NP EN

अस्वस्थ्य मानसिकताबाट बच्न योग : प्रम ओली

काठमाडौं, ६ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताउनुभएको छ ।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताउनुभयो । “योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा  धेरै अघिबाट सुरु भएको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।”

प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको बताउनुभयो । “हामीले पाँच ÷ छ हजार बर्ष पहिलेका मूर्तीहरु हे¥यौं भने पनि योगका विभिन्न आशनमा देखिन्छन्  ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।



प्रधानमन्त्री ओलीले नेपालको कोशी  किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गर्नुभएको छ । “यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि पछि परेका हौं तर अब त्यो अवस्था रहदैन ” प्रधानमन्त्री ओलीेले भन्नुभयो । प्रधानमन्त्री ओलीले लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको बताउनुभएको छ । तर त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।