NP EN

प्रधानमन्त्री ओली युरोप प्रस्थान

काठमाडौ, २५ जेठ, प्रधानमन्त्री केपी शर्मा ओली  नौ दिने युरोप भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । 

आज साँझ ७.२५ बजे प्रधानमन्त्री ओली २४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

प्रधानमन्त्रीज्यू अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)  को शतवार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा भाग लिन जुन ९ देखि १० जुनसम्म स्वीट्जरल्याण्डको जेनेभामा रहनुहुने छ । सो अवसरमा प्रधानमन्त्रीज्यूले १० जुनमा आयोजना हुने (ILO)  को शतवार्षिकीको विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । जेनेभामा रहँदा साइडलाइनमा सम्माननीय प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रधानमन्त्री ओलीले ले जुन १० देखि १द्द सम्म मित्रराष्ट्र संयुक्त अधिराज्यको औपचारिक भ्रमण गर्नुहुने छ । उहाँले अक्सफोर्ड विश्वविद्यालयमा १० जुनमा आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम  छ । उक्त भ्रमणको दौरान उहाँले संयुक्त अधिराज्यका प्रधानमन्त्री महामहिम Mrs. Theresa May  सँग ११ जुनमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, प्रधानमन्त्रीज्यूले १२ देखि १४ जुन २०१९ सम्म मित्रराष्ट्र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । सो भ्रमणको अवसरमा प्रधानमन्त्रीज्यूले उहाँको फ्रान्सेली समकक्षी महामहिम Mr. Edouard Philippe सँग १२ जुनमा द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्कने कार्यक्रम छ