NP EN

प्रधानमन्त्री ओलीद्वारा बेलायतस्थित नेपाली दूतावासको स्वागत समारोहलाई सम्बोधन

लण्डन, २९ जेठ: बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेलायतस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुभएको छ ।

उक्त समारोहमा वहाँले भन्नुभयो - "नेपालीहरु वीर छन् भन्ने सबै भन्दा पहिले बेलायतले थाहा पायो। ब्रिटिश गोर्खाको सुरुवात भएपछि दुनियाँले थाहा पाए।"

"नेपाली डायसपोरा जहाँ पुगेको छ, त्यहॉका नागरिकलाई धक्का दिएर हैन मिलेर र सहयोगी भएर बसेको छ, हामी सबै नेपालीले यसमा गर्व गर्नु पर्छ, म गर्व गर्छु ।" -प्रम ओली ।