NP EN

प्रधानमन्त्री र बङ्गलादेशका सेना प्रमुखबीच भेटवार्ता

काठमाडौँ, २७ माघ: प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरुबीच दुई देशको सुरक्षाबारे छलफल भएको बताइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेनाप्रमुख अहमद यही माघ २४ गते नेपाल आउनुभएको हो ।  (रासस) :