NP EN

प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण

लण्डन, २९ जेठ: युरोपेली मुलुकसहित बेलायत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती गोर्खा सैनिकबाट सम्मानगारत प्रदान गरिएको छ ।

संयुक्त राज्य बेलायको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीस्थित गोर्खा बिग्रेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

बेलयाती गोर्खा सैनिकहरुले नेपालको राष्ट्रिय गानको धुन बजाएर प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए । गोर्खा सैनिकको समस्याबारे जानकार प्रधानमन्त्री ओलीले हिजो बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भएको बार्तामा समस्या समाधानको प्रस्ताव गरेलगत्तै आज गोरखा ब्रिगेट मुख्यालय पुग्नुभएको हो ।

बेलायतको काम्बलीस्थि गोरखा सैनिकहरुको मुख्यालय पुगेर प्रधानमन्त्री ओलीले त्यहा कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेट गर्नुभयो ।  प्रधानमन्त्री ओलीले गोरखा सैनिक र तिनका परिवारसँग चासोका साथ कुराकानीसमेत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले गोर्खा सैनिक र परिवारका सदस्यसँग कुरा गरेपछि त्यहा उपस्थित गोर्खा परिवारले प्रधानमन्त्री ओलीप्रति आभार प्रकट गरेका थिए ।