NP EN

स्वास्थ्य लाभपछि प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं, २७ साउन,प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरेर आज स्वदेश फर्कनु भएको छ । गत साउन १८ गते नियमित उपचारका लागि  सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीले आज दिउसो स्वदेश फर्कनु भएको हो । प्रधानमन्त्री ओलीले सिंगापुरको नेसनल यूनिभर्सिटी हस्पिटलमा उपचार गराउनु भएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिनुभएको छ । वहाँले आफ्नो स्वास्थ्यप्रति चिन्ता र चासो गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको छ ।