NP EN

जनतासँग प्रधानमन्त्री कार्यक्रमले सरकारका काम जनता समक्ष पुगे : प्रम ओली

काठमाडौं, १ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका कामहरु जनता समक्ष  पु¥याउन सहज भएको बताउनुभएको छ । 

जनतासँग प्रधानमन्त्री कार्यक्रम एक बर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले यस कार्यक्रम मार्फत देशको आकांक्षा,सरकारका उपलब्धी र प्रतिफल जनतासँग पु¥याउन सहज भएको बताउनुभएको छ । “यस कार्यक्रम मार्फत देशको अवस्था,सरकारका उपलब्धी,सडक यातायातको चर्चा,राष्ट्रिय आकांक्षा पुरा गर्ने दृष्टिकोण प्रष्तुत गरेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो । 



हरेक बुधबार राती ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक बर्षमा कार्यक्रम ५० अंक प्रशारण भयो । कार्यक्रम सञ्चालक मनोज पाण्डेले आजैबाट जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रशारण समापन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गर्नुभएको छ ।