NP EN

प्रधानमन्त्री ओलीद्वारा भारतको स्वतन्त्रता दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ, ३१ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको पनि कामना गर्नुभएको छ । (रासस)