NP EN

प्रधानमन्त्री ओलीद्वारा बकर ईदको शुभकामना

काठमाडौं,२७ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा यस समुदायका सम्पूर्ण दिदीबहिनी दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

ईद–उल– अज्हा (बकर ईद) को अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश भएकोले यहाँका सबै जाती र सँस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । “नेपाल बहुजातीय बहुसाँस्कतिक देश हो । सबै जाती र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

बकर ईदले  आफूलाई मात्र होइन समुदायका गरिब र इस्टमित्रलाई समेत सहयोग गर्न सबैलाई उत्प्रेरित गर्ने प्रधानमन्त्री ओलीको सन्देशमा  उल्लेख छ ।  प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ “बिहान सबेरै ईदको नमाज पढे पछि आआफनो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरिबलाई  र बाँकी एक हिस्सा इस्ट मित्रहरुलाई प्रदान गर्ने गरिन्छ । यस्तो प्रचलनले मानवीयताको एउटा नमुना प्रदर्शन गरेको छ ।”