हामीले पाँचवटा निर्वाचन गराउनु पर्नेछ । स्थानीय निकाय वा तह, प्रादेशिक निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रियसभा निर्वाचन र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन – यसरी पाँचवटा निर्वाचनहरू गराउनु पर्छ । हामी सबैलाई थाहा छ प्रतिनिधिसभाको, अहिलेको रुपान्तरित व्यवस्थापिका संसदको समय २०७४ साल माघ ७ गते समाप्त हुन्छ । त्यसभन्दा अगाडि चुनाव भइसक्नु पर्छ वा घोषणा भइसक्नु पर्छ । त्यसबेलासम्ममा संसद उपस्थित भइसक्ने, खासगरी प्रतिनिधिसभा तयार भइसक्नु पर्ने अवस्था हुन्छ । त्यसमा पनि केही संवैधानिक, कानुनी जटिलताहरू छन् । यसकारण यी निर्वाचनहरूलाई समयमा गरिएन भने संविधान कार्यान्वयनमा गम्भीर वाधा पुग्छ । र, कार्यान्वयन अगाडि बढ्न सक्दैन ।
Sidha Kura PM Sanga - सिधा कुरा प्रधानमन्त्री संग, (Ep. 10)
Published on Jun 25, 2016
All the videos on this channel has copyright by Nepal Television.
Approved by Mr. Rabi Lamichhane
सिधा कुरा: सबैभन्दा पहिला, संसद अवरुद्ध हुन सुरु भइसकेको छ, कसरी सुचारु गर्नु हुन्छ ?
प्रम: अवरुद्ध गर्नु पर्ने कारण छैन । संसद जस्तो जनताको प्रतिनिधित्वको गरिमामय संस्था जसले देशका सबै क्षेत्रहरूलाई जनताको प्रतिनिधि संस्थाको रूपमा नेतृत्व गर्नु पर्दछ, त्यसले कानुनहरू निर्माण गर्नु पर्छ, त्यसले नीति, कार्यक्रम, बजेट जस्ता कुराहरूलाई समय अगाडि बढाउनु पर्छ, त्यसले अन्य नीतिगत प्रश्नहरूमा काम गर्नु पर्छ र हामी संक्रमणकालीन अवस्थामा छौँ, त्यस्तो अवस्थामा स–साना कुरामा संसद बन्द गर्नु, बैठक बन्द गर्नु र कुराकानी गरेर हुने कुरामा कुरै नगरेर संसद बन्द गर्न पुग्नु र आफ्ना जायज कुरा हुन् कि होइनन्, माग हुन् कि होइनन् भन्ने कुरा भन्दा पनि, एउटा यसरी हामी गर्न चाहन्छौँ, यो चाहिँ हामीले गरयौँ भन्ने खालको, देखाउने खालका सोचले गरिने कामहरू अलिकति उपयुक्त हुँदैनन् । त्यसकारण बन्द गर्नु पर्ने कारण नै छैन । अहिलेको सरकार सबै औचित्यपूर्ण कुराहरू सुन्न, छलफल गर्न र तिनको समाधान गर्न तयार छँदैछ । अब यस्तो अवस्थामा बन्द किन गर्नु परयो ? त्यो पनि संसद जस्तो संस्था जहाँ जनप्रतिनिधिहरू छलफल गर्न, छलफलबाट निष्कार्ष निकाल्न जम्मा हुन्छन् । जनताले ठूलो आशा, भरोसा र विश्वासका साथ हेरेको संस्था हो, हेर्छ र तदनुसार त्यसले काम गर्नु पर्छ । यसमा म विश्वस्त छु कि अलिकति असन्तुष्टी जस्तो प्रश्न प्रकट भएको भए पनि यो अनवरत यसरी जाँदैन ।
सिधा कुरा: प्रधानमन्त्रीज्यू, संसदको काम कार्वाही उसै पनि सुस्त, नयाँ संविधान कार्यान्वयनका लागि १२५ वटा त हामीले कानुन निर्माण गर्नु पर्नेछ, निरन्तरको यो अवरोध, तपाईँको कार्यतालिका अनुसार काम हुन सक्ला त ?
प्रम: हुन सक्छ । हामीले पाँचवटा निर्वाचन गराउनु पर्नेछ । स्थानीय निकाय वा तह, प्रादेशिक निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रियसभा निर्वाचन र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन – यसरी पाँचवटा निर्वाचनहरू गराउनु पर्छ । हामी सबैलाई थाहा छ प्रतिनिधिसभाको, अहिलेको रुपान्तरित व्यवस्थापिका संसदको समय २०७४ साल माघ ७ गते समाप्त हुन्छ । त्यसभन्दा अगाडि चुनाव भइसक्नु पर्छ वा घोषणा भइसक्नु पर्छ । त्यसबेलासम्ममा संसद उपस्थित भइसक्ने, खासगरी प्रतिनिधिसभा तयार भइसक्नु पर्ने अवस्था हुन्छ । त्यसमा पनि केही संवैधानिक, कानुनी जटिलताहरू छन् । यसकारण यी निर्वाचनहरूलाई समयमा गरिएन भने संविधान कार्यान्वयनमा गम्भीर वाधा पुग्छ । र, कार्यान्वयन अगाडि बढ्न सक्दैन ।
सिधा कुरा: जसरी कामहरू सुस्त भइरहेको छ, यी व्यवधानहरूका वावजूद पनि सकिन्छ कि सकिँदैन भन्ने प्रश्न हो मेरो ?
प्रम: गर्नुपर्छ र मलाई लाग्छ यो व्यवधान सँधै हुँदैन । एकपटक अलिकति प्रतिक्रिया देखाउनु बेग्लै कुरा हो । त्यस्तो कुरामा संसद चल्न नदिने र जे छ त्यही हुनु पर्छ भन्ने खालका कुरा उचित पनि हुँदैन, त्यसलाई औचित्यपूर्ण ढङ्गले समाधानमा पुग्नु पर्छ ।
सिधा कुरा: अब म अघिल्ला कार्यक्रमहरूमा प्रधानमन्त्रीज्यूले प्रतिवद्धता व्यक्त गर्नु भएका, म हेर्नेछु, म बुझ्ने छु भनेर स्पष्ट पार्नु भएका विषयहरूमा फटाफट जान चाहन्छु र म तिनको जवाफ पनि सकेसम्म छिटो चाहन्छु । सबैभन्दा पहिला प्रधानमन्त्रीज्यूले शिलान्यास गर्नु भएको सर्वे तामाङको घर के भयो ?
प्रम: वहाँलाई अरूलाई जस्तै घर निर्माणको काम प्रारम्भ गर्नका निम्ति सरकारसँग सम्झौताको कानुनी प्रबन्ध जुन छ त्यो भइसकेको छ, सुरु गर्नका निम्ति पहिलो किस्ताको रकम वहाँलाई उपलब्ध भइसकेको छ र त्यसपछि काम अगाडि बढ्नेछ, नत्र सुरु नगरिकन दोस्रो किस्ता प्राप्त हुँदैन । अरुलाई जस्तै वहाँले पनि सबै प्रक्रिया पूरा गर्नु पर्छ । वहाँको एउटा प्रतिनिधि घर मात्रै हो, जसमा सुरुवात गरियो ।
सिधा कुरा: त्यसैगरी कार्यक्रममा फ्रि भिसा, फ्रि टिकेटको बारेमा धेरैभन्दा धेरै लाखौँ लाख युवाहरू विदेशमा बसेका छन् अथवा गइरहेका छन्, तिनको जिज्ञासा थियो, त्यसका बारेमा बुझेर खबर गर्ने प्रधानमन्त्रीज्यूले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो, फ्रि भिसा, फ्रि टिकट जुन लागू भएको छैन ?
प्रम: यस सम्बन्धमा, यसबीचमा यहाँलाई थाहा छ, केही नयाँ विकासक्रमहरू पनि देखा परेका छन् । अफगानिस्तानको जुन आतङ्कपूर्ण मानवताविरोधी आतङ्ककारी हमला भयो र त्यसबाट १३ जना नेपालीको ज्यान गयो । त्यसपछि चारवटा देशलाई, अफगानिस्तान, इराक, लिबिया जस्ता चारवटा देशलाई, त्यहाँ जान नै अब स्वीकृति नदिने भनेर हामीले गर्नु परयो । किनभने नेपालीहरूको जीउधनको सुरक्षा, धनको भन्दा पनि ज्यानको कुरा छ, ज्यानको सुरक्षा सिरिया, लिबिया, इराक र अफगानिस्तन, यी चारवटा देशमा जान हामीले रोक्नु पर्ने देख्यौँ । सबै देशमा फ्रि भिसा र फ्रि टिकट छैन । सातवटा देशमा कमसे कम होला, अरु कतिवटा देशमा त्यो छैन । जस्तो श्रमका लागि मान्छे जान सक्छ, फ्रि भिसा फ्रि टिकट छैन भने त्यसको अलिकति बेग्लै व्यवस्था हुन्छ कि, यी कुराहरूको सम्बन्धमा अध्ययन भइराखेको छ । तर सातवटा देशका सम्बन्धमा फहिलेदेखि नै भइरहेको छ, त्यसमा व्यवसायीहरूसँग पनि छलफल भइरहेका छन् । फ्रि भिसा फ्रि टिकट जहाँ उपलब्ध छन् ती देशहरूमा लागू भएकै छ । त्यससम्बन्धमा सर्भिस चार्जको रूपमा कति लिने भन्ने कुरा, कम भयो हामी म्यानेज गर्न सक्दैनौँ भन्ने खालको व्यवसायीहरूको कुरा छ, त्यसमा श्रम मन्त्रालयलाई मैले भनेको छु कि तपाईँहरूले यथोचित ढङ्गले अविलम्ब निर्णयमा पुग्नुस् र अरू देशहरू जहाँ, कोरिया भयो, इजरायल भयो, फ्रि भिसा फ्रि टिकट सायद नहोला, त्यस्तोमा छैन भने, नभएका देशहरू पनि हुन्छ जहाँ कामका लागि मान्छे जान पनि सक्छ, तर त्यस्तो अवस्थामा पनि हामीले के कस्तो प्रबन्ध गर्छौँ जस्ता कुरा र अरू देशहरूका सम्बन्धमा पनि हाम्रा सुरक्षाका प्रश्नहरू र अधिकारका प्रश्नहरू कसरी व्यवस्थित गर्छौँ भन्ने कुरालाई हामीले ध्यान दिएका छौँ ।
सिधा कुरा: यसै कार्यक्रममा एउटा पत्र थियो, जसलाई प्रधानमन्त्रीज्यूले आफैले लिनु भएको थियो कार्यक्रमको समाप्ती पछि, गंगा खड्का विष्टज्यू जसका श्रीमान प्रहरीमा हुनुहुन्थ्यो, वहाँ बेपत्ता अथवा कुनै अवस्था खुल्न नसकेको अवस्थामा हुनुहुन्थ्यो, वहाँको पेन्सन प्राप्त हुन सकेन, बाँच्ने आधार भएन भनेर आउनु भएको थियो, त्यसका बारेमा बुझ्ने जानकारी प्रधानमन्त्रीज्यूले गराउनु भएको थियो । वहाँको केसमा के भएको छ ?
प्रम: त्यसमा मैले तदारुकताका साथ बुझेँ । वहाँ काठमाडौँबाटै बेपत्ता हुनु भएको रहेछ वहाँले भनेकै मितिमा । जब पत्ता लागेको छैन, यकीन भएको छैन भने, भन्न त मिलेन तर केही कुराहरूले वहाँ जीवित नभएको हो कि भन्ने एउटा परिस्थिति देखाएको छ । तर कानुनले वहाँले पाउने जुन सुविधा सहुलियत हो त्यो आवश्यक समय नबितिकन नपाउने खालको अवस्था रहेछ । त्यसकारण मैले जुन ठाउँमा उनको श्रीमानले काम गर्ने अवस्था थियो त्यहाँ छोरालाई पढाउने र वहाँलाई रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा कुरा अगाडि बढाएको छु । मलाई विश्वास छ, त्यो छिट्टै हुन्छ । सबैले यससम्बन्धी के कसरी अगाडि बढेका छौँ भन्ने कुरा थाहा पाउनु हुन्छ । त्यसपछि मैले वहाँलाई बोलाएर पनि भेटेँ र मैले वहाँको कुरा पनि केही सुनेँ । यससम्बन्धमा कार्वाहीलाई अगाडि बढाइएको छ ।
सिधा कुरा: यसभन्दा अघिल्लो हप्ता आकस्मिक भिजिटका लागि, छड्के जाँचका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीज्यू पुग्नुभएको थियो र विभिन्न निर्देशनहरू भएको थियो । त्यो निर्देशनपछिको स्थिति के भएको छ ? त्यसको ताजा जानकारी के प्राप्त भएको छ ?
प्रम: यस सम्बन्धमा केही भई पनि रहेको छ । अगाडि बढेको पनि छ । त्यसमा सुधार पनि आएको छ । यस सम्बन्धमा मन्त्रीजीलाई मिलाएर, अझ हामी टेलिफोनबाटै कुराकानी गर्न सक्छौँ ।
सिधा कुरा: म मन्त्रीज्यूलाई सम्पर्क गर्न हाम्रा साथीहरूलाई अनुरोध गर्न चाहन्छु । नागरिक तथा उड्डयन मन्त्रीज्यूलाई सम्पर्क गर्न अनुरोध गर्न चाहन्छु म । फोन सम्पर्क हुँदै गर्दा अर्को प्रश्न राख्न चाहन्छु । यसै गरी प्रधानमन्त्रीज्यूलाई जयन्तीकुमारी राजवंशीले सुत्केरी हुँदा पनि रगत नपाएको भन्ने विषयमा बुझ्न चाहन्छु, त्यसबारेको जानकारी के भएको छ ?
प्रम: रगत नपाएको होइन, वहाँले अस्पतालमा उचित व्यवहार नपाएको, वहाँले भर्ना नपाएको, रगतको विषय बनाएर भर्ना नगरिएको भन्ने कुरा थियो । ततसम्बन्धमा मैले बुझेँ । त्यसमा केही पहिले गलत निर्णयहरू भएका रहेछन् । पहिले रगत भएपछि मात्रै उपचार थाल्ने खालको जो बिलकुलै अमानवीय, गर्नै नहुने कुरा थियो । त्यसलाई तत्कालै मैले जिज्ञासा राख्नेबित्तिकै नै अस्पतालले त्यसलाई सच्याएको छ । त्यो नीति नै सच्चिएको छ र त्यो व्यवहार पनि सच्चिएको छ ।
सिधा कुरा: यसैबीच अहिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यू टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, मन्त्रीज्यू नमस्कार म यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु । मन्त्रीज्यू भर्खरै सम्माननीय प्रधानमन्त्रीज्यूले जिज्ञासा राख्नु भएको छ, प्रधानमन्त्रीज्यू यहाँसँग कुराकानी गर्न चाहनु हुन्छ ।
मन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न – मन्त्रीज्यू, म एयरपोर्टको निरिक्षणमा गएको थिएँ र त्यतिबेला हामीले केही कुरा अगाडि बढाउने सम्बन्धमा मैले निर्देश गरेको थिएँ, त्यस सम्बन्धमा प्रगति विवरण कस्तो छ ?
मन्त्रीको जवाफ – सर्वप्रथम प्रधानमन्त्रीज्यूलाई जेठ ३० गते अपरान्ह करिब २ बजे एयरपोर्ट भ्रमण गरेर मन्त्रालयको मनोबल बढाउने र काम गर्ने हौसला प्रदान गर्नु भएको छ त्यसप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु । सम्माननीय प्रधानमन्त्रीको निर्देशनअनुसार त्यसको भोलिपल्टै असार १ गते बैठक बस्यौँ र सम्माननीय प्रधानमन्त्रीले दिएको निर्देशनअनुसार विभिन्न आठवटा निर्णय गरेका थियौँ । त्यो निर्णयको आधारमा म आज पुनः फेरि एकपटक अतर्राष्ट्रिय विमानस्थल र घरेलु विमानस्थल दुवै ठाउँमा पुगेर सम्पूर्ण रूपमा निरिक्षण गरेको छु । म सविस्तार टेलिभिजनमार्फत दर्शक एवं स्रोतालाई राख्न चाहन्छु । सर्वप्रथम त विमानस्थलको सरसफाइको विषयमा अत्यन्त ठूलो गुनासो रहेको थियो । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा २८ वटा शौचालय छन् र त्यसैगरी डोमेस्टिकमा पनि ८ वटा शौचालय छन् । करिब तीनवटा शौचालय अन्तर्राष्ट्रिय मापदण्डअनुसार रिनोभेसनको काम सम्पन्न भइसकेको छ । त्यसैगरी आठवटा शौचालय अबको दुई महिनाभित्र कम्प्लिट हुन्छ । आगामी पाँच महिनाभित्रमा बाँकी शौचालय आधुनिक बनाउने छौँ । प्रत्येक शौचालयमा एकजना मान्छे राखेका छौँ र सुपरभाइजको पनि व्यवस्था गरेका छौँ । प्रधानमन्त्रीज्यूले शौचालय अत्यन्त सफा हुनुपर्छ भनेर जुन निर्देशन गर्नु भएको थियो, त्यसलाई अक्षरस पालन गरेर कामलाई अगाडि बढाएको कुरा म निवेदन गर्न चाहन्छु । त्यस्तै दोस्रो निर्देशन, अनावश्यक विज्ञापनका बोर्डहरूलाई हटाउने निर्देशन थियो । त्यस निर्देशनलाई कार्यान्वयन गरिएको छ ।
.......