NP EN

अध्यक्षद्वारा विभागहरूलाई नीतिगत सुझाव दिन निर्देशन 

११ चैत २०८०, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय विभागहरूले विधागत रूपमा आ–आफ्ना नीति तर्जुमा गरी पार्टीलाई नीतिगत सुझाव दिन निर्देशन दिनुभएको छ ।  

१६औं पञ्चबर्षीय योजना निर्माणका लागि सुझाव दिने सन्दर्भमा पार्टीका केन्द्रीय विभागहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केन्द्रीय विभागहरूले नीतिगत रूपमा दिएको सुझावले पार्टीलाई स्पष्ट गन्तव्यमा अगाडि बढ्न  सहयोग पुग्ने बताउनुभएको थियो ।


अध्यक्ष ओलीले भन्नुभयो– पार्टीलाई नीतिगत, संसदीय समितिका विषयगत र सरकारका मन्त्रालयहरूका बारेमा विभागहरूले सुझाव दिनुपर्छ । त्यसको लागि पार्टीलाई गतिशील बनाउन केन्द्रीय विभागहरूले आ–आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र जिम्मेवारी पुरा हुने छ । विभागहरूले आ–आफ्ना कामको समीक्षा गरेर कामलाई प्रभाकारी बनाउन आवश्यक छ । 
बैठकमा महासचिव शंकर पोखरेलले  विभागहरूले गरेका कामका विषयमा प्रगति प्रतिवेदन पेश गर्न सबै विभागका प्रमुखहरूलाई निर्देशन दिनु भयो । 
उपमहासचिव बिष्णु रिमालले न्यूनतम साझा कार्यक्रमको विषयमा बैठकमा अवगत गराउनुभएको भयो । बैठकमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको उपस्थिति रहेको थियो ।