरूमा हाम्रा प्रदेशहरू वा हाम्रा विभिन्न स्थानीय तहहरू त्यसरी निर्माण हुनुपर्छ भन्ने कुरा हाम्रो समाजले ओकालत गर्यो र हाम्रो समाजले पृष्ठपोषण गर्यो र  हाम्रो संविधानमा तद् अनुसारनै व्यवस्था गरियो ।  जातजातका राज्यका निकै कुराहरू चले । जातजातका राज्य, अनेक प्रकारका जातिय कुराहरूलाई उछालेर वास्तविक समस्याहरूबाट, गरिबीका समस्याहरूबाट, पछौटेपनका समस्याबाट वा शिक्षाका समस्याबाट, रोजगारीका समस्याबाट, स्वास्थ्यका समस्याबाट, आर्थिक उन्नतीका समस्याबाट, विकास निर्माणका समस्याहरूबाट साम्प्रादायीक विद्वेसका विषयहरूलाई समस्याको रूपमा उछाल्न खोजियो । जो वास्तविक होइन् । तिनीहरू जति उछाल्यो त्यति नोक्सान हुन्छ समाजलाई, त्यति विभाजित हुन्छ । र, त्यति विकास निर्माणका संम्भावनाहरू समाप्त हुन्छन् । त्यसकारण हामीले राष्ट्रिय एकताको बाटो लियौं । 

अहिलेको सरकार हिजो अनेक बवण्डर मच्चिएका बेला पनि यस सामाजिक न्याय र समानतामा आधारित राष्ट्रिय सहिष्णुता र सद्भावका साथ एकता, राष्ट्रिय एकताको पक्षका निम्ति अनवरत, अथक, दृढ सङ्घर्ष गरेर आएको हो र अहिले पनि त्यस कुरालाई सफलतापूर्वक अगाडि बढाइरहेको छ । यस तेस्रो नीतिमा पनि साथीहरूलाई आग्रह गर्न चाहन्छु, की स्पस्ट हुन जरुरी छ कुनै दुविधा रहनु हुदैन् । हामी यस नीतिमा अहिलेको सरकार छ र यो नीति समानतातर्फ जाने, पछाडि परेको हिस्सालाई अगाडि ल्याउने ती जातिय हिसाबले हुन् वा लैङ्गिक हिसाबले हुन वा अनेक हिसाबले, क्षेत्रीय हिसाबले हुन, भूगोलको हिसाबले हुन् । जुनसुकै हिसाबले पछाडि परेको क्षेत्र, समुदाय यसलाई अगाडि ल्याउने विशेष नीतिका साथ हामी अगाडि जानुपर्दछ । यो हाम्रो तेस्रो नीति हो ।

चौथोः हाम्रोमा स्थायीत्व र स्थिरता आएको छ । मैले अघिनै भने वैचारिक स्थायीत्व र संख्यात्मक हिसाबले बहुमतको सरकारले बनाएको स्थायीत्व, वैचारिक स्थायीत्व, नीतिगत स्थायीत्वले आज दुनियाँ अब नेपालमा केही गर्न सकिन्छ, सहकार्य गर्न सकिन्छ, लगानी गर्न सकिन्छ, नीतिहरू स्पस्ट छन् भन्ने विन्दुमा आइपुगेको छ ।

त्यसकारण कुनै बहकावमा हामी जान हुदैन् । हाम्रा नीतिहरू स्पस्ट छन् र ती नीतिहरूका साथ यो भन्दा बढी जनताले के दिने । कुन पार्टीलाई दियो छोडिदिऔं । कसलाई बहुमत दियो, कसको बहुमत आयो छोडिदिऔं । जसको आयो उसले राम्रो काम गरेन भने त्यसलाई पनि नराम्रो हुन्छ, दशा लाग्छ । त्यसकारण उसले जसको पनि बहुमत आउँछ उसले देश र जनताको हितको निम्ति स्पस्ट नीतिका साथ संक्रियताका साथ, तीव्र विकासका नीतिका साथ अगाडि बढ्नु पर्दछ र फेरि निर्वाचन आउँछ भन्ने कुरा ख्याल राख्नु पर्दछ । फेरि निर्वाचन आएर जनताका बीचमा जानु पर्छ भन्ने कुरा पनि  ख्याल राख्नु पर्दछ । राम्रै काम गर्नका लागि जनताले छानेका हुन् र अहिले जनताले एउटा अस्थिरतालाई समाप्त पार्ने स्थिरताको बाटो समातेका छन् र हामीलाई स्थायीत्व चाहिएको छ । हामीलाई शान्ति चाहिएको छ । हिजो हामी द्धन्द्धमा थियौं, त्यसकारण शान्ति प्रक्रिया अगाडि बढाएर युद्ध विरामबाट, शान्ति प्रक्रिया हुदै, बृहत्त शान्ति सम्झौताबाट शान्ति स्थापना गरेका छौं । अब शान्ति स्थापना भइसकेको छ । शान्ति प्रक्रिया टुङ्गिएको छ । खालि हिजोका अशान्तिका, द्धन्द्धका घाउहरू बाँकी छन् । तीनमा मलमपट्टि गर्नु पर्ने छ । यो भनेको द्धन्द्ध कायम रहेको होइन् । दुईजना झगडा भयो, घाइते भए भने लडाँइ सकिएपछि पनि लडाइ बाँकी छ भन्न सकिदैन् तर घाउँ बाँकी रहेको हुन सक्छ । लडाँइ र घाउ बेग्लै हो । लडाँइ र लडाँइको असर बेग्लै हो । आज हामी लडाँइमा छैनौं । लडाँइका असरहरू, लडाँका घाउँहरू तिनलाई मलमपट्टि गर्नु पर्ने, ती असरहरूलाई टुङ्ग्याउनु पर्ने र पीडितहरूलाई कसरी अधिकतम न्याय दिन सकिन्छ भन्ने कुरामा जानुपर्ने र मूलतः द्धन्द्ध व्यवस्थापन भयो । अशान्ति अन्त्य भयो । द्धन्द्ध समाप्त भयो । सबै भन्दा ठुलो उपलब्धि यही हो । अब यति भइसकेपछि घाउहरू कोट्याएर पनि समस्या खडा गर्ने प्रयासहरू पनि हुन सक्छन् । फेरि शान्ति हुन नदिने, घाउ कोट्याउने प्रयासहरू हुन सक्दछन् । त्यतापट्टि हामी जानु हुदैन् । 

अब सत्य निरूपण, मेलमिलाप र बेपत्त्ता सम्बन्धी आयोगहरू सम्बन्धमा हामीले ऐन पनि संशोधन गरेर अब हिजो  एउटा असहज स्थिति थियो, आयोगहरूले आफ्नो काम पुरा गर्न सकेनन् । यस्तो अवस्थामा पुरा गर्नका निम्ति के कसो गर्न सकिन्छ तर आयोगको अवधि समाप्त भइनहालोस् भनेर हामीले अस्ति २६ गते भन्दा अगाडि नै अस्ति २५ गतेसम्ममा माघ २५ गते सम्ममा यी बनाइ सकेका छौं । कानुनहरू बनाइसकेका छौं । त्यसकारण शान्ति हाम्रोमा आइसकेको छ, जुन कुरा अत्यन्त महत्वपूर्ण छ । यसमा सरकार अत्यन्त स्पस्ट छ की कुनै पनि नाममा, कुनै पनि बाहनामा अब लोकतन्त्र यो भन्दा के हुन्छ ? जनताले बनाएको, निर्वाचित संविधान सभाले बनाएको संविधान छ । त्यसले जनताका मैलिक हकहरू धारा १६ देखि ४८ सम्म भाग ३ मा त्यत्रो व्यवस्था गरेको छ । त्यसका निम्ति कार्यान्वयनका निम्ति १६ ओटा कानुन बनिसकेका छन् । अब त्यस माथि के हुन्छ त त्यो भन्दा बढी के गर्नु पर्छ, के हुनु पर्छ ? तसर्थ हामी प्रणालीको हिसाबले भनौं दुनियाँमा स्थापीत लोकतान्त्रिक मूल्य मान्यता, आवधिक निर्वाचन, माथिदेखि तलसम्म अवशक्ति, विकेन्द्रीत मात्रै होइन् शक्ति हस्तान्तरण भएको छ । विकेन्द्रीत गरिएको भन्दा बढी हस्तान्तरणमा गएको छ । शक्ति तल्ता तहसम्म हस्तान्तरण भएको छ । तसर्थ अब क्रान्तिका नाममा कुनै लफ्फाजीको कुनै अर्थ छैन् । क्रान्तिका नाममा अशान्ति मच्चाउने, देशलाई प्रगतिको बाटोमा अगाडि बढ्न नदिने, देशलाई गरिब बनाइरहने, देशलाई उन्नतीको बाटोमा जान नदिने, बाटा बन्न नदिने, विद्युत उत्पादन हुन नदिने, विद्युत वितरण हुन नदिने वा पूर्वाधार निर्माण हुन नदिने वा आधुनिकीकरणमा जान नदिने अनि कस्तो चाहि व्यवस्था खोजेको हो त ? कसले भनेको मानिदिनु पर्ने ? जनताले भनेको मान्य नहुने, कसले भनेको मानिदिनु पर्ने ? यस प्रकारका कुनै पनि राजनीतिक खोल ओडेर, राजनीति आवरणमा लुटपाटका कुराहरू, चन्दाका नामका लुटपाटका कुराहरू वा राजनीतिक असन्तुष्टिका नाममा हिंसा मच्चाउने कुराहरू यी राजनीतिक प्रविति नै होइनन् । यी देशलाई विगारने, डुवाउने अपराधिक योजना अन्तर्गतका कुराहरू हुन् । जुनप्रति सरकार चुप्प लागेर बस्ने छैन्, म स्पस्ट भन्न चाहन्छु । सरकारले शान्ति सुव्यवस्था कायम गर्छ किनभने देशमा विकास आवश्यक छ । देशमा शान्ति सुव्यवस्था बीना विकास संम्भव छैन् । र, अकारण जनतालाई आतंिकत बनाउने, विकास निर्माणका कार्यहरू र आयोजनलाई अगाडि बढ्न नदिने र अन्तर्राष्ट्रिय रूपमा गलत सन्देश प्रवाहित गर्ने, हाम्रो पर्यटन व्यवसाय, उद्योग अथवा अरु खालका औधोगिक, व्यवसायीक क्रियाकलापहरूलाई व्यवधान पार्ने कुराहरू मान्यहुन सक्दैन् । हामी तुरुन्तै चैतको १४।१५ मा लगानीसम्बन्धी विश्व शिखर सम्मेलन गर्दैछौं । त्यसको आयोजना गर्दैछौं । त्यसका अगाडि विभिन्न प्रयासहरू हुन खोजेका छन् कि त्यो नहोस् । त्यसलाई विथोल्न सकियोस् भन्ने कुराहरू विभिन्न प्रयास विभिन्न ढंगले ति कुराहरू कुनैपनि हालतमा स्वीकार्य हुन्, मान्य हुन सक्दैन् । अरुण थडको अस्ति पड्काउने काम भयो, जलाउने काम भयो । तोडफोड गर्ने काम भयो । त्यो भारतसँगको सम्बन्ध बिगारने एउटा प्रयास हो । नेपालमा बाह्य लगानी नआओस् भन्नका निम्ति अर्को प्रयास हो । लागनी सम्मेलनमा गलत सन्देश जाओस् भन्ने अर्को प्रयास हो । एकैचोटी त्यसका धेरै ओटा प्रयास र धेरै ओटा सन्देशहरू त्यसले दिन खोजेको छ । यो उचित होइन् ।

अर्कोतिर केही केही तत्वहरू प्रतिगमनका पनि कुरा गर्दै हिडेका छन् । कोही धर्मका नाममा, धर्मका आडमा, हिन्दुत्वका आड्मा कोही के का नाममा । त्यस नाममा पनि प्रतिगमनका सपना देखेर हिडेका छन् । नेपाली जनता त्यति मुर्ख छैनन् अब । २००७ सालमा भागेको राजा डोकामा बोकेर ल्याएर दरवारमा राखेर कत्रो दुख पाउनु पर्यो नेपाली जनताले । त्यो नेपाली जनतालाई राम्ररी थाहा छ । त्यसकारण ५८ वर्ष थप नेपाली जनताले दुख पाउनु प¥र्यो । जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त अहिलेको सरकारले मान्दैन् । कोही जन्मिदानै शासक भएर जन्मिन्छ, कोही भगवानको अवतार हुन्छ । यस्ता फाल्तु कुराहरू, कुनै आधार नभएका निराधार, तर्क नभएका कुतर्क, वैज्ञानिक तथ्य नभएका पुराथनपंन्थी थोत्रा कुराहरू र शोषणकारी कुराहरू यस्ता जनविरोधी कुराहरू अहिलेको सरकार विश्वास पनि गर्दैन्, मान्न पनि मान्दैन् । त्यसैकारण यो नेपाली जनताको भावना हो । त्यसकारण त्यस्ता खालका प्रयासहरूलाई पनि हामी नजिकबाट हेरिरहेका छौं र त्यस्ता प्रयासहरूलाई आवश्यक समयमा, आवश्यक स्तरमा नियन्त्रण गर्नुपर्ने हुन सक्छ । त्यो म भन्न चाहन्छु । धर्म स्वतन्त्रता छ । आफ्नो आफ्नो धर्म माने भयो । तर कुनै धर्मका नाममा कुनै राजनीतिक उद्देश्य प्राप्त गर्छु भनेर गलत उद्देश्यमा प्रतिगमनतर्फ लाने, नेपाली जनताका भावनामाथि खेलवाड गर्ने, धार्मिक भावनाको दुरूपयोग गर्ने खालको चेष्ठा कसैले गर्छ भने त्यस्ता चेष्ठाहरूलाई असफल बनाउन सरकार सजग छ । सरकार यी कुराहरूलाई आखाँ खोलेर हेरिरहेको छ । कान खुला गरेर नै सुनिरहेको छ । यस्ता कुराहरूको सामना गर्न यो सरकार सक्षम छ । फेरि विभिन्न प्रकारका दाउपेचबाट ढलिहाल्ने सरकार होइन् । बहुमत योसँग छ र यसले देश र जनताको हितको पक्षमा आवश्यक निर्णय र कदम चाल्न सक्छ । त्यसकारण यसमा पनि साथीहरू सरकारका नीतिहरूसँग स्पस्ट हुनुपर्छ भन्ने मलाई लाग्छ ।

पाँचौं कुराः यो चारओटा कुराहरूलाई हामीले मुलतह प्राप्त गरेका छौं र यसलाई प्लास्टर गरेका छौं । हामीले राष्ट्रियताको सवालमा स्पस्ट नीति बनाएर, सार्वभौमसमानताका आधारमा सम्बन्धलाई विकास विस्तार गरेका छौं । व्यवहारमा त्यसलाई प्रयोग गरेका छौं । लोकतन्त्रको सवालमा हामीले त्यसलाई व्यवहारमा प्रयोग गरेका छौं । सामाजिक न्याय समानताको सम्बन्धमा त्यसबाटोमा हामी व्यवहारिक रूपमा अग्रसर भइसकेका छौं । स्थायीत्व, स्थिरता र शान्तिको सन्र्दभमा हामी स्पस्ट छौ र त्यो प्राप्त गरिसकेका छौं । अब हाम्रो काम सुशासन र विकास जो नेपाली जनता चाहन्छन् । त्यो चिज हाुिल गर्नु हो । त्यसका निम्ति गएको एक वर्ष संविधान कार्यान्वयनका निम्ति कानुन निर्माण गर्ने कुरामा हामीले खर्च गर्नु प¥र्यो । एक वर्ष हामीले कानुन निर्माणका सन्र्दभमा खर्च ग¥र्यौ । एक वर्ष हामीले यहाँहरू निर्वाचित भएर कहाँ  सभा गर्ने भनेर तय थिएन् । प्रदेश प्रदेशको कार्यालय कहाँ हुने ? निवास कहाँ हुने थाहा छैन् । मुख्य मन्त्रीको कार्यालय कहाँ हुने ? मन्त्रालय कहाँ हुने ? थाहा छैन् । मुख्य मन्त्रीको निवास कहाँ हु्ने त्यो पनि थाहा छैन् । कसको हैसियत के हो, सुविधा के हो पाउने, के काम गर्नुपर्ने, के के जिम्मेवारी हो त्यो पनि थाहा छैन् । त्यस्तो स्थितिमा हामीले कानुनहरू निर्माण गर्नु प¥र्यो एकातिर यो यो काम यसरी गर्नुपर्ने भन्ने कुरा । अर्कातिर आश्विन २  गते सम्ममा हामीले मौलिक हक कार्यान्वयन सम्बन्धी संविधानको व्यवस्था बमोजिमनै कानुनहरू बनाइसक्नु पर्दथ्यो । यी सबै काम हाम्रा निम्ति एकैचोटी आए । वित्तिय व्यवस्था गर्नुपर्ने काम एकै पटक आयो र हामीले विकास निर्माणका कामलाई पनि अगाडि बढाउनु पर्दथ्यो । दैनानिदैन सरकार संचालनका, प्रशासन संचालनका नियमित काम त छदै थिए । यी सबै काम पनि एकैपटक गर्नु पर्‍यो । यस बीचमा सबै काम पुरा भइसक्नु पर्ने संम्भव थिएनन् तर आधारभूत रूपमा पुरा भएका छन् । आधारभुत रूपमा सभा, सरकार अथवा सरकारका प्रतिनिधिहरू कहाँ बस्ने, कसरी कहाँ क्याबिनेट कहाँ गर्ने, सभा कहाँ गर्ने, सभा हल कहाँ हो ? होलान् आस्था यीनै होलान् । अहिले एकदम स्थायी बनाइहाल्ने अवस्था बनि हाल्दैन् । एकवर्ष भित्रै सबै काम गर्न सकिदैन् तर यी सबै कुराको व्यवस्थापन भयो । कर्मचारी समायोजन यद्यपी यो सजिलो कुरा होइन् । र, म यहाँहरूलाई भन्न चाहन्छु, यस्तो विलकुल सर्वथा नयाँ प्रणाली जहाँ अरुको दृष्टान्त, लोकतन्त्रको सवालमा पनि अरुको दृष्टान्ट काम लाग्दैन् । बेलायती ढाचाँको संसदीय प्रणाली ठ्याक्कै होइन् यो । यो समाजवाद उन्मुख छ । समतामुलक समाज निर्माण गर्ने दिशामा केन्द्रीत छ । यो समावेशीता सहितको छ । यो समावेशी प्रतिनिधित्व सहितको छ । दुई सदनात्मक भनेको हाउस अफ... भनेको होइन् यो । माथिल्लो सदन ..होइन् । कमनसै कमनसको हो यहाँका हाउसहरू ।...होइनन् । बेलायती पाराको जस्तो अपर हाउस होइन् । हाम्रो अरुसँग मिल्दैन् । हामी नयाँ प्रयोग गरेका छौं । शान्ति प्रक्रिया आफ्नै ढंगले प्रयोग गरेका छौं हामीले र यो प्रणाली पनि हामीले आफ्नै ढंगले ल्याएका छौं र जहाँ अरुको कुनै दृष्टान्त हामी लिन सक्दैनौं । आफ्नै दृष्टान्त कुनै थिएनन् । त्यस्तो अवस्थामा अरुका कानुनका नमुना पनि हामीलाई काम लाग्दैनन् । हामीले आफैले बनाउनु, गर्नु पर्ने अवस्था थियो । त्यसकारण यस्तो अवस्थामा यो गएको वर्ष मैले २ गतेको आफ्नो सम्बोधनमा पनि भने यो आधार वर्ष हो । यो पाँच वर्षको सरकारको निम्ति मात्रै होइन् । भविष्यका निम्ति पनि । अब लामो समयका निम्ति यही आधार वर्ष हो । जसले संरचनाहरू तयार ग¥र्यो, जसले वित्यि वाडफाडको थिति बसायो, जसले कर्मचारी समायोजन ग¥र्यो जसले विभिन्न संरचनाहरू निर्माण ग¥र्यो । जसले एउटा आकार दियो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आकार दियो र विकास निर्माण कसरी अगाडि जान्छ भन्ने कुराका निम्ति दृष्टिकोण, नीति, योजना प्रस्तुत गर्‍यो र यसले एउटा नयाँ दिशा तर्फ अब देशलाई यस बाटोमा अगाडि जाने, यसले ड्राईभरको सीटमा मान्छे राख्ने पनि, कन्डक्टरको काम गर्ने मान्छेपनि, यात्री पनि सबै छुट्याएको छ र बाटो पनि बनाएको छ । त्यसकारण अब अगाडि जान सक्छ । हिजो यो सरकार बन्दा न बाटो थियो, न गाडी थियो, न ड्राइभर थिए, न यात्री थिए । यात्री त थिए, यात्री बाहेक केही पनि छैन् । यात्री मात्र भएर त सवारी त चल्दैन् । त्यस स्थितिबाट अब एउटा थितिमा आएको छ । त्यसकारण यस थितिबाट अब हामी यसलाई आधार वर्ष भनेका छौं । यो भविष्यसम्मका लागि। मौलिक हकहरूको कार्यान्वयन पनि भविष्यसम्मका लागि, यसै बीचमा गत भदौ १ गतेदेखि मुलुकी ऐन प्रारम्भ गर्नु थियो । त्यसलाई संशोधन गर्नु देखि लिएर थुप्रै कानुन जसले संविधान चिन्दैन् वा संविधानले जसलाई चिन्दैन् । त्यस्ता कानुनहरूको चाङ थियो । ति कानुनहरूलाई संविधान सम्वत बनाउनु थियो । र म दावाका साथ भन्छु, कुनै सरकारले एक वर्षको बीचमा यति कानुन निर्माण, यति कानुनहहरूको संशोधन, यति संरचनागत पक्षहरूमा दुरगामी महत्वका व्यापक कामहरूको निक्र्यौल यो यति सबै यति अवधिमा गरोस् । विकास निर्माणको बाटो तय गर्न र विकास निर्माणका कामलाई अगाडि बढाउने यी कामहरू गरोस् । यो असाधारण ढंगले हामीले एक वर्ष विताएका छौं र अब यस सरकारले अगामी दिनमा थप आयोजनाहरू अगाडि लाने छ ।

अब हाम्रा काम भनेका सुशासन र विकास । हामीले समृद्ध नेपाल सुखी नेपालीको आकंक्षा तय गरेका छौं । त्यो किन गर्यौं भन्दा समृद्ध नेपाल भएर मात्रै नेपाली जनता सुखी हुन सक्दैन् । तपाईं समृद्ध त हुनुहुन्छ तर तपाईंलाई ज्यानमा खतरा छ भने, तपाईंलाई कुनै प्रकारको खतरा छ भने तपाईंलाई अपमान कसैले गरेको छ भने तपाईले सुखी जीवन बिताउन सक्नु हुन्न । त्यसकारण कुनै प्रकारको भए रहित सुरक्षामा, सम्मानमा, अधिकारमा, अवसरमा सम्पन्नता त छ तपाईंसँग तर त्यस्तो भएन भने, राणा शासनमा थियो । राणा शासनमा कोही कोही मान्छेहरूसँग त सम्पति नै थियो । तर घर बनाउदा कस्तो घर बनाउनु पर्ने, उसले नपाउने । किनभने राणाहरको बरावर हुन्छ भनेर । फलानो जात भएकोले खुट्टामा जुत्ता लगाउन नपाउने । पैसा छ तर जुत्ता लगाउन नपाउने । टोपी कसैले लगाउन पाउने, कसैले नपाउने थियो । कस्तो कपडा लगाउन पाउने, कस्तो नपाउने भन्ने जस्तो पनि थियो । जस्तो पनि लगाउन पाइदैन्थ्यो । त्यस्तो अवस्थामा पैसा भएपनि मान्छे खुसी हुन सक्दैन्थ्यो किनभने उसले अपमान भोगिरहेको थियो । हामी सम्मान जनक सुरक्षित अवसरसम्मको पहुँच भएको र अधिकारमा समानता भएको समाज स्थापना गर्न चाहन्छौं । सभ्य समाज स्थापना गर्न चाहन्छौं, जहाँ  जसमा तपाईं ढुक्क हुन सक्नुस् तपाईंको इज्यत, तपाईंको सम्मान, तपाईंको सुरक्षा अनेक हिसाबले ग्यारेन्टेड छ, प्रत्याभुत छ । त्यो कुरा तपाईं गर्न सक्नु हुन्छ भने मात्रै सुख प्राप्त हुन सक्छ । त्यसकारण समृद्धिसँगै हामीले सभ्य समाज, सुरक्षित समाज यस्तो समाज निर्माण गर्न सक्नु पर्दछ । त्यसका निम्ति शिक्षाका क्षेत्र, स्वास्थ्यका क्षेत्र सबै कुरामा हामीले ध्यान दिनु पर्छ ।

अब म साथीहरूलाई भन्न चाहन्छु, की हामीले कसरी अगाडि बढ्नु पर्दछ भन्ने कुराको सन्र्दभमा । तपाईंहरू यहाँ जो साथीहरू हुनुहुन्छ । तपाईंहरू यस प्रदेशलाई कस्तो बनाउने भन्ने कुराका नायकहरू हो । तपाईंहरूले यहाँ प्रदेश सभाले निर्णय गरेर यहाँका कानुन, यहाँका तिथि, यहाँका विद्यि बसाउने, यहाँको सरकार निर्वाचित गर्ने र सरकारका बजेट, नीति, योजना यस्ता हुनुपर्छ भनेर सरकारले प्रस्तुत गरेका कुरालाई अगाडि बढाउने देखि लिएर सरकारले प्रदेशको विकासको, प्रदेशको शान्तिको, सुव्यवस्थाको, सुशासनको, प्रदेशका सम्पदाहरूको सुरक्षाको, प्रदेशका संस्कृतिहरूको र प्रदेशका ऐतिहासिक धरोहरहरूको सुरक्षाको जनताले यस सरकारले केही गर्न सक्छ भन्ने पुराका पुरा विश्वास लिन सकुन र तपाईंहरू नमुना  व्यक्ति हुनुपर्दछ । तपाईंहरू जनप्रतिनिधि हुनुहुन्छ, जनताको सम्मानको भावनाको, हितहरूको प्रतिनिधित्व गर्नुपर्दछ र तपार्इंहरू आस्था, भरोसा, विश्वासको केन्द्र हुनुपर्दछ । जनप्रनिधि कस्तो छ भन्दा कुनै नकारात्मक टिप्पणी गर्ने जनप्रतिनिधि भनेर के गर्ने यस्तो खालको छ भनेर टिप्पणी गर्ने स्थिति सोभनीय हुदैन् त्यो आफ्ना निम्ति पनि अरुका निम्ति पनि । तपाईहरूमा जनताको आंकक्षा प्रतिविम्वित हुनुपर्दछ । तपाईंहरूमा जनताको सम्मान गरिमा प्रतिविम्वित हुनुपर्दछ । तपाईंहरूमा हाम्रो समाजको उच्चतमा सभ्यताको सभ्यता प्रतिविम्वित हुनुपर्दछ । अनि लोकतन्त्रप्रति जनताको विश्वास जाग्छ । छानेर पठाएका जनप्रतिनिधिको स्वच्छता कसैले आरोप लगाउँछ भनेपनि जनता उठेर त्यसको प्रतिवाद गर्ने स्थिति बनोस् । यो आरोप ठिक होइन् । तपाईंहरूको बचनमा...तपाईंहरूको व्यवहारमा शालिनता चाहियो । तपाईंहरूको मनमस्तिष्कमा देश चाहियो । देशको सम्मान चाहियो । जनताको सम्मान, जनताको हित चाहियो ।  पहिलो तपाईंहरूले कसरी काम गर्ने भन्ने मेरो सुझाव के हो, तपाईंहरू जनप्रतिनिधि कसैले नियुक्त गरिदिएको नियुक्त प्रतिनिधि भइदिएको भए राम्रो नभए के जनताले चुनेको होइन्, विश्वास टुट्दैन नियुक्त भएको राम्रो भएन भने फिर्ता गर्छ, फेर्छ, सकिन्छ तर  जनताको प्रतिनिधि, जनताले विश्वास गरेर, आफ्नो विश्वास मतको रूपमा प्रकट गरेर, जितायर यहाँ पठाएका जनप्रतिनिधि उसले गरेको अपेक्षा अनुसार भएन भने, उसले हेर्न खोजको प्रतिनिधि तपाईंमा पाएन भने, उसले देख्न खोजेको प्रतिनिधि तपाईंमा पाएन भने, उसले आफ्नो प्रतिनिधि तपाईंमा पाएन भने, मेरो विचारको, मेरो भावनाको, मेरो आर्दशको, मेरा आंकक्षाहरूको प्रतिनिधित्व यसले गर्ने रहेनछ भन्ने प¥र्यो भने तपाईंमाथिको विश्वास मात्रै होइन् त्यो लोकतन्त्र माथिको विश्वास । आखिर छानेर पठायो, राम्रै कुरा गरेर, हात जोडेर, खुट्टा  समातेर भोट माग्छन् । विश्वास गरेर पठायो होला भन्यो, जितायो अनि त यति खराव काम गर्छन् । यस्तो खराव व्यबहार गर्छन भनेपछि त्यो लोकतन्त्रप्रतिको विश्वास कमजोर हुन्छ । त्यसकारण मेरो पहिलो आग्रह र सुझाव छ, तपाईंहरूको आचरण बहुतै सभ्य, परिस्कृत हुनुपर्दछ ।  जनता र देशप्रति समर्पीत हुनुपर्दछ । त्यस कुरालाई यहाँहरूले ख्याल राख्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

तपाईंहरूले आफुलाई विकास र नायकका अभियन्ता बनाउनु पर्दछ । तपाईंहरूले गम्भिर अध्ययन गर्नुपर्दछ । यस प्रदेशमा खाना लगाउन नपुग्नु पर्ने कुनै कारण छैन् । यहाँ खाद्यान्यमा, खाद्यय पर्दाथमा आत्म निर्भर हुन सक्ने प्रकृति छ । राम्रा फाँटहरू छन् । खेतहरू छन्, बारीहरू छन् र अत्यन्तै उर्वर जमिन छ । विविधताले यस्तो जमिन छ कि हिमाली भेगमा हुने, पहाडी भेगमा हुने र तराईमा हुने सबै प्रकारका बालीहरू फलफुलहरू, औषधि जडिबुटीहरू, पशुपंक्षिहरू, माछाहरू सबै चिज यहाँ हुन सक्छ । खाली तपाईंहरूले राम्रो उन्नत जातको बीउ, उन्नत जातको तरिका र प्रविधिको प्रयोग कसरी गर्ने, यसबाट उत्पादन र उत्पादगोत्व कसरी बढाउने यसमा ध्यान दिन जरुरी छ । यसका निम्ति कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण, मेशिनिकरण गर्न जरुरी छ । त्यसका निम्ति हाम्रो जमिन टुक्रियएको छ । टुक्रिएको जमिनलाई कसरी लाने अगाडि भन्ने हो भने त्यसलाई सहकारीका माध्यमबाट लान सकिन्छ । सहकारीका माध्यमबाट धेरैले एकै प्रकारको पहाडतिर पनि के गर्न सकिन्छ भने  एकै प्रकारको बाली सबैले लगायो भने, एकएक डोका भयो भने त बिक्री गर्न कहाँ लाने ? कतिपय ठाउँमा हामी देख्छौ टमाटर बाटोमा फ्याके । कतिपय ठाउँमा बन्दा काउली फ्याके । किनभने १०।२० डोका छ भने त्यहाँ बिक्री हुदैन् अन्त लान अनुकुलता हुदैन् । त्यसकारण ठुलो स्केलमा उत्पादन । अब जोडदिनु पर्ने एउटा उत्पादन एक ठाउँमा ठुलो मात्रामा गरौं जसले त्यहाँको उपभोगको लागि पनि र बाहिरका लागि पनि । त्यसो गर्दा त्यहाँ प्रविधि, त्यस सम्बन्धी विज्ञ हामी ल्याउन सक्छौं । एक ठाउँमा फापर, अर्को ठाउँमा कोदो, अर्को ठाउँमा फिलिङ्गे, अर्को ठाउँमा अलिकति तोरी, अर्को ठाउँमा मकै, रायोको साग, अरु चिज भएपछि त्यो कुनैका लागि पनि तपाईंले विशेषज्ञ ल्याउन सक्नुहुन्न । तर ठुलो मात्रामा कुनै उत्पादन गर्नु भयो भने त्यहाँ कृषि विशेषज्ञ  ल्याउन सक्नुहुन्छ । त्यसकारण प्रविधि भित्राउन सक्ने गरिको, कुनै लगानी त्यसको लागि ठुलो मात्रामा पनि गर्न सकिने खालको गर्नका लागि ठुलो मात्राको उत्पादन जसले बजार पनि प्राप्त गर्न सकोस् । त्यो गर्न जरुरी छ । यसका निम्ति यहाँहरू अगुवाह भएर, स्थानीय तहका हाम्रा तमाम् साथीहरूलाई, स्थानीय तहका दाजुभाइ दिदीबहिनीहरूलाई यस सम्बन्धमा मोटिभेट गरेर । कतिपयमा राम्रो जानकारी छ यससम्बन्धमा स्थानीय तहका साथीभाइहरूमा पनि । यस सम्बन्धी राम्रो जानकारी भएका साथीभाइ छन् । उनीहरूको ज्ञानलाई सङग्रहित गर्ने र विस्तारित गर्ने काम गरेर र स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मिलेर, यो तीनओटै तह मिलेर केन्द्रबाट गर्नुपर्ने सहयोग केन्द्रले गर्छ । प्रदेशले आफैले कम गर्ला धेरै यस्ता विकास निर्माणका काम तलबाट खासगरी कृषिसँग सम्बन्धित कामहरू तल स्थानीय तहहरूबाट गर्नुपर्ला । त्यसकारण यी कुराहरूलाई साथीहरूले अगुवाई गर्नुपर्दछ । यस्ता तालिमहरूको आयोजनागर्ने कुराहरू देखि लिएर थुप्रै कुराहरूमा । यी कामहरू केही भइपनि रहेका छन् तर अझै पनि जनताले आवश्यक मात्रमा लाभ, उचित मात्रामा लाभ लिन सकेका छैनन् । हामी कृषिमा ठुलो मात्रामा अनुदान दिइरहेका छौं तर त्यो वास्तविक किसानकोमा पुगेको छ कि छैन् । त्यसको हामीले रखवारी गर्नु पर्दछ । र, कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र बजारको सुनिश्चितता । यी कुराहरू एकअर्काबाट सिक्ने र ति कुराहरूको व्यवस्था, प्रबन्ध । अब नयाँ ढंगले हामी नजाने हो भने हामी देशको विकास गर्न सक्दैनौं । तसर्थ हामीले खाने कुरामा, लगाउने कुरामा, शिक्षाका कुरामा, स्वास्थ्यका कुरामा, आवासका कुरामा यी कुराहरूमा कमसेकम आधारभुत आवश्यकता पुरा गर्ने कुरामा त धेरै वर्ष पर्खिएर बस्न भएन् । 

अर्को मैले विकासको निम्ति बाधक बनेका असुरक्षित र अत्यन्त दुर्गम ठाउँहरूलाई कसरी सेवा पु¥याउन सकिन्छ, विकास गर्न सकिन्छ । दुईओटा घर डाँडाँमा छ । त्यहाँ पुग्न चारपाँच घण्टा लाग्छ । अनि विद्यालय कसरी पुग्छ ? एउटा घर छ, दुईओटा घर छ । दुईओटा केटाकेटी छ । एउटा केटाकेटी छ, उसका लागि विद्यालय कसरी पुग्छ त्यहाँ ? विद्यालय बनाउने ठाउँ पनि छैन् । ठाउँ भएपनि को पढ्छ । एकजना विद्याथीको लागि एउटा विद्यालय बनाउने त कुरा भएन् । त्यसो भएपछि सुरक्षित एकीकृत उपयोगी हुने खालको वस्ती विकास, एकीकृत वस्ती विकासको अभियान संचालन गर्न जरुरी छ । जहाँ हामीले सानासाना बजार जस्ता ठाउँहरू बसाउन सकौं र दुर्गमताको कारणले भइरहेको अविकासलाई त्यहाँबाट, ती ठाउँहरूबाट हामीले फलफुल आदि  इत्यादीका निम्ति वा वनका निम्ति लान सकिन्छ । कृषि वनहरूको विकास गरेर फलफुलको उधुमनै ठुलो मात्रामा उत्पादन गर्न सकिन्छ र बाह्य दुनियाँमा निकासी गर्न सकिन्छ । माल्दा आपँ जस्तो मिठो नलाग्ने दुनियाँमा को हुन्छ र ? तर माल्दा आपँ फल्ने देश त थोरै छन् । ठाउँ बहुत थोरै छन् । हाम्रो देश हो त्यस्तो उपयोगी । यो चिज जसलाई पनि मन पर्छ तर फल्छ कहाँ ? सबै ठाउँमा केरा फल्दैन् यहाँ फल्छ । तपाईंहरूले यस ठाउँमा कमसेकम केरा खेतीको सन्र्दभमा केही केही राम्रै उन्नती प्रगति गर्नु भएको छ । कैलाली आदि इत्यादी ठाउँहरूमा । त्यो राम्रो छ । त्यसलाई विस्तार गर्ने । र हामीले प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत सुपर जोन, जोन, पकेट एरियाहरू भनेर छुट्याएका छौं । ती एरियाहरूहरूलाई ब्लक एरिया, पकेट एरिया । तिनलाई कसरी कसरी प्रयोगगर्ने त्यसमा, कसरी त्यसलाई सहकारीको माध्यमबाट अगाडि बढाउने ? ति कुराहरूमा जान जरुरी छ । अब अर्को हामीले उद्योगहरू स्थापना गर्न निजी क्षेत्रलाई हामी प्रोत्साहित गर्दछौं । निजीकरणका नाममा हिजो बेकारका अभ्यासहरू, बेकारका भन्दा बढी हानिकारक अभ्यासहरू भए । जसले गर्दा हाम्रा मित्रहरूले बनाइदिएका उद्योगहरूपनि ध्वस्त भए । उद्योगहरू समाप्त भए । रोजगार पाइराखेका बेरोजगार भए । जमिन त्यो रियल स्टेटको ढाँचाले बेच्ने काम भयो । रियल स्टेटको रूपमा ति लाने र नाफाँ खाने काम भए । उद्योग बरवाद भए । काजग कारखाना, जुत्ता कारखाना, सिमेन्ट कारखाना, चुरोट कारखाना आदि अनेक कारखानाहरू । हाम्रा रोजगारीका अवसरहरूपनि समाप्त भए । हाम्रो ट्रेन देश भित्र बसेर युवाहरूले देश बनाउने भन्दा युवाहरू बाहिर जाने बाध्य हुने, युवाहरू बाहिर जान खोज्ने, हामी पठाउन खोज्ने, समस्याबाट तात्कालिक उन्मुक्ति खोज्ने । त्यसप्रकारका प्रवृतिहरू भए । अब हामीले त्यस प्रवृतिलाई देश भित्र काम गर्ने आकर्षण बढाउन र खाली त्यो आकर्षण खाली फर्क फर्क नेपाली भनेर हुदैन् । त्यसका लागि वातावरण दिने, अवसर दिने । त्यो काम गर्नु पर्दछ । त्यसैकारण अहिले ३९ प्रतिशत बाह्य रोजगारीमा जाने संख्या घटेको छ । ३९ प्रतिशत घटेपनि फेरि ३२ प्रतिशत रेमिट्यान्स बढेको छ । अनियमितता कति रहेछ भन्ने कुरा त्यसबाट देखिन्छ । ३९ प्रतिशत जानेको संख्या घटेको छ तर पनि रेमिट्यान्स ३२ प्रतिशत बढेको छ । भन्सारमा हामीले अनावश्यक वस्तु आयात नगर्नकालािग प्रेरित गरेका छौं । आयात कम भएको छ । कतिपय ठाउँमा आइटमहरूमा आयातकम गरेका छौं । कतिपय ठाउँमा निर्यात पनि बढ्न सकिरहेको छैन् । तर राजश्वमा अलिकति टाइट गर्दा अलिकति बढेको छ । त्यसकारण हामीले नियमित बनाउने कुरामा  ध्यान दियौँ र उद्योगहरूको तीव्रताका साथ स्थापना गर्नु, यहाँहरूले स्पेशलजोन । यहाँहरूले विशेष औधोगिकजोन स्थापनाको कुरा गर्नु भएको छ । ति कुराहरूलाई ध्यान दिन जरुरी छ । त्यो केन्द्रले त्यसमा ध्यान दिन्छ नै । मैले साथीहरूका मागपत्र पनि लिएको छु । यी विषयहरूको सम्बन्धमा । प्रदेशका कुराहरू पनि मैले सुनेको छु । अरु साथीहरूले दिनु भएका ज्ञापन पत्रहरू पनि सुनेको छु । ती सम्बन्धमा हामी काम गर्दैनै जान्छौं । र, औधोगिकरण हाम्रो धेरै महत्वपूर्ण विषय हो । जहाँ हामी उत्पादन, आत्मनिर्भरताका लागि उत्पादन, आयात जसले प्रतिस्थापन गर्छ, त्यसका लागि र निर्यातमुखी, निर्यात बढानको लागि उत्पादन । यी कुराहरू बढाउनको लागि हाम्रो ध्यान जाने छ, गएको छ । 

म यस दिशामा प्रदेशका पनि नीतिहरू हुन् । खास गरी जमिन उपलब्ध गराउने सम्बन्धमा । उद्योग खोल्न आउने मान्छेले पैसा लिएर आउँछ, मेशिन लिएर आउँछ, प्रविधि पनि लिएर आउन सक्छ तर जमिन त लिएर आउदैन् । जमिन हामी आफुले उपलब्ध गराउनु पर्छ । त्यसकारण यस पक्षमा प्रदेश सरकार, प्रदेश सभा सबैको ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु र यसका निम्ति केन्द्र सरकार बहुतै गम्भिर छ भन्ने कुरा भन्न चाहन्छु । त्यसै कारण हामी चैत्र १४।१५ गते मार्च २९ र ३० तारिकका दिन काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन इन्टरनेशनल इन्भेष्टमेन्ट समिट भनेर गरिरहेका छौं । यो यसकै निम्ति हो र यस अनुसारनै हामी कानुनहरू अनुकुल बनाउने, व्यवहारिक कठिनाइहरू हल गर्ने, अरु व्यवहारीक झन्झट छन् भने तिनीहरूको समाधान गर्ने र उद्योग आकर्षित गर्ने काम गरिरहेका छौं ।

हामी अन्तर्राष्ट्रिय क्षेत्रमा जादा पनि नेपालको गौरव, प्रतिष्ठा बढ्ने गरी, नेपालप्रति विश्वास बढ्ने गरी, नेपालले आफ्नो वास्तवमा आफ्नो भूमिकालाई प्रभावकारी ढंगले बढाउने गरीनै प्रस्तुत भएका छौं ।

नेपालले अन्तर्राष्ट्रिय  क्षेत्रमा यति स्पस्टताका साथ, यति आत्मविश्वासका साथ र यति राष्ट्रहितको पक्षमा र सार्वभौम समानताको हिसाबले यति खुलस्त ढंगले र यति बाह्य लगानी आकर्षित गर्ने हिसाबले अगाडि कहिले पनि प्रस्तुत हुन सकेको थिएन् । अहिले हामीले बहुतै  स्पस्टताका साथ यी विषयहरूलाई अगाडि बढाएका छौं । स्पस्टता पनि आएको छ र विश्व जनमत नेपालप्रति आकर्षित पनि भएको छ । थुप्रै पक्षहरू, हामीले शरणार्थीहरूको समुचित ढंगले समाधान ग¥यौं । द्धन्द्धको समुचित ढंगले व्यवस्थापन ग¥र्यौं । सामाजिक अनेक अन्तर–विरोधहरूको समाधान ग¥यौं । संविधानसभा एकपल्ट भंग भयो । फेरि निर्वाचन गरेर संविधान बनाएर छोड्यौं । संविधान कार्यान्वयन गर्ने कानुन बनाएर छोड्यौं एक वर्ष भित्र संरचना सबै तयार गरेर । त्यस्तो नयाँ परिपाटी स्थापना हुदा । आठदस ठाउँमा लडाँइ, झगडा भइरहन्छ । तर हाम्रोमा त्यस्तो केही पनि भएन् । हामी समस्याको उपयुत्त समाधानका साथ बहुतै सहज ढंगले व्यवस्थापनका कामहरूलाई अगाडि बढाएर अगाडि गएका छौं ।

अब पर्यटनका निम्ति, यस प्रदेशमा पर्यटनका निम्ति धेरै संम्भावनाहरू छन् । यहाँ माउण्टेरिनीङका समभावना छन् । पर्यटनका पदयात्राका समभावनाहरू छन्, टे«किङका समभावना । त्यसै गरेर पवित्र धार्मिक स्थलहरू, अनेक मन्दिरहरू । यस्ता ठाउँहरू छन् जो, रमणीय छन्, आकर्षक छन्, धार्मिक छन्, पवित्र छन् । जसले गर्दा दुनियाँको आकर्षण हुन सक्छ ।

यस प्रदेशमा आफ्नै एउटा गौरवपूर्ण इतिहास छ । त्यस इतिहासको अध्ययनको लागि पनि थुप्रै कामहरू हुन बाँकी छ । यस ठाउँमा शुक्लाफाँटा जस्तो छ । यस ठाउँमा स्रोतहरू महाकालीदेखि, सेतीदेखि कर्णालीसम्मका ठुलाठुला नदीहरू । जहाँ थुप्रै हाइड्रो पावर र सिंचाइ । उर्जा र सिंचाइका थुप्रै कुराहरू यहाँ हुन सक्दछन् । पञ्चेश्वर लामो समय भयो । हामीले बनाउने भनेर भारतसँग सहमति गर्यौं । अहिले पनि हामी प्रयास गरिरहेका छौं यसको निर्माण गर्नका निम्ति । तर भारतबाट कतिपय इनफरमल ढंगले भन्दा आफ्नो अलि लाभमा नभएको र बनाउन कठिन भएका खालका कुराहरू, इन्फरमल कुरामा थाहा पाउने गरिन्छ । तर फरमल्लि भन्दा भारतले बनाउछुँ भनिरहेकै छ । बनाउँन सहकार्य गर्ने भनिरहेकै छ । 

अरु कुराहरू हामी यस प्रदेशको विकासको लागि रानी–जमरा– कुलरीया सिंचाइ आयोजना होस् अथवा अरु विद्युत आयोजना हुन्   । यी आयोजना कसरी अगाडि बढाउने । यो रानी जमारा त अगाडि बढिसकेको छ । यस सम्बन्धमा अब नहरपनि बनेको छ । त्यसको पानी छोड्ने मुहान पनि लगभग तयार भएको छ । यस्तो स्थितिमा यस आयोजनालाई प्रभावकारी ढंगले चलाउने र यसबाट ३८ हजारभन्दा बढी हेक्टर जमिनको सिंचाइको राम्रो प्रबन्ध हुने कुरा र यता महाकालीबाट हामीले लिनुपर्ने पानी यथोचित ढंगले लिने कुरा र चादनी–दोधराको लागि शारदा नहरबाट हामीले १० क्यूव मेक्स हो क्यार पानी प्राप्त गर्ने भन्ने कुरा नै सहमती गगरेका छौ । पहिले पञ्चेश्वर टनकपुरकै समयमा । त्यो पानी प्राप्त गर्ने त्यो कुरा पनि हामीले अगाडी बढाईरहेका छौँ र मलाई लाग्छ त्यो धेरै समय नलाग्ला । हामी भारतलाई सहमत गराउन र शारदा नहरबाट १० क्यूमेक्स जस्तो मान्छु मैले अहिले मलाई ठ्याक्कै मलाई सम्झना भएन सायद । १० क्यूमेक्स नै हो पानी हामी प्राप्त गर्न सक्छाँै चादनी दोधरालाई । त्यसो भएमा चादनी दोधाराको सिचाईलाई पुग्ने पनि हुन्छ त्यो पानी । प्रयाप्त पुग्छ पनि र अरु सिचाई प्रवन्धहरू देखि लिएर कृषिको आधुनिकीकरण देखि लिएर यी कामहरू हामी गर्छौँ । बाटाहरूको सन्दर्भमा हामी विभिन्न बाटाहरू यो उसबाट जाने बाटो छ नि अहिले यो हुटिया ... सडकको कुरा छ । त्यसमा हामीले बजेट पनि छुट्याएका छौँ । सायद ४२, ४५, ४६ कति हो करोड बजेट छुट्याएका छौँ र त्यो काम हुँदैछ । मैलो त्यो डाटा आकडाहरू हेरेर भन्दा खेरी धेरै समय लाग्ने भएको हुनाले खाली सांकेतिक रूपमा मात्रै भन्न खोज्या हुँ । विभिन्न कुराहरूका लागि बजेट छुट्एिको छ । म यस सभालाई यो कुरा जानकारी गराउन चाहन्छु र पर्यटनको विकासको सम्बन्धमा म भन्दै थिए, पर्यटनको विकासको सन्दर्भमा धेरै राम्रा कुरा यस प्रदेशमा छन् र यसका निम्ति सङ्घीय सरकारबाट गर्नु पर्ने आवश्यक कामहरू र सहकार्य सङ्घीय सरकारले गर्छ नै । सङ्घीय सरकारबाट नै सञ्चालन हुने आयोजनाहरूमा प्रदेश र स्थानीय तहसम्मका कार्यक्रमका लागि सङ्घीय सरकारका विभिन्न मन्त्रालय र निकायहरूका मातहतका कार्यालयहरूबाट र विभिन्न आयोजनाहरूबाट खर्च गर्ने २८ अरव ८४ करोड ९८ लाख बजेट अहिले छुट्याईएको छ । २८ अरव ८४ करोड ९८ लाख हो । यो विभिन्नमा छुट्याइएको छ । जम्मा विनोयोजन भएको राजस्व अधिकार र हस्तान्तरण बाहेकको कुल जम्मा विनियोजन भएको ६७ अरव ५० करोड ४९ लाख छ । विभिन्न आयोजनाहरू जो सङ्घीय सरकारले सञ्चालन गरिराखेको छ । त्यसको लागि भनेर सडक आयोजनाको लागि ३ अरव ३९ करोड ४१ खाल छुट्याएको छ । महाकाली करिडोर भनेर ब्रमदेमन्देवी–दार्चुला–टिंकर .... को लागि रु ३१ करोड ४ लाख छुट्याएको छ अहिले । यो वहुवर्षिय भएको हुनाले अर्को वर्ष अगाडि जान्छ नै । सेती राजमार्ग टिकापुरलोडे, चाक्लापुरलार्ई ४२ करोड ३ लाख छुट्याएको छ । हुलाकी राजमार्गका पुलहरूलाई समेत ४० करोड ६५ लाख छुट्याएको छ । व्यापारिक मार्ग मुहाना अत्तरीयाका लागि ४० करोड ५४ लाख छट्याएको छ । सडक क्षेत्र विकास आयोजनाका लागि ४० करोड २५ लाख छुट्याएको छ । महाकाली पुल निर्माण आयोजनामा ८९ करोड ५५ लाख छुट्याएको छ । सडक सुधार आयोजनाको लागि ९ करोड ३५ लाख छुट्याएको छ । रणनीतिक सडक पुनस्थापना तथा सुधारका लागि २० करोड छुट्याएको छ । तराई–मधेश सडक पूर्वाधार विशेष आयोजना यसका लागि २७ करोड छुट्याएको छ । टनकपुर लिङ्क रोडको लागि ९ करोड छुट्याएको छ र शहरी विकासका लागि १ अवर ९० करोड ४८ लाख, त्यस मध्ये सघन शहरी कार्यक्रमका लागि ८६ करोड ९४ लाख, सरकारी भवन निर्माण तर्फ १४ करोड २६ लाख, नयाँ शहर आयोजनाका लागि ३० करोड ४८ लाख, क्षेत्रीय शहरी विकास कार्यक्रम ५८ करोड ८० लाख, उर्जा तर्फ ९० करोड छुट्याइएको छ । र, हिजो यो विपिनगर कै छेउको के बजार ? .. त्यस बजारमा तुरुन्त विद्युतीकरण गर्ने भनेर मैले त्यहाँ घोषणा पनि गरेको छु  । सानो तिनो रकम छुट्याईदियो भने पनि हुन्छ भनेर त्यसलाई पनि अतिरिक्त वजेटका साथ नै त्यसलाई छुट्याईदिने भनेर मैले भनेको छु । चमेलिया गाड जलविद्युत आयोजनाका लागि अहिले ९० करोड छुट्याईएको छ । सिचाई र नदी नियन्त्रणका लागि ३ अरव ३ करोड ९९ लाख रूपैया छुट्याइएको छ । रानिजमरा पुलरिया  सिचाई आयोजनाका लागि २ अरव १५ करोड २५ लाख रूपैया अहिले छुट्याइएको छ । त्यसको प्रणालीमा सुधारका लागि १५ करोड ११ लाख छुट्याइएको छ । महाकाली सिचाई आयोजना कञ्चनपुरको लागि रु ३१ करोड ८१ लाख छुट्याइएको छ । नदी नियन्त्रणका लागि ३३ करोड ८२ लाख छुट्याइएको छ । सिचाई र जलस्रोत आयोजनाका लागि ६ करोड छुट्याइएको छ । भूमि व्यवस्थाका लागि जुन एउटा चुनौतीपूर्ण छ, खास गरी यस प्रदेशमा जंगलको अतिक्रमण र सार्वजनिक जमिनहरूको अतिक्रमण एउटा ठूलो समस्याको रूपमा रहेको छ । जसलाई अतिक्रमण रोक्न र व्यवस्थित बनाउन जरुरी छ । म प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यसमा । र, यसमा विलकुलै नियन्त्रण चाहि गर्नुपर्छ र मान्छेलाई आफु खुसी गर्न र आफ्नो स्वार्थले मनपरी गर्न दिनु हुँदैन । के व्यवस्था गर्नुपर्छ सरकारले व्यवस्था गर्नुपर्छ तर व्यवस्था सरकारले नगर्ने आफै आफ्नै सार्वजनिक सम्पत्तीहरूको हिनामिना गर्ने जस्ता कुराहरू हुनु हुँदैन । त्यसका लागि १ अरव ८६ करोड २७ लाख रूपैया छुट्याइएको छ । मुक्त कमलीया, हलैया पुनस्थापनाको पनि साथीहरूले कुरा गर्नुभएको छ र सङ्घीय सरकारको यसमा ध्यान नगएको होईन । 

सङ्घीय सरकारले यसलाई आफ्नो एउटा महत्वपूर्ण कार्यको रूपमा लिएको छ र यो कार्य उहिले जतिवेला निर्णय भयो त्यस वेला मैले नै प्रस्ताव राखेर त्यतिखेर म सरकारमा त थिईन तर प्रतिपक्षमा थिए र प्रस्ताव राखेर सरकारलाई तत्काल घोषणा गर्न वाध्य वनाएका थियौँ । 

त्यस कारण अहिले १ अरव ८६ करोड २७ लाख रूपैया यस कार्यका लागि छुट्याएका छौँ हामीले माथि संघबाट, वन तथा वातावरणको लागि १ अरव ३० करोड छुट्याइएको छ । राष्ट्रिय निकुन्ज र आरक्ष  विकास कार्यक्रमका  लागि १७ करोड ८६ छ । 

मैले भनेको कुराहरू तपाईहरूले आ–आफ्नो मन्त्रालयबाट कुनै हिसावले रकम आउनमा ढिलाई भएको छ भने तत् सम्बन्धमा कहाँ ढिलाई भएको छ । त्यो प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउनु भए पनि हुन्छ र सम्बन्धित मन्त्रालयमा ताकेता गर्नु भए पनि हुन्छ । 

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा २३ करोड ४१ लाख छुट्याइएको छ । जस्तो यो भनियो भने यसका लागि ठोस कार्ययोजना वनाएर अव काम गर्न जरुरी छ । हिजो अलिकति डिरेल ग¥यो । राष्ट्रपति तराई मधेश चुरे कार्यक्रम भने पछि अनि चुरेमा केही पनि भएन तर चापाकल गाड्ने र तल आएर अरुअरु काम गर्ने खालको कुरा भयो । चुरे संरक्षण नभएपछि त अनि तल आएर चापाकल गाडेर चुरे संरक्षण भयो ? त्यो काम गतिलो हुँदैन । चुरे संरक्षणमा केन्द्रीत हुनु प¥र्यो । हामी यदि हामीले वास्तवमा हाम्रो प्रकृतिको संरक्षण गर्न र विकास गर्न प्रकृतिको संरक्षण सहितको विकास, भविष्यको सुनिश्चिता सहितको आजको विकास गर्न चाहेका हौँ भने हामीले त्यहि गर्नुपर्छ । त्यही काम आवश्यकता हो । 

पर्वतिय जलाधारको जलवायु परिवर्तन समानुकुल गर्नका लागि ८८ करोड ७३ लाख छ । स्थानीय पूर्वाधार विकासका लागि १ अरव २ करोड ७३ लाख छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमलाई २४ करोड छ । झोलुङ्गे पुल कार्यक्रमलाई २२ करोड ६१ लाख छ । झोलुङ्गे पुल निर्माणको महाकालिमा झोलुङ्गे पुल निर्माण कुरा छ । मेरो भारत भ्रमणको वेला म पन्तनगर गएर त्यहाँका प्रदेशका प्रमुख, गर्भनर र मुख्य मन्त्रीहरूसँग भेटेर र यस प्रदेशबाट प्रतिनिधि सभामा निर्वाचित दार्चुलाका माननीय सांसद गणेश ठगुना टोलीमा हुनुहुन्थ्यो । उहाँलाई त्यहाँका मुख्यमन्त्री, त्यहाँका प्रदेश प्रमुखहरूसँग बसाएर केही समस्या प¥र्यो भने दुई तिरको समझदारी बनाएर काम गर्नका लागि तपाईहरूले चिनजान पनि गुर्नस, काम पनि गर्नुस भनेर चिन जान गराएर । झोलुङ्गे पुल भारतको कारण कतिपय ठाउँमा वन्न सकेन । तुईन विस्थापित हुन सकेन, पुल वन्न सकेन भनेका ठाउँमा मैले पुल बनाउने, झोलुङ्गे पुल वनाउने कुरामा त्यति वेलै प्रदेश सरकारसँग सहमत गराएको हुँ । मैले दिल्लीमा कुरा गरेको थिए र दिल्लीबाट त्यहाँ पुग्दा मैले त्यो कुरा चलाउने वित्तिकै उहाँहरूले भन्नु भयो, हामीलाई आदेश आईसकेको छ कि तपाईलाई सकारात्मक जवाफ दिनुुस् भन्ने र हामी यो कुरा गर्छौँँ । गर्न तयार छौँ भनेर उहाँहरूले बताउनु भयो । त्यस कारण ति कुराहरूमा गाह्रो छैन । महाकालीमा हामी उत्तासँग मिलेर  स्थानीय तवरमा उतासँग मिलेर कुराकानी गरेर झोलुङ्गे पुलहरू निर्माण गर्न सक्छौं । 

यदि कुनै समस्या पर्‍यो भने, त्यो केन्द्रमा बताउदा खेरी मैले तत्काल मार्ग सम्पर्क गरेर त्यसलाई मिलाउन सकिन्छ । स्थानीय पुर्वाधार साझेदारीमा ६४ करोड, झोलुङ्गे पुल कार्यक्रममा २२ करोड ६१ लाख । तराई–मधेश समृद्ध विकास कार्यक्रमा १६ करोड १२ लाख र स्वास्थमा ७७ करोड ४८ लाख र एकीकृत स्वास्थ्य विकास पूर्वाधार कार्यक्रममा ७७ करोड ४८ लाख ।

यसरी बजेटहरू प्रदेशका लागि यस प्रदेशका लागि । मैले अघि भनेको यस प्रदेशमा खर्च गनेर्, माथिबाट खर्च गर्ने, माथिका आयोजनाहरूमा खर्च गर्ने भनेर भनेको हुँ । त्यस कारण हामीले विकासका कामहरूमा ध्यान नदिईरहेको होईन की विकासका कामहरूमा ध्यान दिईरहेका छौँ । तर कतिपय कुरा कस्तो भयो भने आयोजना प्रदेशमा पठायो, बजेट पठायो, प्रदेशले योजना वनाउने की माथिका पहिले देखीका योजना कार्यान्वयन गर्ने ? आदि अलमलहरू भए । कोही कोही ठाउँमा योजना गयो वजेट गएन । कोही कोही ठाउँमा यो पहिलो वर्ष भयो, नयाँ वर्ष । अनि यसमा कर्मचारी पनि अलमलिएको छ । हिजो मलाई कसले भन्दै हुनुहुन्थ्यो । वनले त्यो बाटो क्लियर गर्नका लागि रुख काट्ने इजाजत दियो । रुख काटियो । जरा खन्न थालेको अर्को अधिकृतले भन्यो जरा खन्ने त यो यसमा त छैन आदेश, रुख कटान गर्ने हटाउने सम्म छ । यो जरा खन्ने चाहि छैन । केही गर्दा पनि उसले मानिलिउ जरा किन खनिस भनेर मलाई भन्यो भने देखि त मैले के जवाफ दिने ? त्यस कारण यो जरा पनि खन्न मिल्छ भनेर ल्याउनु पर्‍यो आदेश । अनि फेरी माथिबाट जरा पनि खन्ने आदेश । अव हाम्रो तरिका पनि त्यस्तो छ । त्यसले पनि अलिकति विलम्व गर्छ । रुख काट्ने हटाउने भने पछि जरा पनि हटाउने हो नि । तर अब जरा चाहि हटाउने हो कि होईन स्पष्ट छैन भन्ने । त्यो आफु जिम्मा लिएर काम गर्न अलि कम तयार हुने त्यो तरिका पनि छ ।

 त्यो जे होस अव विकास निर्माणका यी पक्षहरू मैले अलिकति साथीहरूलाई बताए । मेरो आग्रह के छ भने सङ्घीय सरकारको पनि ध्यान छ । वहुत गम्भिरताको साथ ध्यान छ । एउटा सामाजिक जागरणको सन्दर्भमा यस प्रदेशमा विशेषै अभियान सञ्चालन गर्न पर्ने म देख्छु । छाउपडी नबस्नुस भन्यो भने महिला दिदी बहिनीहरू नै नमान्ने जस्तो । पाप लाग्छ, त्यो पाप कसले व्यहोर्ने ? त्यो समस्या छ यस क्षेत्रमा । यो पाप र धर्मको विषय होईन । यो अन्धविश्वास हो, यो नचाहिने परम्परा हो भन्ने कुरा उहाँहरूलाई बताउनु प¥र्यो । उहाँहरूको परिवारलाई बताउनु प¥र्यो । परिवार सहमत भयो भने उहाँहरू सहमत नहुने, उहाँहरू सहमत भयो भने परिवार सहमत नहुने । अनि गाँउलेले के भन्छ भनेर गाउँतिर हेर्ने, समाजले के भन्छ भनेर समाज तिर हेर्ने दुनियाँ कहाँ पुग्यो यस्ता कुरामा अल्झिनु हुँदैन । यसले ठूलो क्षति, ठूलो अपमान, प्रगतिमा ठूलो बाधा यसले भइराख्या छ, मानसिकतामा ठूलो प्रतिकुल असर परेको छ भन्ने कुराहरू बताउन जरुरी छ हामीले । अर्को कुरो शिक्षालाई हामीले एउटा कोही पनि बालबालिका स्कुल उमेरका बालबालिका विद्यालय भन्दा वाहिर वस्न नपाओस् । अवको भर्ना अभियान, भर्ना सिजनमा, भर्नाको समयमा तपाई हामी सवैले क्याम्पियन चलाएर । गत वर्ष पनि हामीले क्याम्पियन चलायौँ । जसले धेरै वालबालिकाहरूलाई स्कुल पुर्यायोँ । ठूलो संख्यामा २ लाख ३४ हजार कति बालबालिकालाई हामीले गतवर्ष स्कुल पुर्‍यायौँ । अव ५९ हजार कति बालबालिका स्कुल उमेरका बालबालिका बाहिर छन् । यस वर्ष फेरि संख्या अलिकति स्कुल उमेरको तलबाट फरि स्कुल उमेरमा प्रवेश ग¥या हुन सक्छ । स्कुल जान नसक्ने खालको बालबालिका त्यस्तोहरूलाई पनि हामीले स्कुल पु¥याउने क्याम्पियन चलाउन । 

औपचारीक शिक्षा यसमा हामी अहिलेसम्म यस प्रदेशको जुन पृष्ठभूमिबाट हामी आयौँ । त्यस प्रदेशमा त्यस हिसाबले अत्यन्त धेरै न्यून छ । साह्रैँ पछाडी छ भन्न त त्यति मिल्दैन । किन भने जनु पृष्ठभूमिबाट आयौँ । साक्षरताको दर अहिले पनि ६३.५ प्रतिशत छ । यस प्रदेशमा युवा साक्षरता ८५ प्रतिशत छ । जसमा पुरुष ९४ प्रतिशत र महिला ७७ प्रतिशत छ । यो धेरै कमजोर तथ्याङ्क अथवा यस आधारमा अगाडी जान सकिदैन त्यस्तो तथ्याङ्क त होईन । आधार बनेको छ र एक स्तरको तथ्याङ्क वनेको छ । हाम्रो जस्तो ीम्ऋ देशमा । तर अब चाहि हामीले यस तथ्याङ्कलाई बदल्ने त्यस हिसावले जानुपर्छ । हाम्रो काम भनेको आकँडा बदल्ने हो, हाम्रो काम परिस्थिती बदल्ने हो, हाम्रो काम अव शिक्षाको आकडा अब यही रहदैन् । गरिबीको आर्थिक स्थितिको आकँडा यहीँ रहदैन । यो हामीले हटाउनु पर्छ र अब दुनियामा कही नभएको छाउपडि वस्ने यही ठाउँ, यही प्रदेश यस्तो हुनु दिनु हुँदैन । यसको अन्त्य गर्नै पर्छ हामीले । यस प्रदेशबाट प्रतिनिधित्व भएन भन्ने कहिलत्रानेित्रानेि कहिले आउछ । अतिबेर प्रतिनिधित्व भएन होला ? अहिले केन्द्रमा पनि प्रतिनिधित्व पुगने होला ? यति बेला । १ वर्ष न प्रतिनिधित्व पुगेन होला । त्यस भन्दा अगाडि त प्रधानमन्त्री समेतको पनि यसै प्रदेशको हुनुहुन्थियो नि । प्रतिनिधित्व हुने नेतृत्वै यस प्रदेशको थियो । एक पल्ट मात्रै होईन ४ पल्ट कि ५ पल्ट प्रतिनिधित्व थियो । त्यस भन्दा अगाडी लोकेन्द्र बहादुर चन्दजी प्रधानमन्त्री हुनुहुन्थ्यो । यहाँबाट प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू नबनेको स्थिति होइन ।    

नेतृत्व नपाएर, नेतृत्वबाट बन्चित भएर नेतृत्वबाट हेला भएर विकास भएन भन्ने चाहि होइन, व्यवहारमा देखिदैन । गण्डकी प्रदेश र प्रदेश नं ५ प्रधानमन्त्री त अहिलेसम्म भएको छैन । बढी पायो भने उपप्रधानमन्त्री एकाध पाएको होला । तर ति ठाँउहरू धेरै एडभान्स छन् सुगम ठाँउहरूपनि होइनन् । गण्डकी प्रदेश कैलाली कञ्चनपुर अनुकुल सिमाना जोडिएका धेरै सम्भावना भएको पनि ठाँउ होइन । पहाडी भेग हो । अलिकति तल नवलपुर थोरै यस पटकको प्रदेशमा त्यहानेर राखिएको छ ।  तर पनि विकास भएको छ भने मुख्यकुरा चाहि विकास गर्ने हाम्रो दृष्टीकोण प्रतिवद्धता योजना र त्यो योजना कार्यान्वन गर्ने सँगठन प्रयास नै हो । 

म यहाँहरूलाई भन्न चाहन्छु, त्यसका निम्ति सङ्घीय सरकार बिल्कुल प्रतिवद्ध छ । शिक्षाको क्षेत्रमा, सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको गल्तीले र त्यहाँका एक दुई जना पदाधिकारीको व्यवास्थाले हो । यहाँको क्याम्पस जुन सुदुरपश्चिमाञ्चलको सुदुरपश्चिमकै हिजै देखि एउटा महत्वपुर्ण क्याम्पस थियो । आज यस सुदुरपश्चिम प्रदेशको सर्वाधिक महत्वको, सर्वाधिक ठुलो क्याम्पस । त्यसलाई विश्वविद्यालयको मातहतमा लाने र त्यसलाई यस ठाउको शिक्षाको क्षेत्रमा यहाँहरूले थाहा नै पाउनु भएको छ । व्यभार बढी भयो भनेर यसलाई आँगिक क्याम्पसका रूपमा, यसलाई प्रदेशका क्याम्पसलाई आँगिक क्यापसका रूपमा परिणत गरियो । खर्च सरकारले बेहोर्ने भनेर । त्यो मैले अघिल्लो पटक प्रधानमन्त्री हुदा खेरी गरेको थिए । यस पटक, अघिल्लो पटक समय थोरै थियो । नौ महिना प्रधानमन्त्री भए, पाँच महिना नाकाबन्दीसँग लड्दै बित्यो । त्यसपछि अहिले अविश्वास आउलाकी भरे अविश्वास आउलाकि भन्दकैको बीचमा चल्दै चार महिना बित्यो । त्यो यस्तो अवस्था भयोकी अविश्वास फुत्त निस्कन्छ फरि अलिकति सामसुम पा¥र्यो । त्यस्तो खालको स्थितिमानै काम गर्नुपर्यो र जम्मा गरियो नौ महिना । नौ महिना मा पछिल्लो एक महिना त अविश्वासको प्रस्ताव आइसकेपछि बहुमत गुमाईसकेपछिको स्थिति हो । त्यस स्थितिमा हामीले देशलाई हामीले एउटा नयाँ दिशा दिनसक्यौ भने अहिले झन धेरै अनुकुलता छ म भन्न चाहान्छु, कुनै प्रदेशप्रति, कुनै समुदाय प्रति कसैप्रति पनि कुनै भेदभाव नराखिकन सरकारले विकासका कामलाई अगाडि बढाउँछ । किनभने एउटा पनि नेपाली गरिव छ भने नेपाल सम्पन्न भयो भन्न सकिदैन । एउटा पनि नेपाली भोकै छ भने नेपाली जनताले खायो भन्न सकिदैन । एउटा पनि मान्छे समस्याग्रस्त छ भने समस्या मुक्त छन नेपाली भन्न सकिदैन । 

त्यस कारण अहिलेको सरकारले आफनो कर्तव्य  सम्पुर्ण नेपालीलाई समृद्ध बनाउन, सम्पुर्ण नेपालीलाई सुखी बनाउन चाहन्छ । यस कुरामा हाम्रा सबै तहहरू, सबै निकायहरू, प्रदेश सबै एकदम आत्मविश्वासका साथ विकास हामी गर्न सक्छौ दिननसक्ने कारण छैन । हामी विद्धवान पुर्खाका सन्तान हौ जो सँग अत्यन्त विद्यवान पुर्खाको मेमरी छ । त्यो जिन छ । त्यो जिनेटीन मेमोरी छ । हामीसँग यस्तो सुन्दर, समृद्ध यस्तो खनिज युक्त, यस्तो स्रोत युक्त प्रविधि छ । दुनियामा गएर भन्न अप्ठेरो लाग्छ हामीसग यस्तो स्रोत पनि छ, यस्तो छ यस्तो छ हामी विकास गर्न सक्छौ भन्दा । के भएर विकास भएर तिमीहरूको विकास भएन् । केही पनि नभएका देश धनी  छन । आज केही पनि त्यहाँ छैन, धनी छन् । एउटा सानो देश छ फ्रान्स र स्पेनको विचमा यन्डरा भन्ने । सानो देश यत्रो पपुलेसन छ । सानो पपुलेसन भन्दा हरेक दिन टुरिस्ट हुन्छन त्यहाँ । देशमा त्यस, देशको जनसख्या भन्दा धेरै गुणाबढी टुरिस्ट बसेका हुन्छन । त्यो त्यस्तो बनेको छ । केही पनि छैन त्यहाँ । हुन्छनी यो चाँहि छ भन्ने, केहि पनि छैन । हामी हेर्छौ सिँगापुरमै समुद्र बाहेकको के छ र ? खानेपानी छैन । अहिले समुद्रबाट फिल्टर गर्ने प्रविधि विकास गरेर खानेपानी बनाउदै हुनुहुन्छ । नत्र भने मलेसिया सँग सधै लच्किन पर्ने किन हुन्थ्यो भने मलेसियाबाट खानेपानी ल्याउनु पर्यो । त्यस कारण लच्किन पर्थो । सानो टापु छ केही पनि छैन । के छ र त्यहाँ ? त्यहि सानो किनार छ । एउटा चिज छ समुद्र किनारमा तर सिँगापुर दुनियाँको आर्कषण भएको छ । जबकी त्यो सिँगापुर  ६५ मा छुटिदासम्म कंगाल थियो । कंगाल सिँगापुर अहिले ५० वर्ष जति भयो विकास गर्न थालेको । त्यो पचास वर्ष जसोमा सिँगापुरले आफुले आफुलाई कहाँबाट कहाँ पुर्यायो । कतारमा के छ र सर्फिस वाटर नभएको दुनियाँको एउटा मात्र देश खोज्यो भने कतार हो । जहाँ थोपै सर्फिस वाटर छैन अरुमा कतै कतै सर्फिस वाटर छ अरु देशहरूमा । कतार यस्तो देश हो जहाँ सर्फिस वाटर छैन । त्यस्तो देश हो कतार जो मरुभुमीको देश छ । त्यस्तो देश । त्यो यति विकसित छ । तेलको कारणले हो भने तेल निकालेर बेचेको हुनाले नै पैसा भयो । हामीले पानी थानेर बेच्यो भने पैसा हुन्छ । तर हामी त्यो पनि गरिरहेको छैनौ । त्यस कारण अहिलेको सरकारको संकल्प के छ भने हाम्रो स्रोतहरूलाई हामी सही ढगले सदुपयोग गर्छौ र विकासको बाटोमा अगाडि बढछौ । 

हाम्रो स्रोतहरू सदुपयोग गर्छौ । यस प्रकृतिलाई सदुपयोग गर्छौ र हाम्रो जनशक्तिलाई हामी अगाडी बढाउछौ । यस बीचमा हामीले शिक्षाका सन्र्दभमा गरेका कामहरू गत वर्ष हामीले समयमा पाठ्यपुस्तक पुर्यायौ । यस वर्ष पनि समयभित्र पाठ्यपुस्तक पुर्याउछौ, यस वर्ष पनि सायद विद्यालय भर्ना अभियान चलाउँछौ । हामीले साक्षरताको छुट्टै अभियान चलाएको छौ जसले गर्दा यो वर्ष भित्र हामी नेपाललाई साक्षर देश भनेर घोषणा गर्ने त्यस विन्दुमा जाने आभासहरूका निम्ती जनताका कार्यक्रमहरू संचालन गरेका छौ । मैले अघि एकिकृत बस्ती विकासका आयोजनाहरूको सम्वन्धी पनि कुरा गरे, हामी सँग एकैचोटी ठुलो खर्च, थुप्रो कामहरू गर्नुपर्ने छ । यहाँहरूको राजधानी विकास गर्नु बाँकी छ । राजधानी आयोगले यसमा गोदावरीमा सार्ने भन्नु भएको छ । गोदावरीमा राजधानी सार्न, सार्नुपर्छ त्यो एकदमै उपयुक्त निर्णय हो र उपयुक्त ठाँउ हो ।  तर खर्च त धमधाम लाग्छ । त्यस कारण यसका निम्ति यस्तै खर्च अरु  ठाँउमा पनि यस्तै खर्चको प्रबन्ध गर्नुुपर्ने छ । हामीलाई यो पूर्वाधार निर्माण गर्ने अथवा कार्यालयहरू निर्माण गर्ने हाम्रो जोड, उत्पादक, उत्पात्कत्व रोजगारीका अवसरहरू, आत्मनिरर्भता बढाउने खालको र निर्यातमुलक उद्योगहरू र आर्थिक क्रियाकलापहरू तर्फ लागानी गर्नुपर्ने  हाम्रो आवश्यकता छ । हामीले जोड पनि त्यता दिएका र्छौ । नारा पनि त्यो दिएका छौ तर सगंसगै कार्यालयहरू नभई भएको छैन र कार्यालय, राजधानी, आदिहरूको निर्माण, बाटाहरूको निर्माण, एयरपोर्टहरूको विस्तार सवै चीज हामीले गर्नुपर्ने छ र हामीलाई हतार छ । म खुसी व्यक्त गर्न चाहन्छु, कतिपयले  आलोचना गर्न चाहान्छन । यिनी बाटाहरू मलाई  लाग्छ चौडा हुदैछ । अघिल्लो पल्ट मैले नै निर्णय गरेको थिए, राजमार्गबाट सदरमुकाम पुग्ने बाटा ६ लेनको बनाउनु पर्छ । र ६ लेनका बाटाहरू बनाएर सुगम बनाउनु पर्छ । त्यो आज विराटनगर होस् कि जनकपुर होस् कि अथवा विरगंज होस् कि भैरहवा होस् कि अथवा नेपालगन्ज होस् कि अथवा कैलाली, धनगढी होस्, ती सवै ठाँउमा ६ लेनका बाटाहरू बनिरहेका छन । कतिपय ठाँउमा पुरा भईसके बाटाहरू, मलाई खुशि लागेको छ । के ६ लेनका बाटा बनाउने भनेर थालेपछि अलिकति देश सर्पियो, कतिपय ठाँउमा भइसक्यो कतिपय ठाँउमा हुदैछ । अब  वढीमा एक दुई वर्ष पछि त ६ लेनको बाटामा सलल जान पाईएला । हिजो मैले ५० किलो मिटर डबल लेनको कालोपत्रे गर्ने सुभारम्भ गरेर आए, त्यो कालोपत्र अब हामी सिँगल लेनका होइन डबल लेनकै बाटो बनाउँछौ । सुरक्षित बाटा बनाउँछौ । सवारी  दुर्घटना तर्फ हाम्रो ध्यान छ, त्यो कसरी रोक्ने त्यस कारण सडक मात्र बनाईदिएर यसो गोरेटो मात्र खोलिदिएर हँुदैन । त्यसको सुरक्षाको प्रबन्ध डाईभरलाई लाइसेन्स दिने देखि लिएर डाइभरको अवस्था हेर्ने देखि लिएर गाडीको अवस्था हेर्ने देखि लिएर बाटो उपयुक्त ढंगले निर्माण गर्ने कुराहरूसम्मको हाम्रो ध्यान छ । सवारी कति चलाएको छ, यात्रु कति चढाएको छ, कति हिडाँएको छ, बाटो कस्तो छ, हामीले सल्यानमा हेर्यौ बढि गतिमा टर्निङमा घुम्न नमिल्ने गरी,े काट्न नभ्याउने गरी गुडाउँदा दुर्घटना भयो । यी सबै कुराहरूबाट हामी सजक हुन जरुरी छ । यस्तामा म हामी थुप्रै बाटाहरू बनाउदै छौ, त्यसमा म त्यति धेरै अहिले कहाँ कहाँ के के काम हुदैछ भनेर समय खर्च नगरौ जस्तो लाग्छ मलाई । मैले यहाँ कुन कुन बाटा कति कति बनाउँछौ भनेर पनि ल्याएको थिए, जस्तो कि महाकाली करिडोर २६ किलोमिटर, सहजपुर मुक्ताम दिपायल ५० किलोमिटर, सेती राजमार्ग टिकापुर चैनपुर  ताक्लापुर ३५९ किलोमिटर, वि.पी नगर खुतिया दिपायल ८६ किलोमिटर, र आदि । अब मैले कति धान उत्पादन हुन्छ, कति उत्पादन गर्ने हो, गहँु कति उत्पादन हुँदैछ, कति उत्पादन गर्ने, आदि पनि हामीले योजनाबद्ध ढगंले गर्नु पर्दछ र त्यो हामीले गरिरहेका छौ ।  

मैले देश भरिको डाटा तथ्याङ्क लिएर जस्तो कति हेक्टरमा धान लगाई रहेको, के गर्न सकिन्छ, उत्पादन कति गैरहेको छ  भन्ने कुरा अहिले पाचँ लाख चौरासी हजार चार सय  तेत्तीस मेट्रिकटन यस प्रदेशमा उत्पादन भईरहेको छ । एक लाख सठसत्ती हजार एकसय उनान्तीस हेक्टरमा धान खेती भएको छ । गहुँको एक लाख छत्तिस हजार  आठ सय एकचालिस हेक्टरमा गहँु खेती हुने गरेको छ । तीन लाख आठ हजार सात सय छत्तिस मेट्रिक टन उत्पादन भइरहेको छ । यसलाई आगामी वर्षमा यस आकडाँमा  कति फरक पार्न सकिन्छ, टार्गेट कसरी मीट गर्न सकिन्छ, त्यस हिसावले मैले आफना मन्त्रालयहरूलाई पनि  निर्देशन गरेको छु र साथीहरूले पनि त्यसैगरी आप्mनो आप्mनो  ठाँउको पशुपालन कति छ त्यसलाई अर्को वर्ष कति गर्न टार्गेट राख्न,े भुवा उत्पादन कति छ अर्को वर्ष कति, पोल्ट्री उत्पादनमा अहिले कति छ, अर्को वर्ष कति? सडक कति किलोमिटर पक्की छ, अर्को वर्ष कति? योजनाबद्ध ढंगले योजनाको साथ हिड्नुपर्छ  । मैले भन्ने गरेको छु अहिलेको सरकार ढुँगा फालेर कहाँ खस्छ मैले त्यही ताकेको थिए भन्ने कुरा गर्दैन । यो ठाँउलाई ताकेको हु भनेर त्यस ठाँउलाई नै ताकेर भन्छ । अब त्यो टार्गेट मिट भयो कि भएन, त्यो ताकेको ठाँउमा खस्यो कि खसेन, त्यो कुरा गर्छ । त्यस कारण यो यस्तो मान्छेलाई ढाँटढुट पारेर, अलमलमा पारेर, काम चलाउनको लागि यो सरकार होइन । यो सरकारले अलमलाउने, ढाटँढुट गरी काम चलाउने होइन की देशमा परिवर्तन ल्याउने उद्धेश्यका साथ त्यसकारण यसलाई डाटामा चल्नु छैन, अस्ति मैले संसदमा बोले, डाटामा खेल्यो भने मैले भने कि डाटामा खेल्नी मलाई कुनै रुचि छैन, किनकी डाटामा खेलेर कुनै विकास हुदैँन, मलाई विकास चाहिएको छ, परिवर्तन चाहिएको छ , र परिवर्तन ल्याउने मलाई जनताले मेरो पार्टीलाई बहुमत दिया छ, पार्टीले मलाई प्रधानमन्त्रीको रूपमा देशको विकासको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ, त्यसो भएपछि मैले त्यस काममा केन्द्रित हुनुपर्छ र मैले भनेको छु कि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न । यो कथन होइन । यो यर्थाथ हो । कोही पनि भ्रष्टाचारमा भेटिदाँ म छोड्दिन मैले भनेको छु । अब केही केही कुरामा कहिले कहिले सफलता प्राप्त नहुन सक्छ । नेपाली समाज वास्तवमा भन्ने हो भने ऋषिमुनि सन्ततिहरूको त्यस्ता पूर्खाको यो देश, यस देशमा बलात्कार, सामहिक बलात्कार, बालिका बलात्कार यो हामी नेपालीहरूले नै यस्ते गर्दैछौ भन्ने भन्न सुन्न पर्ने मिल्नी कुरा हो र ?? त्यस्ता ऋषिमुनिका सन्तान आज बलात्कारीको रूपमा छन् भन्ने अ.. तिम्रो देशमा त बलात्कार भयो रे, बालिका बलात्कार भयो रे, बालिका माथि सामूहिक बलात्कार भयो रे, बलात्कार पछि हत्या भयो रे, त्यो नेपालकै लागि एउटा अपमानको कुरा हो । त्यसकारण हामीले हाम्रा युथहरूलाई  सही कुरा बताउनुपर्यो, सुमार्ग दिनुपर्छ । हामी नचाहिने कुराहरूमा रमाऔछौ । नचाहिने कुरामा उतालौन्छिौ । नचाहिने कुरालाई प्रोत्साहित गर्छाै, एउटाले भुलचुकमा गीत बनायो अरे, गायो रे गाउँमा मैले सुनेको, लुट लुट गरिखाएर केही काम लाग्दैन, लुटेर खा भाई लुटेर खा...  लुट भनेर अब कसैले गीत गाएर उनले युो बनाए होला । जनताले मन पराएनन्  तिम्रो गीत भनेपछि थ्यगत्गदभ बाट हटाए अरे त्यो गीत, अर्काे सासंदले त्यस्तो राम्रो महान् गीत लुटेर खान सिकाउने त्यस्तो गतिलो नेपालीलाई सुहाउने किन हटाएको थ्यगत्गदभ बाट राख्नुपर्छ, हाम्रो त माग नै त्यही हो,२५हजार त्यस गीत बापत पुरस्कार दिन्छु भने रे, अचम्म लायो मलाई त । कता जान खोज्दै छौ हामी ?? उनले भावनामा बगेर एकछिन एउटा गीत लेखे, थ्यगत्गदभ  मा पनि हाले तर सबैले राम्रो गरेनौ भाई भनेपछि हटाए त सिद्धियो नि कुरो, सरकारले केही भनेको छैन, सरकारले किन केही भन्नु पर्छ? सरकार यति भन्छ, सुमार्गको बाटोमा हिड्यौ, सुविचार ल्याऔ, देश बनाउने बाटोमा हिड्यौ, अनि त्यसमाथि अङ्कुश किन लगाउँछ ? सरकारले प्रेस स्वतन्त्रताको लागि लोकतन्त्रको आन्दोलनका लागि, प्रेस स्वतन्त्रको आन्दोलनको लागि, लोकतन्त्रको अङ्ग हो स्वतन्त्रताकोे, वाक् स्वतन्त्रता यसका लागिको आन्दोलनमा हामी भन्दा बढ्ता लागेको कोही छ भने म त देशभरि घुमेर भनेको छु हात उठाउँ कोही छ भनेरे भन्नु । 

अनि हामी यत्तिकै चिठ्ठा परेर त यहाँसम्म आइपुगेको होइनौ नि, जेल नेल कष्ट भूमिगत सङ्घर्ष सबै भोगेर यसको बलिदान बाट आएका हौ हामी । त्यसकारण हामीलाई यो प्रणली सँग माया छ, मतलब छ, यस प्रणलीलाई अगाडि बढाउनु छ । संघीय लोकतान्त्रिक गणतन्त्र म असफल हुदाँमात्र असफल हुने होइन, धेरै चिज असफल हुन्छ, प्रणली असफल हुन्छ । त्यसकारण म यसलाई असफल हुन दिन्न भन्ने कुरा हो । म बाहेक अरुले सक्दैन म भन्दिन, अरु कसैलाई जिम्मा त लगाउनुपर्छ कुनैसमय । जिम्मा लाउने उपयुक्त समयमा जिम्मा लगाउँदा अगाडि बढ्ने गरी जिम्मा लगाउने , म जबसम्म छु मैले इमान्दारिताका साथ त्यो काम गर्ने त्यति हो । मैले यसलाई नियन्त्रण गर्ने, अर्काेलाई नियन्त्रण गर्र्ने होइन । लोकतन्त्र हाम्रो समाज एउटा सभ्य समाज हुन सकोस् । अत्यन्त दुखको कुरा हो निर्मला बलात्कार हत्याकाण्ड,  अत्यन्त दुखःद कुरा हो एउटा हाम्रो चेली बलात्कार हुनु हत्या हुनु पिडादायक कुरा हो । अत्यन्तै दर्दनाक कुरा हो , त्यस्ता अपराधीलाई पत्ता लगाउनु कानूनको घेरामा ल्याउनु, र हदैसम्मको कारबाही गर्नु आवश्यक छ तर अपराधीले कहिले कहिले प्रमाण नष्ट यसरी गरेको हुन्छ कि पत्ता लायन सकिदैन । अनुमानका भरमा कसैलाई दोषी अपराधी पनि भन्न मिल्दैन । त्यस्तो व्यवस्थामा सरकारले एक पछि अर्काे, अर्काे पछि अर्काे, आयोगहरू छानविन समितिहरू बनाएको छ र सबै चोरैचोर छन् भन्ने कुरा होइैन । सद्धे मान्छेहरू छन् तर सबै अपराधै अपराधमा संलग्न छन् र अपराधै रुचाउँछन् त्यस्तो होईन त्यसकारण हामीले गरिराखेका छौ छानविन गरिराखेका छौ र पत्ता लगाउने प्रयास जारी छ । अत्यन्त दुखःद कुरा हो । फेरि पनि हामी पत्ता लगाएर छोड्छौ । यसमा सरकारको यति धेरै ध्यान छ पत्ता लगाएर छोड्छौ , भ्रष्टाचारीहरू जहाँ भएपनि अहिले यहाँहरूले देख्नुभो अख्तियारमै भएको पनि भ्रष्टाचारीलाई यसो क्यामेरा समात्दै जादाँ त अख्तियार मै पुग्छ, त्यहाँँ पनि कारबाही चलाउने अवस्था आएपछि त राजीनामा दिएर भाग्ने अवस्था बन्यो । त्यो राजीनामा दिएर भाग्ने अवस्था त्यसकारण बनेको हो । फेरि पनि कारबाही त हुनैपर्छ । हुन्छ नै । हामी कही भए पनि फेरि त्यान्द्रो समाउदै खोज्दै खोज्दै जान्छौ र काही भएपनि अपराधी पत्ता लाउछौ, निकाल्छौ, दरो कारबाही गर्छाै । त्यसमा कुनै मोलाहिजा हुन सक्दैन । त्यस्तो विषयलाई यो त समाजका लागि अत्यन्तै गम्भीर कुरा हो ।  त्यसको अलिकति पछि फेरि अर्काे बलात्कार काण्ड भयो । हामीहरू धेरै गम्भीर हुनुपर्छ । हामीकोमा भएको सामाजिक संजालको असर के पर्दैछ ? हामीकोमा भएका लोकतन्त्रकासम्बन्धमा गलत मूल्य मान्यताहरूको के पदैछ ? त्यस्ता कुराहरूमा हामी अत्यन्तै गम्भीर हुनु जरुरी छ । सरकारले स्वतन्त्रताका हकहरूलाई कुण्ठित गर्ने, सिमीत गर्ने होइन् । त्यसलाई  व्यापक बनाउने अघिनै मैले भने लोकतन्त्रको संकुचन होइन् । लोकतन्त्रको विस्तार, लोकतन्त्रको त्यसमा पूर्ण रूपमा विस्तार । हाम्रो आजको आवश्यकता हो । हाम्रो नीति हो र हाम्रो प्रबन्ध हो । ति कदम अन्तर्गत हामी समाजमा शान्ति सुव्यवस्था कामय गर्न चाहन्छौं । कसैलाईपनि कुनै प्रकारले, कुनै प्रकारको छुट, गलत, कानुन विरोधी अपराध कर्ममा हुदैन् । त्यो कुरा अघिनै मैले साथीहरूसँग राखे ।

अब म धेरै समय नलिऔं, मलाई यस प्रदेशमा आएर आफ्ना विचारहरू राख्दा अत्यन्तै खुसी लागेको छ र यस प्रदेशले अत्यन्त तीव्र गतिमा काम गर्न सक्छ । यो विश्वास म साथीहरूलाई भन्न चाहन्छु । त्यो तपाईंहरूका हातमा छ । तपाईहरूलाई सबल बनाउन, तपाईलाई बलियो बनाउन, तपाईंहरूलाई यस काममा मद्दत पु¥याउन केन्द्र सरकार एकदमै तयार छ । जब जनता विकास चाहन्छ, स्थानीय प्रतिनिधि विकास चाहन्छन् । जब हामीसँग यस्तो उर्वर स्रोत साधनले सम्पन्न छ भने देशको विकास किन हुँदैन । त्यस माथि विकासका निम्ति कृत संकल्पित सङ्घीय सरकार छ । अत्यन्तै कृतसंकल्पित । अव विकास कसरी हुँदैन ? ढिलो विकास गर्ने वेला छैन । हामीले छिटो विकास गर्नुपर्नेछ नत्र अरु यति अगाडी बढिसक्छन् कि हाम्रो विकास अवरुद्ध हुन्छ । हामी प्रतिपस्र्धा गर्न सक्दैनौँ । प्रतिपर्धा भए पछि जहाँ सस्तो त्यहाँ मान्छेले किन्छन । त्यस्तै हुन्छ विकासको प्रश्न पनि तिव्र विकासको गतिमा हामी जान सकेनौँ भने । यस पल्ट ७ प्रतिशत भन्दा माथिको विकास हामी हासिल गर्छौँ । अर्को वर्षबाट हामीले अहिले जुन सुरुवात गर्दा अलमलको वर्ष, ... जस्तो रह्यो । त्यो सकिएपछि अर्को वर्ष हामी लभगभ १० प्रतिशतको हारहारीमा आर्थिक विकास गर्नसक्छौँ । त्यस पछिबाट हामी १० प्रतिशत भन्दा माथिको आर्थिक विकास गर्न सक्र्छाँै र हामीले केही खानीहरू हामीसँग ढुङ्गा खानी छ, अरु खानी छ, अरु विभिन्न खानीहरू छन तिनको .. उद्योगहरूको पनि स्थापना गरेर, कृर्षिको आधुनिकरणलाई पनि अलिकति अगाडी बढायौँ भने त्यस पछि हाम्रो उत्पादन वृद्धिदर ह्वात्तै माथि जान्छ । मैले भनेको छु अवको ४ वर्ष भित्र हामी अहिले सम्मको सव भन्दा दुर्त आर्थिक विकास भएको देश मध्ये नेपाललाई पु¥याउन सक्छौँ र पु¥याउछौँ । त्यो सम्भावना छ त्यो पनि आधार हिन सम्भावना होईन । त्यसका आधार वन्या छन् । साधारण तयमा भन्दा हो भने यातायात हुम्ला जिल्ला वाहेक अन्त पुग्यो, दोल्पा पनि हामीले पुर्‍यायौँ । अव हुम्ला जिल्ला एउटा राष्ट्रिय यातायात सञ्जालसँग जोड्न वाकि छ र २ वर्ष भित्र हामी त्यो जोडिसक्छौँ । त्यसो भएपछि हाम्रो सवै सदरमुकामहरू जोडिन्छन् । ७७ मध्ये एउटा सदरमुकाम वाकि छ । त्यसलाई २ वर्ष भित्र जोडिन्छ । सामाजिक सञ्जाल पनि जोडिन्छ । अप्टिकल फाईवर हामी ओछ्याई राख्याछौँ । विद्यालयहरूलाई हामीले कम्प्युटर वितरण गरिराख्या छौँ । आधुनिक शिक्षा तर्फ जोड दिईरहेका छौँ । प्राविधिक शिक्षा तिर जोड दिईराख्या छौँ । प्राविधिक शिक्षालयहरू यस वर्ष अत्यधिक स्थापना भएका छन् र आउदो वर्ष अझ ईतिहासमा सर्वाधिक वढि हामी स्थापना गर्ने छौँ प्राविधिक विद्यालयहरू र सिप विकास र व्यवसायिक तालिमहरूको किसानहरूलाई तालिम, व्यवसायीहरूलाई तालिम त्यसका अभियानहरूलाई सिचाईका प्रवन्ध देखि लिएर विद्युतका आपुर्ति देखि लिएर सवै कुरा भैसकेपछि अव विकास किन हुँदैन ? त्यस कारण विकास, निराधार विकासका कुरा गरिराख्या छैनौँ । विकासका आधारयुक्त कुरा गरिराखेका छौँ । त्यस कारण साथिहरूलाई भन्न चाहान्छु आत्म विश्वासका साथ विकासका अभियान्ताको रूपमा यहाँहरू अगाडी बढ्नुस पक्ष विपक्ष यहाँ हुन्छ राजनितिमा हुन्छ तर विकास निर्माणमा, विकास निर्माणका कामहरूमा, राष्ट्रनिर्माणका कामहरूमा, बाटा बनाउने कुरा, विजुली वनाउने कुरा, पशुपालनाका कुरा, कृषिका उपजका कुरा, या उद्योगको कुरा उद्योगहरूको विकासको कुरा यि कुनै पनि कुरामा पक्ष प्रतिपक्षको कुनै कुरा हुँदैन । वजेट विनियोजनमा वजेट दिने कुरामा वजेट वितरण गर्ने कुरामा सरकारी व्यवहारमा कुनै प्रकारको विभेद, भेदभाव भको छैन र गरिदैन । मलाई एउटा प्रश्न थियो । केही प्रदेशमा र संघीय संसदमा पनि प्रतिपक्ष माथि विभेदन नहोस भन्ने । विभेद निश्चित रूपमा हुँदैन । विभेदन भको छैन । एउटा साथीहरूले खत्तमै पार्ने भए, डेमोक्रेसी पनि खत्तम पार्ने भए, हामीलाई पनि पेलेर थिचेर खत्तम पार्ने भए भनेर एउटा समय थियो । लोकतन्त्र कलिलो थियो । लोकतन्त्रको उचित परिभाषा गर्न सक्या थिएन । ति अवस्था सम्झियौँ । मैले आक्क्षेप गर्नका लागि भनिराख्या होईन । ४८ सालमा वहुदल आएर निर्वाचन भएपछि सरकार वनेपछि ५१ को निर्वाचन सम्मा पुग्दा त्यस वेलाको नेकपा एमालेका मात्रै ३० हजार कार्यकर्ता माथि मुद्दा लाग्या थियो । त्यस पछि म तुरुन्तै गृह मन्त्री भए र मैले भने विपक्ष माथि मुद्दा लगाउनु भनेको कुनै सुरविरको काम होईन जाली मुद्दा लगाउन । कुनै एउटा पनि मुद्दा लगाईदैन । मैले त्यसै वेला देखि क्लियर गरे विपक्षसँगको भेदभावपूण व्यवहार हुनै सक्दैन र कुनै मुद्दा त्यसै वेला पनि लागेन जतिवेला म गृह मन्त्री थिए ५१ सालमा अहिले भन्दा २५ वर्ष अगाडीको कुरा भयो । आज पनि म भन्छु एउटा मुद्दा लाईया छैन, एउटा दामन गरिया छैन, एउटा गिरफतारी गरिएको छैन, हिजो शान्तिपूर्ण जुलसमा जे हुन्थियो त्यसलाई अनुभवको कमि भनौँ । आज शान्तिपूर्ण जुलुस होईन त्यो भन्दा सिमा नाघ्दा समेत पनि समयंम वनाएको छ सरकारले किन भने डेमोक्रेसी सिक्दै सिकाउदै पनि जाने कुरा हुन । त्यस कारण दमनको भेदभावको त प्रश्नै उठ्दैन । वोल्ने कुराहरूमा पनि जथाभावी वोल्ने पनि अलिकति प्रचलन पनि छ । त्यो प्रचलन पनि हामी अन्त्य गछौँ, दण्डित गरेर भन्दा सम्झाएर त्यसरी हामी अगाडी बढाउन चाहान्छौँ । अव साथीहरूले केही भन्सारका कुरा गर्नुभको छ यहाँ गौरी भन्सार यति ढंगले विकास हुँदैछ, यत्रो ठूलो बाटो आउदैछ, आधुनिकीकरण हुँदैछ, एयरपोर्टको पूर्व तिर फैलाउने ठाउँ देख्छु म । एयरपोर्टलाई अलि पूर्व तिर अलिकति यसलाई लान पनि सकिएला एयरपोर्टलाई, त्यसो भको हुदा त्यसलाई अलिकति क्षेत्रिय वा आकस्मिक रूपमा अरु पनि वस्न सक्ने गरी क्षेत्रिय विनामस्थलको रूपमा पनि लान सकिएला । अरु बाटाहरूको सम्बन्धमा मैले भने दोधरा चादनी सुख्खा वन्दरगाहाको कुरा गर्नुभछ साथीहरूले र .. नगरपालिकामा औधोगिक क्षेत्रको स्थापनाको कुरा गर्नुभछ । यि सवै सम्बन्धमा र क्रिकेट स्टेडियम बनाउने कुरामा, सेती लोकमार्गको अगाडी छिटो तिव्र गतिमा अगाडी बढाउने कुरामा वा पश्चिम सेती निर्माण गर्ने कुरामा मैले भनी सकेछु पश्चिम सेती म सोच्छु म प्राविधिक होईन । अलि घटवध हुन सक्न सक्छ । कति मेगावाट वधाउने कति द्यामको हाईट वढाउने कति घटाउने जस्ता कुराहरू हुन सक्छ । त्यस्ता कुराहरू र चैनपुर ताक्लाकोट सडक निर्माणको मैले भने यि दिमान्डहरू एक दम जायज डिमान्डहरू छन् । मलाई प्रदेशका मुख्यमन्त्री ज्यूले पनि दिनु भएकोछ यि यी कुराहरूमा, प्रतिपक्षका नेताहरूले पनि यि कुराहरू दिनुभको छ । त्यसै गरी समाजवादी जनता दलको तर्फबाट पनि दिनुभको छ । साथीहरूले दिनु भएका ति सवै कुराहरूलाई ध्यानमा राखेर मैले आवश्यक कदम केन्द्र सरकारबाट चाल्ने, संघीय सरकारबाट चाल्ने त्यो कुरा म साथीहरूलाई विलकुलै आस्वस्त रहन आग्रह गर्न चाहन्छु । अर्को समयमा हामी भेट्ने छौँ । अर्को समयमा भेट्दा हामीले आज मैले वोलेका कुराहरूको रकेर्डको अध्ययन गरेरै त्यसको समीक्षा गर्नेछौँ ।

धनगढी, ८ फागुन २०७५

 

 

    

 

 

 

 

--> --> -->