NP EN

प्रधानमन्त्री ओली र फ्रान्सका समकक्षी इडोर्ड फिलिपबीच द्विपक्षीय भेटवार्ता

पेरिस, ३१ जेठ - प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार पेरिसमा द्विपक्षीय भेटवार्ता गर्नु भएको छ । 

भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो । भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटमा दुबै नेताले नेपाल फ्रान्सबीचको ७० वर्ष लामो मित्रतापूर्ण सम्बन्धको चर्चा गर्दै यसलाई अझ बलियो बनाउनु पर्ने विषयमा जोड दिनु भएको थियो । 

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन पहल गरिदिन फ्रान्सेली समकक्षीलाई आग्रह गर्नु भएको थियो । भेटमा फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपले नेपालले संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा खेलेको भूमिको सराहना गर्नु भएको थियो ।

साथै प्रधानमन्त्री ओलीले नेपाल जलवायु परिर्वतनको असरबाट जोखिमा रहेको चर्चा गर्दै जयवायु परिवर्तनको असर कम गर्ने विषयमा फ्रान्सले खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो साथै प्रधानमन्त्री ओलीले फ्रान्सेली प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको र निम्तो स्वीकार्दै उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिनुभएको थियो । 

प्रधानमन्त्रीले आजै पेरिसमा रहेको नेशनल म्युजियम अफ एशियन आर्टको पनि भ्रमण गर्नु भएको थियो । सो संग्रहालयमा नेपालबाट हराएका दुईवटा मूर्ति रहेको र त्यसलाई संग्रहालयले प्रदर्शनीबाट हटाएर नेपाललाई फिर्ता गर्न चाहेको संग्रहालयका अधिकारीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।  उनीहरूले ती मूर्ति फिर्ता गर्न केही कानुनी समस्या भएको र सो समाधान गरी छिट्टै फिर्ता पठाउने बताएका थिए ।