NP EN

लोकतन्त्रप्रतिको मूल्य र मान्यता तलमाथी पर्न दिन्न : प्रम ओली

काठमाडौं २६ असोज,प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथी पर्न नदिने बताउनुभएको छ ।

नेपाली काँग्रेसले वडा दशैं लगायत विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ बर्ष देखिका आफ्ना साथी भएको स्मरण गर्दै  आफ्नो लोकतन्त्रप्रतिको निष्ठा उहँहरुलाई राम्ररी जानकारी भएको बताउनुभएको छ । “शेरबहादुर देउवा,रामचन्द्र पौडेल मेरा ४५ बर्ष देखिका साथी हुनुहुन्छ । उहाँहरुलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथी हुन दिन्न  ”  प्रधानमन्त्री ओलीले भन्नुभयो । 



प्रधानमन्त्री ओलीले दशैं लगायतका चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभइ आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताउनुभएको छ । “यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरु बीचको कटुतालाई पनि अन्त्य गर्छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु । ”