NP EN

नेपाल साँस्कृतिक रुपमा समृद्ध देश : प्रम ओली

काठमाडौं, ४ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताउनुभएको छ ।

किराँत धर्मावलम्बीहरुको महान चाड उभौलीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । 

सन्देशमा प्रधनमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाती,भाषा र धर्मावलम्बीहरुको एकता गर्व गर्न लायक रहेको बताउनुभएको छ  । “नेपालीहरुले यस विविधतालाई एकताको प्रमुख सुत्रका रुपमा स्विकारेका छन् । जुन,विश्वका अरु देशका लागि पनि प्रेरणाको स्रोत हो ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ हाम्रो जातीय विविधामा द्वन्द्वको खेती गर्ने प्रयास विगतमा नभएका होइनन् तर नेपालीहरुले यस्ता तत्वहरुलाई बेलैमा पहिचान गरेर अस्विकार गरे र देशमा जाती,धार्मिक र साँस्कृतिक सद्ध्भाव कायम राखे ।”

प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न प्रयत्नशिल रहेको उल्लेख गर्नुभएको छ । अघि बढेको छ । नेपालीको यो आकांक्षालाई साकार रुप दिन सरकार प्रयत्नशिल छ । “वर्तमान सरकार समानता सहितको समृद्ध नेपाल निर्माण गर्ने पक्षमा छ । यस अभियानमा नेपालका सबै जाती,भाषा र धर्मका मानिसहरुको सक्रिय ऐक्यवद्धताको पनि आवश्यकता छ ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।