NP EN

प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिलाई स्वागत

काठमाडौं, २५ असोज, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनफिङलाई स्वागत गर्नुभएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज साँझ प्रधानमन्त्रीले स्वागत गर्नुभएको हो । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा नै पुग्नुभएको थियो । उहाँको स्वागतमा उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, ३ नम्बर प्रदेशका मुख्यमन्त्री, उपसभामुखलगायत विशिष्ट व्यक्तिहरु विमानस्थल पुग्नुभएको थियो ।



चिनियाँ राष्ट्रपति एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नईबाट काठमाडौं आउनुभएको हो ।

चिनियाँ राष्ट्रपति सीलाई प्रधानमन्त्री ओलीले भोलि आइतबार होटल सोल्टीमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।