NP EN

‘जीवनरक्षाको लडाईंमा छौँ, आहा ! मेरो स्वतन्त्रता भनेर कविता गोष्ठी गर्ने बेला होइन यो’

प्रधानमन्त्री ओली भन्छन्, “दुई/चारजना मान्छेहरूको उत्ताउलोपनसँग सम्झौता गरेर सिंगो देशमा कोरोना फैलाउन सकिँदैन।”

काठमाडौं।सरकारले कोभिड–१९ को विश्वव्यापी महामारीसँग जुध्न गरेको देश बन्दाबन्दी (लकडाउन) अहिले चौंथो हप्तामा पुगेको छ। त्यति नै समयदेखि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गरिएका छन्। र, लकडाउनले १५ वैशाखसम्मलाई निरन्तरता पाएको छ। बाह्य आवागमन निषेध र देशभित्रको आवागमनमा कडाइ गरिएपनि परीक्षणको दायरा बढाइएसँगै संक्रमितहरूको संख्या पनि बढ्दै गएको देखिँदैछ। पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्म र दूरदराजदेखि काठमाडौं उपत्यकासम्म संक्रमणको उच्च जोखिममा देखिएका छन्। कोरोना भाइरस संक्रमणको महामारीसँग जुधिरहँदा नेपाललाई सबभन्दा ठूलो संकट के बाट वा कहाँबाट छ ? त्योसँग जुध्न सरकार के गरिरहेको छ ? महामारी रोकथाम र नियन्त्रणको रणनीति के हो र त्यसका लागि के के गरिँदैछ ? यिनै विषयमा केन्द्रित रहेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग देखापढीका लागि रामेश्वर बोहराले गरेको कुराकानीको सारसंक्षेपः

मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा चिकित्सकहरूले तपाईंलाई पूर्णतया आराम गर्नुपर्ने सल्लाह दिएका थिए। आफ्नो स्वास्थ्यको केयर गर्नुपर्ने बेला यति ठूलो महामारीसँग लड्नु परिरहँदा कस्तो लागेको छ? 

मलाई लाग्छ, सबभन्दा पहिले जीवन के हो र के का लागि हो भनेर बुझ्नुपर्छ। निश्चय नै म अप्रेसनपछि रिकभरीको अवस्थामै छु। यसभन्दा अगाडि पनि मैले धेरै गम्भीर पेटको अप्रेसन गरेको थिएँ, त्यसको छोटो समयमै मिर्गौला प्रत्यारोपण पनि गरेँ। लगातारका दुईवटा अप्रेसनपछि स्वाभाविक रूपमा रिकभरीको समय अलि लामो हुन्छ। तर, जीवन के हो, स्वास्थ्य र उपचार के हो, बाँच्नु के हो र रिकभरी कसरी गर्ने भन्नेबारे मानिसका आफ्नै बुझाई हुन्छन्। म जीवनलाई बाँच्नुमात्रै ठान्दिनँ, कर्तव्यसँग जोडेर हेर्छु। म जीवनलाई समयसँग जोडेर हेर्छु। बाँच्नुको अर्थसँग जोडेर हेर्छु। अर्थात् मेरो रिकभरी भनेको हाड मासुको मात्रै रिकभरी होइन।

अप्रेसनका बेला मलाई बेहोस बनाइएको थियो। बेहोसीबाट होसमा आएँ। अप्रेसन गरेका बेला भेन्टिलेटरमै राखेको थियो, त्यसबाट निस्केर आफैं सास फेर्ने स्थितिमा फर्किएँ। होसमा आएपछि मैले चौतर्फी रिकभरी गर्नुपर्ने थियो। मेरो वैयक्तिक, पारिवारिक, सामाजिक, मेरो राष्ट्रिय दायित्व के छ, म त्यो सँगसँगै रिकभर हुनुपर्छ। मलाई जनताले दिएको स्नेह, शुभकामना, विश्वास, उत्तरदायित्व बहन गर्ने क्षमता सँगै रिकभर हुनुपर्छ। त्यसकारण विस्तारामै सुतिराखेर होइन, काम गर्दै रिकभर हुनुपर्छ भन्ने मलाई लाग्छ। अप्रेसनपछि मैले थाहा पाउँदा हातखुट्टा चल्दैन्थे। एनेस्थेसियाले छोड्दै जाँदा स्वाभाविक रूपले हातखुट्टाहरू चल्दै जान्छन्। कमजोर भएकाले शुरूमा खुट्टा नटेकिने हुन्छ, विस्तारै खुट्टा टेकिने हुन्छन्। त्यसपछि खुट्टा, हातसँगै मस्तिष्कले आफ्नो काम गर्न थालेपछि मैले आफ्नो उद्देश्यहरूसँग जोडेर रिकभरीका कामलाई अगाडि बढाएँ। अहिले रिकभर पनि भइराख्या छ, म काम पनि गरिररहेको छु।

खेलमा रिकभर गर्नलाई खेल्नुपर्छ। मेरा दार्शनिक, वैचारिक, राजनीतिक, सांगठनिक कर्तव्यसँग सम्बन्धित, मेरा गन्तव्य, उद्देश्य र लक्ष्यहरूसँग सम्बन्धित जनताको आशा, विश्वास, भरोसा र त्यसलाई मैले पुरा गर्ने कुरासँग सम्बन्धित सबैको रिकभरी शारीरिक रिकभरीसँगसँगै हुन्छ। त्यसप्रकारको अभ्यास नगरेका मान्छेहरूले रिकभरीको आंशिक पक्षलाई बुझ्छन्, समग्र पक्षलाई बुझ्दैनन्। त्यसकारण आश्चर्यचकित हुन्छन्। 

मैले अप्रेसनमा जानुभन्दा अगाडि भनेको थिएँ कि म तपाईंहरूले सुम्पेको दायित्व, तपाईंहरूले गर्नुभएको विश्वास र तपाईंहरूले ममार्फत् गर्नुपर्छ भनेर सुम्पिएको अभिभारा बीचैमा चटक्क छोडेर अलपिने छैन। अस्पतालमा खुलेदेखि नै मैले के भइराखेको छ, कस्तो अवस्था छ, त्यो सबैको नियमित रिपोर्टिंङ लिने र निर्देशन दिने काम गरिरहेको थिएँ। डिस्चार्ज भएर आइसकेपछि पनि म काममा छु, बिहान ६ बजेदेखि राति १२ बजेसम्म काममै हुन्छु। 

मेरो स्वास्थ्य अलिकति कमजोर भएको जस्तो अवस्थामा कोरोना भाइरसको विश्वव्यापी महामारी आइलाग्यो। विश्वका साधनस्रोत सम्पन्न देशहरू पनि यसबाट आक्रान्त छन्। त्यो अवस्थामा हामीले गरेका प्रयासहरू अहिलेसम्म प्रभावकारी छन्। प्रभावकारी ढंगले हामीले कोरोनालाई एक हदसम्म नियन्त्रण गर्न सकेका छौँ। म यो कोरोना नियन्त्रण अभियानको एउटा सिपाही र एउटा कमाण्डर हुँ। त्यसकारण मैले मुख्य कमाण्डरको हिसाबमा कोरोना भाइरस विरुद्धको लडाईंलाई सही ढंगले सञ्चालन गर्नुपर्दछ। जनताको ज्यानको रक्षा गर्ने, कोरोना फैलिन नदिने, फैलिन खोज्यो भने रोकथाम गर्ने र कोही संक्रमित पाइयो भने त्यसको उपचार गर्ने प्रयासमा आफूलाई केन्द्रित गर्न पाएको छु। मैले यसमा कुनै अप्ठेरो मानिरहेको छैन। 

मुख्य कमाण्डरका रूपमा हेरिरहँदा यो महामारीसँग लड्ने प्रमुख थ्रेट चाहिँ के कुरालाई देखिरहनुभएको छ ?

थप विस्तृत अन्तर्वार्ताका लागि यहाँ क्लिक गर्नुहोस् - https://dekhapadhi.com/news/10529