NP EN

प्रधानमन्त्री ओली र बेलायतका विपक्षी दलका नेता जेरेमी कोर्विनबीच भेटवार्ता

लण्डन, २९ जेठ: बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्विनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका क्रममा जलवायु परिवर्तन, विकास, लाेकतान्त्रिक रुपान्तरण र नेपालमा भएको भूकम्प पछिको पुनर्निर्माणका सम्बन्धमा दुवै नेताहरूबीच छलफल भएको छ ।

उक्त अवसरमा ​नेपाल र बेलायतबीच द्वीपक्षीय सम्बन्धका विषयमा समेत छलफल भएको थियो ।