पुनर्निर्माणः अझ राम्रो अझै बलियो
महामहिम राजदूतज्यूहरू,
कूटनीतिक नियोग प्रमुखहरू,
अन्तर्राष्ट्रिय संगठनहरूका प्रतिनिधिहरू,
महिला तथा सज्जनवृन्द,
नमस्ते।
यस दिवाभोज कार्यक्रममा सहभागी हुनु भएकोमा यहाँहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। नेपालको संविधानको घोषणापश्चात् नेपालमा विकसित राजनीतिक घटनाक्रम एवं भूकम्पपश्चात्को पुनर्निर्माणकार्यमा भएको प्रगतिका साथै तत्काल सुधार कार्ययोजनाबारे मेरो धारणा व्यक्त गर्न चाहन्छु।
नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको…