NP EN

प्रधानमन्त्री ओलीद्वारा गुठी विधयकका बिषयमा छलफल

काठमाडौं, २ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ ।

काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट  प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गर्नुभएको थियो ।  राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा ,साँसदहरु पम्फा भूसाल,कृष्णगोपाल श्रेष्ठ,महेश बस्नेत , जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले मन्तव्य राख्नु भएको थियो । यसैगरी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधयकका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

जनप्रतिनिधिहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधयकका बिषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताउनुभएको छ ।