आदरणीय दर्शकहरू कार्यक्रम आउट लुक विषेशमा स्वागत छ !
यति बेला हामी देशमा स्थायी र स्थिर सरकार निर्माण भएको एक बर्ष पुरा भएको उपलक्ष्यमा कुराकानी गर्दैछौ । यही अवसरमा गत बर्षको फागुन ३ गते प्रधानमन्त्रीको रुपमा के.पी. शर्मा ओलीले दोश्रो पटक स्थिर र स्थायी सरकारको र सँगसँगै झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारको नेतृत्व गरेको एक बर्ष पुरा भएको छ । र, यस बीचमा राजनीतिक रुपमा धेरै खालका उतार–चढाव सँगसँगै मष्कअयगचकभक हरू काफीमात्रमा चलेका छन् । तर, हाम्रो आशा अनुसार अझ त्यति धेरै चर्चा भएनकि भन्ने जस्तो खालको पनि लाग्ने गरेको परिस्थिति पनि देखिएको छ । र सँगसँगै एउटा सामान्य परिवारको तेह्रथुमको एउटा गाउँमा जन्मेको सामान्य शिशु, त्यहाँबाट अनेक कारणले विस्थापनमा परेर अर्काे झापा आइ पुगेको, झापाबाट एउटा युवामय रोमाञ्चक जीवन व्यतित गर्ने बेलातिर प्रहरीको क्र्यापच्यापमा परेको र त्यस पछि लाउलाउ र खाउखाउ भन्ने लाईफ सिङ्गो जेलमा बिताएको र १४ बर्ष भन्दा बढी जेलमा बिताएको । त्यसपछि पनि त्यही जेल जीवनका कारणले सधै भर रुग्ण शरीर बिरामी मानिस भनिएको मानिसले नेपालमा सायदै र संसारमा सायदै धेरैले कल्पना नगरेको र फरक फरब दुई ओटा धारमा हिडेका दुई कम्यूनिष्ट पार्टीहरूलाई एकीकरण गर्नु सँगै १९५० देखि आज २०१८ सम्म आइपुग्दासम्मको इतिहासलाई अर्काे दिशामा मोड्न सफल भएको व्यक्तित्व, प्रधानमन्त्रीको कुर्चीमा आशिन हुनुहुन्छ । र, हामीले यसै सन्दर्भमासबैभन्दा पहिला त्यो तेह्रथुमदेखि बालुवाटारसम्म, बालुवाटारदेखि बालकोटसम्म आइपुग्दा बालकोटबाट फर्केर फेरि बालुवाटारसम्म आइपुग्दा खेरि के भयो होला भन्ने कुरा धेरैको मनमा छ, छैन थाहा छैन । तर, नेपाली जनतालाई पक्कै पनि थाहा छ कि जिज्ञासा छ होलाकी, यो मान्छेले कस्तो सोच्दो हो ? अभिमान प्रर्दशन गर्दाे हो कि ? म भन्दा ठूलो मान्छे कोही छैन भन्दो हो कि ? म भन्दा जान्ने मान्छे कोही छैन भन्ने ठान्दो हो कि ? वा नेपाली सरदर नागरिकको जीवन, जसलाई सरकारको मुख्य नारा समेत पनि बनाइएको छ । त्यसै सँगसँगै हिडाउन प्रयत्न गरेको होला भन्ने विषयमा हामीले पहिलो चरणमा कुराकानी गर्दैछौँ । त्यसका लागि प्रधानमन्त्री ज्यूसँग छौ ।
प्रधानमन्त्रीज्यू कार्यक्रममा यहाँलाई स्वागत छ !
धन्यवाद !
मैले भूमिकामा अलि लामो भने ।
ठिक छ ।
यहाँलाई आफ्नो यति लामो दिनचर्या र यति चापचापका बीचमा पनि सम्झनको लागि सजिलो होला भन्नको लागि पनि हौ । तेह्रथुममा यहाँको जन्म र त्यहाँको सामान्य पढाई लेखाइ र एउटा सुपठित परिवारको र साँच्चिकै भन्यो भने अझ त्यति बेलाको सन्दर्भमा र अहिले पनि एकदमै हट्टा–कट्टारुपमा देखिने यहाँको पिताजी, ज्योतिषका रुपमा पनि चिनिएका छोरा । तेह्रथुमबाट कसरी झापा सर्नु भयो ? के सन्झना छ ?
पहिलो कुरा त, म तेह्रथुमको एउटा सामान्य परिवारमा खान लगाउन नपुग्ने गरी पनि हैन र फालाफाल हुने र अरुलाई शोषण गर्न सक्ने तहको शोषणकारी पनि होइन । आफै श्रम गरेर, आफ्नो जीविका चलाउने । त्यो सामान्य परिवारमा जन्मिए । म ३ बर्षको पूरा भएर २–३ महिनाको मात्रै थिए, आमाको निधन भयो । र, मलाई परेको एउटा ठूलो मानसिक झट्का, धक्का त्यो थियो । त्यो पीडा, त्यो वेदना चाहिँ मैले सहन धेरै गाह्रो भयो ।
त्यो म सम्झन्छु अझै पनि कति गाह्रो भएको थियो भन्ने । त्यसपछि स्वभाविक रुपमा म सम्झदै पनि, बिर्सदै पनि, सम्झीरहेर मात्रपनि त जिन्दगी चलेन । तर मैले त्यो घटना कहिले पनि बिर्सन सकिन । र म बढ्दै हुर्किदै गए, स्कुल भर्ना भएँ, नजिकै नै छ भन्नुपर्छ स्कुल । म ४ बर्षको हुँदा नै स्कुल जाने गरे । त्यस बेलादेखि नै स्कुल जान थाले । म एक्लै जाँदैनथेँ । या त घरका मान्छेले या त म भन्दा अलिकति ठूला जेष्ठता भएका सँगैसँगै साथीहरूले पुर्याइ दिन्थे । त्यसबेला देखि म पढ्न थाले र सँगसँगै मैले स–साना घरका मसिना कामहरू पनि गर्न थाले । हाम्रो परिवारमा त्यसबेला छोरीहरू थिएनन् कोही पनि । म मात्रै थिएँ । हजुर आमा मात्र रहनु भयो । त्यस्तो अवस्थामा हजुर आमाले बढारेको देखेपछि मलाई पनि बढार्नु पर्छ भन्ने लाग्यो । मैले त्यही सिकेँ । उहाँले घर पोतेको देखेपछि घर पोत्नु पर्छ हुन्छ भन्नी लाग्यो अनि पोत्ने काम सिकेँ, घर लिपे । भाडा माझेको देखेपछि भाडा माझ्न हुन्छ भन्नी भयो । गर्दै गर्दै मैले हजुरआमाले गर्ने घरायसी कामहरू सबै जसो सिके । ८ बर्ष को उमेरमा ब्रतबन्ध भयो । किनभने चुलो छुन नहुने हाम्रो त्यसबेला, ब्रतबन्ध नगरेकोले । त्यसकारण ब्रतबन्ध भएपछि आगो कम भयो भने, आगो बढी भयो भन छुन् भयो । त्यसकारण ब्रतन्ध भयो र मैले खाना पकाउन पनि सिके । खाना पकाउने भाडा माझ्नेदेखी लिएर, तरकारी काट्ने, मसला पिन्नेदेखी लिएर, धागो काट्नेदेखी लिएर अरु कामहरू पनि मैले सिके । मलाई घरका कामहरू गर्न आनन्द आयो । एकदम आनन्द लाग्थ्यो र पढ्न पनि आनन्द लाग्थ्यो ।
म जुनसुकै काम पनि आनन्दले गर्थेँ । र, श्रम गर्नु नराम्रो हो भन्नु र श्रमलाई घृणा गर्ने बानी मेरो कहिले पनि भएन । र अर्को कुरा मैले नसक्ने गरि र सायद अति थकित हुने गरि, कामको बोझ बढी पर्ने गरि, त्यसरी काम गरेको भए सायद कामप्रति घृणा हुन्थ्यो होला । मलाई त्यस्तो बोझ पर्ने गरि पनि कामगर्नु परेन । आनन्द कै सीमासम्म मैले काम गरेँ । मलाई हल्का थकाइ लाग्नेसम्म आनन्द आउँछ, र मलाई हल्का थकाइ लाग्नेसम्मकै कामहरू गर्थेँ म । र, खुसी साथ नै घरायसी कामहरू सिक्दै, त्यसो गर्दा गर्दै मेरो बुवा म जन्मेको घरमा हुनुहुन्नथ्यो र त्यहाँ सात सालसम्म त स्कुलहरू थिएनन् । त्यसबेलातिर उहाँहरूले हिउँदे स्कुल भनेर आवधिक स्कुलहरू चलाउनु हुन्थ्यो । एक ठाउमा स्कुलहरू चलाउने र विद्यार्थीहरू जम्मा हुने र त्यहाँ गणित, ज्योतिष र रुद्री, चन्डी, संस्कृतका जे चिजहरू हुन्थ्यो, त्यो नै पढ्ने गरिन्थ्यो । त्यो खालको कुरा हुन्थ्यो । साक्षर बन्ने देखि लिएर साक्षर पढ्नेहरू र गणित, ज्योतिष पढ्ने एक बर्ष को कोर्समा ४ महिना हिउँदमा सकिएन भने अर्को बर्ष ४ महिना फेरि थप पढाई गर्ने । त्यो खालको हुन्थ्यो र मेरो बुवाले नजिकै त्यही स्कुल खोलेर संचालन गर्नु भएको थियो । त्यसकारण मेरो जन्मको बेला मेरो बुवा स्कुलमा हुनुहुन्थ्यो । घरमा हुनुहुन्नथ्यो ।
त्यसैले मेरो बुवाले घरको कामचाही अलि कम गर्नु हुन्थ्यो । पछी स्कुल छोडनु भयो । आधुनिक स्कुल स्थापना भयो २००८ सालबाट । २००८ सालमा आधुनिक स्कुल स्थापन भएपछि नौ सालदेखी उहाँले हिउदे स्कुलको काम गर्नु परेन । त्यसपछि बल्ल घरका कामहरू गर्नु हुन्थ्यो ।
म जान्ने हुदा, थाहा पाउने हुदासम्ममा घरका काम खेतिपाती आदि गर्ने हुनुहुन्थ्यो उहाँ । कहिले उहाँले व्यापार गर्ने पसल, एकजना हाम्रा नाता पर्ने अलिकति परको उहाँहरू सगै साँझा दुई भाइ मिलेर, उहाँहरूको उमेर पनि मिल्ने, मन पनि मिल्ने । त्यस्तो खालको भएको हुनाले दुई जनाले एउटा कपडा पसल चलाउनु भएको थियो । मैले थाहा पाएको बेला कपडा पसलहरू चलाई रहनु भएको थियो । त्यस पछि पनि कपडा पसल पनि चलाउन छोडनु भयो र खेतिमै उहाँ बढी केन्द्रीत हुनुभयो । अनि मैले खेतिका कामहरू पनि बढी सिके । त्यहाँदेखि पछि पनि मैले खेतिको काम सिके ।
तेह्रथुमदेखि झापा सर्दाको सम्झाना ?
तेह्रथुममा मैले झापा सर्ने भरेर एक वर्ष स्कुल त्यहाँ छोडिदिए । अब झापा सर्ने भनेर । झापा सर्न मिलेन फेरि । चाँजोपाचो नमिले पछि फेरि अर्को साल त्यही पढे । फेरि अर्को पटक झापा जाने भनेर स्कुल छोडे, तर झापा जान ढिलो भयो । यताको स्कुल पनि छोडे उताको पनि ढिलो भयो । त्यहाँ पनि छुट्यो । यसरी समय समयमा, वर्ष वर्षमा छुट्ने पनि भयो र पछि हाम्रो आर्थिक अवस्था त्यति राम्रो भएन ।
झापा आएपछि ?
हैन्, तेह्रथुममै । अलि बुवाहरूले सोच्नुभयो पहाडमा जीवन अलि कष्टकर भयो । तराई झरेमा ठिक होला । त्यसरी तराई बसाई सर्ने काम भयो । तर तराई झरेपछि पनि त्यस्तो सोचेजस्तो सजिलो भएन । त्यसका पछाडि थुप्रै कारणहरू छन् । हामीहरूले जमीन बेच्यौ तर पैसा दिनेले समयमा दिएन आदि इत्यादी कुराहरूले । त्यस्ता जटिलताहरू थपिए । जेहोस् तराईमा गएर म फेरि ...
झापा आउदा त्यहाँ जग्गा किनेर बस्नु भयो कि ? सार्वजनिक जग्गा फडानी गरेर ?
फडानी गरेर बस्ने खालको हाम्रो, मेरो बुवाको नीतिभित्र परेन । किनेर मात्र प्रयोग गर्नुपर्छ । सार्वजनिक, सरकारीमा होइन् । त्यतिबेला जमीन मालपोत तिरेर पनि पाइन्थ्यो । अथवा एकदमै सस्तोमा पनि पाइन्थ्यो । तीनसय, चारसय रुपैया वीगा जमिनको थियो । हामी तराई झरेका बेला बिर्तामोडको जमिनको भाउ तीनसय रुपैया वीगा थियो त्यसबेला । तर, हामीले त्यतापट्टी ध्यान दिएनौ । पछि आएर हाम्रो आफ्नै स्कुलको जमिन धेरै उर्भर जमीन थियो । त्यस जमिनमा हामी गएर बस्यौ र जसमा १० मन ठेक्का दिएमा पुग्ने अनि दश वीगा जत्ती जमिन लियो भने १२ सय मन जति धान हुने । त्यो भएर जग्गा किनी रहनु आवश्यक भएन । किन्नु भन्दा नकिन्नु फाइदा भयो । त्यसैमा लगानी बढाउदै गइयो । त्यही कामलाई बढाउदै गइयो ।
तर तपाईको स्कुल त चालु थियो ?
स्कुल चालु थियो । म पढि पनि राखेको थिए । काम पनि गरिरहेको थिए । नसक्ने भनेको भारी बोक्नु हो । भारी बोक्नु मलाई कहिल्यै इन्टे«स्ट भएन, बोक्न सकिन । पछि खोलाले जमिन लिएपछि हामीले अलिअलि किन्न सुरु गर्यौं । नत्र पहिल्यै नकिन्नु नाफा थिया,े लाभ थियो । जमीन नकिन्दा र स्कुलको जमीन ठेक्कामा कमाउदा हाम्रो आर्थिक अवस्था धेरै सुदृढ थियो । त्यसबेला हामी धनी किसानको स्थितिमा थियौ । पछि त्यसबाट गरिब किसानको स्थितिमा र एकपटक हामी सुकुम्बासीको स्थितिमा झर्नुपर्यो । त्यस स्थितिलाई समाल्न, मैले समाल्नु पर्ने म राजनीतितिर लागिसके । मैले त्यता हेरिन । बुवालाई अलिकति असहज, अप्ठेरो भयो ।
ठ्याक्कै त्यसैमा भन्दाखेरी त्यस्तो परिवारमा पछि त बहिनीहरू पनि जन्मिनु भयो । परिवार पनि अलि ठुलो भयो । परिवारको जिम्मा लिनुपर्ने भयो । आमा नहुनु भएको अवस्था, हजुर आमाको पनि बृद्धा अवस्था हुदै गएको । बुवा समाजसेवी भएको । अनि त्यस्तो बेलामा घरवार छोडेर त्यो राजनीतिको नशा भन्छ नि लफडा भन्छ नि त्यो बेला भन्ने हो भने त । पंचायतको जगजगी चलेको बेला । डेमोके्रसी समाप्त भएको बेला । यो के हो के भनेको जस्तो बेला । समाप्त पारिएको बेला । त्यस्तो बेलामा तपाईलाई त्यो घरको कसैप्रति आशक्ति आएन ? कि म राजनीतिमा लाग्छु भन्ने कसरी त्यो ...
मलाई, म परिवारका सदस्यहरूलाई सबैलाई आदर गर्नुपर्नेलाई अत्यन्त्रै आदर गर्छु, सम्मान गर्छु, माया गर्नु पर्नेहरूलाई माया गर्छु । मेरो परिवारको सदस्य कसैले मेरो सम्वन्धमा कुनै नकारात्मक टिप्पणी गर्छ भन्ने म विश्वास गर्दिन । मेरा नातागोताहरूका कसैले मेरो सम्वन्धमा नकारात्मक टिप्पणी गर्छन भन्ने म विश्वास गर्दिन । मलाई चिने जानेका मेरा साथीभाइहरू मैले ६७ वर्ष उम्मेर पार गरे । यस बेलासम्म मेरो निकट भएका कोही साथीले मेरो विरोध गर्छन भन्ने म ठान्दिन । कोही आप्mना सङक्रिण राजनीति स्वार्थ प्रेरित भएर विरोध गर्छन भने बेग्लै कुरा हो ।
हैन, अहिले त तपाईको सबैभन्दा बढी विरोध गरिनु नै पर्छ । त्यो कुरा छुट्टै भयो । परिवारको त्यस्तो अवस्थामा राजनीतिमा ड्रयाक हुनु । त्यसले कति ठुलो जोखिम पनि उठाउनु पर्छ भन्ने कुरा दिमागमा थियो वा थिएन ?
म अलि अगाडिदेखि राजनीतिमा लागि सकेको थिए । २०२५ सालमा म पूर्णकालिन कार्यकर्ता भएको थिए सुरुमै । मेरो उमेर १७ वर्ष थियो । मैले एसएलसी पास गरेको थिएन् । त्यसबेला नै म पुर्णकालिन कार्यकर्ताको रुपमा तोकिएर र राजनीतिक काममा लागे । त्यसपछि मैले जे गर्छु म तुफानी ढंगले गर्छु । वैयत्तिक कामकारवाही ढिलो गर्छु । खाना खादा ढिलो खान्छु, त्यो बेग्लै कुरा हो । तर जिम्मेवारीको प्रश्नमा र कामको प्रश्नमा भन्नुपर्दा मैले तुफानी ढंगले काम गर्छु ।
तपाई त्यसरी राजनीतिमा लागेको बुवालाई, परिवारका अरु सदस्यलाई थाहा थियो ?
एकदमै राम्ररी थाहा थियो ।
अनि यस्तोमा लाग्नु हुन्न बावु भनेर बुबाले केही भन्नु भयो ?
शंका व्यक्त गर्नुभयो । सफल हुन सकौला र भन्ने । नलाग्नु भन्नु भएन । मेरो हजुर आमाले अलि धार्मिक प्रवृतिको भएको हुनाले मैले राज विरोधी भन्दा अरु कुरामा उहाँलाई चित्त बुझ्यो । राजा विरोधी भन्दा राजा विरोधी हुनहुन्छ र भन्ने उहाँको एउटा प्रश्न थियो । मैले धर्म, राजा आदिका बारेमा जे थाहा पाए मेरो र मेरो हजुर आमाको धार्मिक छलफल, बहस रामै्र र लामै चल्थ्यो । किनभने हाम्रो घरमा धर्ममा सम्वन्धमा, धर्मशास्त्रको सम्वन्धमा, शास्त्रका प्रसँगको सन्र्दभमा परिवारका बालवालिका बाहेक अरु सदस्यहरू जानकार थिए । त्यस कारण महाभारतका पात्रहरूसँग मेरो परिचय थियो । त्यतिबेलै परिचय थियो । मेरो हजुर आमाको परिचय पनि महाभारतका पात्रहरू अथवा देवी भागवदका पात्रहरू अथवा रामायणका पात्रहरू होउन् । त्यो मात्र होइन भानुभक्त रामायणका कथ्यहरू त्यो कण्ठै आउथ्यो । र, अरु थुप्रै कुराहरू पनि उहाँहरूलाई कण्ठै त आउथ्यो तर पछि उमेरको कारणले उहाले औषधि गर्न नमान्ने र उहाँले आँखा चाहि कमजोर भए उहाँका । नदेख्ने होईन कमजोर भए पढ्नका लागि पढ्न कमजोर भएपछि...
हजुरआमा पढ्न पनि सक्नु हुन्थ्यो ?
सक्नु हुन्थ्यो । तर मेरो हजुर बुवा त राम्रै जजमानी नगर्ने चलन छैन जजमनी गर्ने । उहाँ राम्रै पुरानो शास्त्रको विद्धवानै हो । कहलिएकै मान्छे हो र मेरो हजुर आमालाई पनि शास्त्र बारे उहाँले आफैले अध्ययन गर्नुभएको र धेरै राम्रो जानकारी थियो । तर मेरो डियुटी एउटा सुत्नु भन्दा अगाडि केही समय कुनै एउटा ग्रन्थ पढ्नै पर्दथ्यो । स्वस्थानी व्रत कथा चलेको बेला नियमित नै भयो । अहिले पनि त्यो स्वस्थानी व्रतकथा सुरु गर्दा खेरिको याद छ । त्यो मन्त्रदेखि र कथाका प्रसँगहरू पनि थाद छ । त्यो मैले पढेर सुनाउनु पर्दथ्यो । त्यस प्रकारको परिवार जहाँ शास्त्रार्थ आदिका बारेमा चर्चा हुन्थ्यो । त्यस कारण मैले राजा, राजतन्त्र, आजको राजतन्त्र, उहिले राजतन्त्रको राजा कसरी चुनिन्थे, राजको उदय कसरी भयो, र त्यो कसरी बढदै गयो आदि राजतन्त्रको बारेमा बताएपछि हजुर आमा पनि सहमत हुनुभयो । मैले शास्त्रका थुप्रै राजाहरू नाशिन्छन । कस्ता राजाहरू नाश भए ? कस्ता राजाहरू नाश भए ? कसरी राजतन्त्र नाशिदै गएको छ र नाश हुन्छ । आजको दुनियाँमा, आजको मानवीय दुनियाँले के भन्छ । आदि कुराहरू बताएपछि त्यसमा सहमत हुनु भयो । मेरो परिवारमा राजनीतिक रुपमा असहमति कसैको रहेन् ।
तपाई २०३० सालमा कतिबेला पर्किनु भयो र १४ वर्ष जेल बस्नु भयो । त्यो भन्दा पहिला नै झण्डै आधा दर्जन पटक विधार्थी आन्दोलनका सन्र्दभमा र पटक पटक गिरप्तार हुनुभयो । त्यसरी पटक पटक गिरप्तार हुने छुटने गर्दा दिमागमा थियो, कि मेरो लाइफ यति लामो समय काराबास पनि पर्ला भन्ने तपाईंको अनुमान थियो त्यतिबेला ?
२०२५ साल भन्दा पछि मैले राजतन्त्र राम्ररी बुझिसकेको थिए । निरंकुशतन्त्र राम्ररी बुझिसकेको थिए । शासन राम्ररी बुझिसकेको थिए । सत्ता राम्ररी बुझिसकेको थिए । नेपालको सत्ता झन् राम्ररी बुझिसकेको थिए । त्यस कारण कुनैपनि समय केही पनि हुनसक्छ । त्यसकारण म गिरप्तार हुन र लामो समय सम्म जेल हालिन पनि सक्छु र बढी सम्भावना मारिन सक्छु । त्यो मलाई लागेको थियो । त्यस कारण म अलिकति सावधानीका साथ नै चल्ने गर्थे ।
सावधानी साथसाथै भन्ने हो भने तपाईले त्यति नै बेला झण्डै उमेरका हिसावले भन्ने हो भने २०÷२२ वर्षको उमेरमा आउदा मृत्यु पनि रोजिन थालिसक्नु भएको थियो ?
२१ वर्षको उमेर चल्दा चल्दै, २१ वर्ष उमेर पुरा भएको तर २२ वर्ष पुरा नभएको । ३० साल भनेको त्यही हो । म २२ वर्षको उमेरमा चल्दै थिए । त्यतिबेला त म जेल परेर १४ वर्ष लगातार बसे । २१ वर्ष पुरा भएपछि र त्यो भन्दा अगाडि नै म त्यो सबै परिस्थितिका लागि मानसिक रुपमा तयार थिए ।
मैले त्यो सोधेको यहाँलाई, सामान्य बोलिचालिको भाषामा भन्ने हो भने मानिसहरूका दुईवटा प्रवृति हुन्छ । मान्छे जन्मिन्छ–मर्छ अलग स्वाशत कुरा छ । एउटा छाला जोगाउने राजनीति । एउटा मृत्यु रोज्ने राजनीति । त्यो बेला भनेको तपार्इंहरूले सुरु गरेको राजनीति भनेको मृत्यु पनि रोजिएको राजनीति थियो । जित्नु भयो त्यो अलग कुरा भयो भन्यो भने सही हुन्छ ?
मैले मृत्यु रोज्ने त भन्दिन । जैविक प्रविधि भित्र यसलाई स्वीकारने भन्नु पर्छ ।
जो तपाईका सखीहरू मारिए, तपाईका आँखा अगाडि मारिए ...
जैविक प्रवृति के हो भने मान्छेले मृत्यु रोज्न– कुनै हालतमा, कुुनै परिस्थितिमा, मान्छे मात्र होइन कि एकदमै अल्प ज्ञान भएको जीवले पनि रोज्दैन् । सानो किटफट्याङरोले पनि रोज्दैन । तपाईले एउटा सानो कमिलालाई यसो अगाडि पट्टी डिस्ट्रप गरिदिनु भयो भने खतरा महसुस गरेर फनक्क बाटो बदलेर अर्को पट्टी हिनिहाल्छ ।
भन्नु को अर्थ मर्न तयार हुन्न ।
हुन्न, अथार्थ मृत्यु रोजाई हुदै हुदैन् । यस्तो बेलामा बाहेक, जब अब मर्न निश्चित छ र बाच्नु अत्यन्त कष्टकर छ । मर्न निश्चित छ, बाच्नु कष्टकर छ र यो कष्ट सहेर अलि समयपछि मर्नु भन्दा बरु पहिले मर्न राम्रो हुन्छ भनेका बेलामा मात्रै मान्छेले सचेत भएको हुनाले मृत्यु रोज्न सक्छ । अन्यथा मृत्यु रोज्दैन । तर मृत्यु स्वीकार गर्न सक्छ । मर्नु त छदै छ भने, देशका लागि मर्नु पर्दा, जनताको लागि मर्नुपर्दा, समुहका लागि, धेरैका लागि मर्नुपर्दा र राम्रो कुराको लागि मर्नुपर्दा– त्यो मरन नराम्रो होइन । आखिर मर्नु त छदैछ । बाच्ने त सधै होइन् । त्यस्तो अवस्थामा मर्न तयार हुन्छ, राम्रो उद्देश्य छोड्न भन्दा । राम्रो उद्देश्यबाट विमुख हुन भन्दा । विमुख हुन पनि पर्दैन, चुप लागेर वस्न सक्छ । राम्रोको विरुद्ध जान पर्दैन । त्यसो गर्दा उ वाच्न सक्छ । तर उसले नराम्रो नगरे पनि राम्रो काम गर्न र राम्रो परिवर्तन ल्याउन सक्दैन् । त्यसो हो भने उनले राम्रो परिवर्तन ल्याउन जोखिम मोल्छ । त्यसलाई जोखिम भन्न पर्छ । जोखिमपूर्ण बाटो रोजेकै बाटो हो, छानेकै बाटो हो । तर त्यसमा मृत्यु निश्चित हुँदैन । त्यसमा पनि मृत्युबाट जोगिएर जोखिम भनेको जोगिन सकिने ठाउँ भएर हो । जस्तो यो एउटा भवितव्य जस्तो हो । आकस्मिकताको कुरा हो । सबैै भएका, सबैै हिडिरहेका साथी समातिनु, मारिनु, म त्यहाँबाट उम्किनु , भाग्नु र अनेक परिस्थितीहरू हुने रहेछन् । मार्न भनेर लादै गर्दा र एकातिर गोलि ठोक्नका लागि स्मार्ट हटाईएको छ । तर एक जना अफिसरका मनमा चाहि किन मार्ने यस्ता देशभक्तलाई भन्ने प¥यो । उसले गाडीमा राखेर अर्कोतिर लगिदियो । जानि बुझिकन अर्को तिर लग्दियो । मैले भने उसलाई, सरकारले मार्नै खोजे पछि मार्छ । अहिले तपाईहरूले एकछिन बचाएर के गर्नु, फेरि मार्छ । अहिले बचाए बापत तपाईलाई अप्ठ्यारो हुन्छ । उनले भने, अहिले बचाए वापत मलाई अप्ठ्यारो परे पनि थोरै अप्ठ्यारो पर्छ । मलाई मारिहाल्ने होईन । थोरै अप्ठ्यारो पर्छ, जागिर जाला । मेरा बाउ बाजेले कमाएर राखेको सम्पत्तिले हलो जोतेर खान पुग्छ । त्यस कारण म यो जागिरका पछाडि तपाईहरू जस्ता मान्छेहरूको हत्या गर्ने कुरामा म सहमत हुन्न ।
त्यो अधिकारीको नाम थाहा छ ?
थाहा छ, मोहन प्रसाद अधिकारी । उहाँ विरगञ्ज वस्नु हुन्छ अहिले पनि ।
त्यो वेलामा के पदमा हुनुहुन्थ्यो ?
सव–इस्पेक्टर । उहाँले भन्नु भयो र उहाँले रौतहटबाट, गौरबाट अड्डा सार गरी माथि पठाउने भन्ने आदेश थियो । अड्डा सार गरी माथि पठाउने आदेशलाई उहाँले अड्डा सार गरी माथि पठाउनु भयो तर उहाँले विरगञ्ज पठाईदिनु भयो । विरगञ्जमा उहाँले अझ त्यहाँका टाठावाठाहरूलाई संयोगवस् आइपुगे जस्तो गरि त्यहाँ आइपुग्न भन्नु भएको थियो । त्यसले गर्दा त्यो कुरो सार्वजनिकहोस् । त्यहाँ हामी ल्याइएका छौँ । त्यो सार्वजनिक भएपछि हामीलाई त्यहाँको थानामा, त्यहाँको जेलमा राख्नु पर्दथ्यो । त्यहाँबाट निकालेर मार्न अप्ठ्यारो हुन्थ्यो । अड्डा सार गर्दा गर्दा कसरी गर्ने भन्ने समस्या थियो । त्यो यस्ता प्रसँगहरूबाट बाचियो ।
यहाँज जुन जेलमा पर्नु भयो त्यसपछि यहाँलाई लाग्यो कि अब म यति धेरै जेल वस्नु पर्ला ? शुरुको वर्ष यति धेरै लामो जेल वस्नु पर्ला अथवा पञ्चायत झण्डै नजादा सम्म जेल वस्नु पर्ला भन्ने सुरुमा त्यस्तो केही लाग्या थियो ?
मैले सधै प्रतिकुलतालाई अधिकतम प्रतिकुलताको लागि आफुलाई तयार राखे । मलाई जब शारीरिक यातना दिन थालियो, पिट्न थालियो । मैले चरम यातना र चरम यातनाबाट मारिने तहसम्मको यातनाको परिकल्पना गरे । जति पिट्दापनि म अझै जिउदै छु । मैले सोचेको जति छैन । र, मलाई सधै हुलोखुकुलै भयो । किने भने म त्यो भन्दो म बढ्तै पीडाकालागि तयारी थिए । बढ्तै यातनाका लागि मानसिक रुपमा म तयारी थिए । पिट्दा पिट्दै असह्य बनाउने, वेहोस वनाउने, मार्ने तहसम्मको यातनाका लागि यस्तो यातना दिन सक्छन् भन्ने मलाई थियो र म हरेह सोच्थ्ये धेरै कठिन हुन्थ्यो । म सोच्थ्ये अझै म जीउदै छु । फेरि कठिन हुन्थ्यो र म सोच्थ्ये । कठिन भएको त म थाहा पाउदै छु, बुझ्दै छु, म सचेतै छु । त्यस कारण मलाई यो होलोखुकुलै लाग्थ्यो । कि मैले जे का लागि आफुलाई त्यो सम्म त पुगेकै छैन । त्यो त अझै बाँकी छ । यात्रा बाँकी नै छ । अहिले नै हरेस खान्न भन्ने थियो । आशा छ भन्दा पनि यात्रा त बाँकी छ । यात्रा बाँकीहुँदै हरेस खान त भएन । त्यस कारण म त पिट्दापिट्दै मारिने तहसम्मको लागि तयार भएको मान्छे । म जीउदै छु, म बाचि रहेको छु । म सचेतै छु भने यो त होलै छ । म यो भन्दा धेरै यातनाको अपेक्षा गरेको थिए । आज यातना दिएपछि म विचार गर्थे, आजको यातना मामुली हो– किनभने म सचेत छु, म जिउदै छु । भोलि मारिने गरी यातनाकालागि म तयार हुनुपर्छ । आखिर यो ज्यान दुख्ने न हो । दुख्ने न हो । सहन सकिन भने मर्ने न हो । हुने त त्यति हो । नमरुन जेल दुख्छ । सहन सकिएन भने मरिन्छ । त्यस स्थितिमा म भोलिका लागि त्यो तयारी गर्थे । फेरि भोलि पल्ट यातना दिएर फर्किएपछि म विचार गर्थे, आज पनि त्यस्तो यातना दिएन । किनभने म अझै जिउदै छु, अझै होसमै छु । अर्को दिनका लागि म फेरि पिट्दापिट्दै मारिने गरीको यातनालाई तयारी हुन्थे मानसिक रुपले । तर फेरि वेलुका फर्किदा मैले सोच्थ्ये आजपनि मैले सोचेको तहसम्म यातना भएन । एवं रितले यातनाको शिलशीला टुङ्गियो, म जीउदै रहे ।
पछि सेन्ट्रल जेल भद्रपुर जेल, कास्कि जेल र स्याङ्गजा जेल । यी जेलमा आउदा खेरी तपाईको राजनीतिक सम्बन्ध स्थापित भयो पार्टीसँग ?
म १४ वर्षमा २५ पल्ट जेल सारिए, हिरासत आदी गरेर । कहिले यहाँ, कहिले त्यहाँ, कहिले यहाँ, कहिले त्यहाँ गरी गरी २५ पल्ट सारिए । भाडाकुढा, ओढ्ने ओच्छाउने, लत्ताकपडा जे छ त्यो पोको पा¥यो, काधमा हाल्यो हिड्योको स्थिती । त्यसो त गरिएन होला तर त्यही अवस्था २५ पल्टर हो । मैले सोचेको थिए, झण्डै झण्डै सोचे जस्तै भयो । यिनीहरूले बीचमा धोकादिएर मार्छन या मार्ने प्रतिक्षामा जेलमा राखिरहन्छन्, या मर्ने प्रतिक्षमा जेलमा राखिरहन्छन् । त्यस्तै भयो मार्ने प्रतिक्षमा र मर्ने प्रतिक्षमा जेलमा राखिराख्रहने कुरा भयो । बिभिन्न समयमा षडयन्त्रपूर्ण ढंगले मार्ने चेष्टाहरू पनि भए । त्यो विभिन्न राजनीतिक घटनाक्रमहरूले त्यसलाई तर्कायो । मर्ने प्रतिक्षामा म विरामी भए, औषधि उपचार भएन, ति परिस्थिती पनि मैले झेले । उनीहरूको मर्ने प्रतिक्षापनि सफल भएन फेरि । फेरि बाचिरहे म विरामी भएर पनि । १० वर्ष सम्म उनीहरूले तोकेको सजाय जो झुटो थियो झुटा आरोपमा थियो, झुटो फैसला थियो, त्यो झुटा आरोप, झुटामुद्दा, झुटा फैसला र अपराधीक मनसायका साथ मुद्दा हराइएका विभिन्न मुद्दाहरू लगाइएको थियो । तर कानूनले मलाई १० वर्ष भन्दा बढी वस्न नपर्ने, थुन्न नमिल्ने वताएपछि पहिले सुरुमा उनीहरूलाई के लाग्यो भने १० वर्ष लामो समय । तर १० वर्ष भनेको त म ३२ वर्षको चल्दै गर्दा पुरा भयो । यो त ठिटै छ । अझै धेरै गर्न सक्छ । त्यस कारण छोड्न हुन्न । फेरि बीना मुद्दा म अरु थप ४ वर्ष बसे । कहिले पनि छुटिन, छोडिएन । निरन्तर राखियो ४ वर्ष बीना मुद्दा । बीना मुद्दाको ४ वर्ष राख्दा मलाई, मैले सर्वोच्च अदालत गुहारे । मलाई अन्यायपूर्ण ढंगले पहिले मुद्दामामिला लगाईयो । त्यस पछि त्यो पनि सकिएपछि यत्तिकै राखेको छ । मैले पहिले पनि केही ग¥या थिएन मुद्दा लगाइयो । मुद्दा लाग्ने खालको केही ग¥या थिएन । जे अपराधको मलाई थोपारियो, त्यस्तो मैले कुनै अपराध गरेको छैन । जुन घटनाहरूमा मेरो संलग्नता भनियो । मेरो कुनैमा संलग्न छैन् । अब अहिले त केही भन्नै परेन् । अब एक पानाको कागजमा चार लाईन लेखेर एउटा प्रमुख जिल्ला अधिकारीले छ्यास्स सही गरिदिएपछि, यत्त्तिले म नौं महिना थुनिन्छु । फेरि अर्को चार लाईन लेखेर अर्को सही गरेपछि नौं महिना थपिन्छ । यस हिसाबले अन्यायपूर्ण हिसाबले थुनेको छ । मेरो स्वास्थ्य पनि राम्रो छैन् । सम्मानित सर्वोच्च अदालतले हेर्दिनु प¥र्यो भने, गुहारे । सर्वोच्च अदालतले मलाई झिकायो–छोड्नु भन्ने आदेश दियो २०४१ सालमा । छोड्नु भन्ने आदेश दियो । छोड्न भन्ने आदेश दिएपछि मलाई हतकडी नलगाइ ल्याएको थियो । छोड्न भन्ने आदेश दिएपछि म कठघरामै थिए । त्यही हतकडी लिएर प्रहरी आयो । छोड्नु भन्ने आदेश हुदा । न्यायधीश वेञ्चमा बसेको छ । हेरिराखेको छ । मैले सोधे, श्रीमान यो के हो ? श्रीमानले उतापट्टि हेरे मुन्टो फर्काए । हेरेको हे¥यौं जुरुक्क उठे, उतैबाट गएर आफ्नो कोठामा गए । हत्कडी लगाएर घिस्राएर लग्यो । पहिले हतकडी नलगाइ ल्याएको थियो, ल्याउने बेला । जबकी सिडिओको थुन्नु भन्ने आदेश कायम थियो, तबसम्म, त्यसबेला हत्कडी नलगाई ल्याएको थियो, अदालतसम्म । अदालतले छोड्नु भन्ने आदेश दिएपछि हतकडी लगायो । अर्को पल्ट मैले फेरि मुद्दा हाले–यो त अचाक्लि भयो । अर्को पल्ट पनि त्यस्तै भयो । छोड्नु भन्ने आदेश भयो अनि पुलिसले मुन्टाएर फेरि पक्रियो । त्यसपछि हनुमानढोका लग्यो र थुन्यो । अनि मलाई फेरि त्यसैगरि जेल पठाइयो । यस प्रकारले १४ वर्ष विते ।
ठ्याक्क ०४४ सालमा छोड्ने बेलामा चाहि अदालतको आदेशले छोड्यो कि के भनेर छोड्यो ?
अदालतको आदेशले छोडेन् । तत्कालिन राजा विरेन्द्रले मसँग एउटा प्रस्ताव पठाए, पोखरा भ्रमणमा गएका बेला म पोखरामा थिए, ४० सालमा भ्रमणमा राजा गएका थिए । भेटेर कुरा गरौं म झिकाउँछु भनेर कुरा गरौं भने । मैले भने राजाले एउटा कैदीलाई भेट्नु वाञ्छनीय हुदैन् । राजाले जेलमा बसिराखेको कैदीलाई किन भेट्ने । त्यो राम्रो हुदैन् । म छुटेपछि मौसुफलाई भेट्ने विचार गरौं । त्यो इच्छा गर्छु । अहिले मैले भेट्नु वाञ्छनीय हुदैन् । यसो गर्दा अनावश्यक तिक्तता हुन सक्छ । मौसुफले केही कुरा भनिबक्सेला । मलाई मान्य नहोला । किनभने म धेरै वर्ष अकारण थुनिसकेको छु र मसँग एक प्रकारको इरिटेशन छ । त्यो इरिटेशन व्यक्त होला । त्यसकारण छुट्न भन्दा अगाडि राम्रो नहोला । त्यसमा पनि महाराजधिराजले कैदीलाई भेट्नु म त्यति राम्रो ठान्दिन् । किन भेट्ने भनेर मैले पठाए त्यसपछि उहाँहरू जानुभयो ।
लिखित पठाउनु भयो कि, मौखिक ?
मौखिक । जसले जवाफ लिएर आएको थियो उसैलाई । र त्यसपछि यत्त्तिकै बस्यो । अञ्चलाधीश खड्गबहादुर जिसीले छुट्ने समयमा केही कुरा चलाऔंकी भन्ने प्रस्ताव ल्याउनु भएको थियो । मैले भने त्यो कष्ट नगरौं । कुरा चलाउन पर्ने कुनै विषय छैन् । छोड्न मात्र बाँकी हो । अरु कुनै आवश्यकता छैन्, कष्ट नगरौं भनेपछि उहाँले त्यो कष्ट भएन् । त्यसपछि ४३ साल मंसिर ८ गते मलाई स्याङजाबाट हनुमानढोका झिकाइयो । राधाकृष्ण मैनालीलाई १० गते भैरहवाबाट हनुमानढोका झिकाइयो र कागज गर्न पञ्चायत मान्न, राजा मान्न आदि दबाव दिइयो । त्यो नमानेपछि दुईजनासँग संयुक्त कुराकानी हुन छोड्यो । राधाकृष्णसँग छुट्टै कुराकानी हुने अरुसँग छुट्टै कुरा गर्ने त्यो हुन थाल्यो । उहाँसँग के कुरा भयो मलाई त्यति जानकारी भएन् । उहाँ अलि गम्भिर मुद्रामा देखिन थाल्नु भयो । किन गम्भिर मुद्रामा देखिनु भयो, उहाँकै कुरा भयो । उहाँ अलि गम्भिर मुद्रामा देखिनु भयो । मलाई राजा व्यवस्था भन्ने मलाई अत्यन्त चिडभयो र अब कुरा गर्दिन भने । अब कुरा नगरौं । गल्ति व्यवस्थाले महशुस गर्छ कि गर्दैन् । गल्ति त गर्यो । अुनचित ढंगले थुनेर त्यो महशुस गर्छ कि गर्दैन् । त्यो त उनीहरूका लागि पनि चिड पैदा हुने कुरा भयो । मैले यो वार्ता बन्द गर्नका लागि भनेको थिए । १८ गते मंसिरमा राधाकृष्ण मैनाली बाहिर लगिनु भयो । २ घण्टाजति पछि मलाई बोलाउन आइयो । तपाईंलाई तल गेटमा बोलाइएको छ भनेर । म गए । गेट बाहिर राधाकृष्ण मैनाली हुनुहुन्छ, हनुमानढोकामा । २ घण्टा अगाडि मसँग भित्रै हुनुहुन्थ्यो । दुई घण्टा पछाडि गेट बाहिर । म छुटे, मलाई छोडिदिए अब तिमलाई पनि छोड्छन् होला । अनि मैले भने तपाईंलाई किन छोडे ? कसरी छोडे ? उनीहरूका सर्तहरू मान्नु भयो तपाईंले ? होइन् पछि तपाईंसँग कुरा गर्छन नि उनीहरूले । त्यस्तो होइन् मलाई छोडिदिए । अनि मैले भने तपाईंको सफ्टनेश देखेर अलिकति छोडौं भन्ने ठाने हुन कित, मलाई थाहा भएन भने । उहाँ छुट्नु भयो । उहाँको भएको बेडविस्तारा हटाइयो । मैले बधाइ र शुभकामना भनेर उहाँलाई पठाए । त्यसपछि उनीहरूले उहाँ कसरी छुट्नु भयो भन्ने कुरा मलाई बताए, देखाए, ब्योहोरा सुनाए । त्यो कुरा ब्र्योहोरा सुनाए । यो ब्र्योहोरामा उहाँ छुट्नु भएको हो भनेर । मैले भने मेरो हातमा चाहि नआओस् त्यो ब्र्योहोरा म टुक्राटुक्रा पारिदिन्छु त्यो च्यातेर । उहाँ अलि पछि मलाई भेट्न आउनु भयो । दुईचार दिन पछि हो कि कति पछि, झापा जान लाग्यो भनेर भेट्न आउनु भयो मलाई । अनि उहाँले मलाई भन्नु भयो, नेपालमा अहिलेसम्म छुटेका सबै राजवन्दीहरू कागज गरेरै छुटेका हुन् । विपि कोइरालादेखि, मनमोहन अधिकारीदेखि सबै कागज गरेर छुटेका हुन् । त्यसकारण यो कुनै नयाँ अनौंठो कुरा होइन् । कागज गरेरै छुट्ने हो भन्ने कुरा उहाँले मलाई बताउनु भयो । मैले भने अब मसँग यो व्यवहार हुदैन् र म चाहि यो कुरालाई कहिले पनि मञ्जुर गर्दिन् । उहाँ जानु भयो । त्यसपछि मलाई निकै दबाव दिइयो र अन्तिममा संविधान मान्छु भन्ने चाहि कागज गर्नुसनत । संविधान मान्ने त नागरिकको कर्तव्य हो । मैले भने अब संविधान मान्नु नागरिकको कर्तव्य हो । तर यो संविधान, संविधान भित्र जे छ, निरंकुशतन्त्र छ , पंचायत छ । सबै कुरा छ । त्यसकारण यो घुमाउरो बाटो कुरो उही हो । संविधान भित्र सबै कुरा त्यही डालोमा छ । त्यही डोकोमा छ । त्यसकारण भित्रको एउटा कुरा मान्दिन भन्ने, डोकै चाहि मान्छु भन्ने, डालै चाहि मान्छु भन्ने हो भन्न मिल्दैन् । त्यसकारण म संविधान मान्दिन भन्ने शब्द वा मान्छु भन्ने शब्दको आवश्यकता म देख्दिन् । हाम्रो भनाई संविधान भन्ने पुस्तकसँग होइन् । निरङकुश राजतन्त्र हुनुहुदैन र निर्दलिय पञ्चायती व्यवस्था हुनु हुदैन् भन्ने हो । यो दुईओटा मुख्य कुरा हो । यदि यस संविधानबाट निरङ्कुश राजतन्त्र हटाइने छ । निर्दलिय पञ्चायती व्यवस्था हटाइने छ भनेर सरकारले कागज गर्छ भने त्यस्तो अवस्थामा मैले पनि मान्ने छु भनेर वरतिर लेख्छु र सही गर्छु । त्यसमा कुरा मिलेन् । उहाँहरूले दम्भि, घमण्डी, नचेतेको भन्नु भयो मलाई । आजित भएर मेरो हात खुट्टा सुनिएर धेरै भएपछि माघ २ गते मैले भने, अब म यात चुप्प लागेर मर्न तयार हुनु प¥र्यो या म उग्र हुनुपर्यो । अब मैले जेलमा मर्नु भन्दा अगाडि उग्र हुनुपर्छ । तपाईंहरूले मलाई हिरासतमा राखेर, यस ढंगले प्रहरी हिरासतमा लिएर, महिनौंसम्म चिसो सिढीमा राखेर मार्न पाउनु हुन्न । यो अतिरक्ति अत्याचार हो । अनि के गर्नु हुन्छ त, जेलमा जानुहुन्छ त भने ? अ म जेलमा जान्छु ठिक छ । यहाँ भन्दा जेल पठाउँ । अनि माघ ३ गते २०४३ सालमा म फेरि जेलमा गए । त्यसैबेला त्यही सन्र्दभमा राधाकृष्ण मैनाली छुटिसकेका थिए । त्यसबेला म मात्रै त्यहा थिए । भैरव रिसाल, बाबुराम भट्टराईहरू, विद्यार्थीं आन्दोलनमा बाबुरामा भट्टराईहरू परेका थिए । अनि राजधानी पत्रिकाका तत्कालिन प्रोपाइटर पनि त्यहाँ थिए । तत्कालिन सम्पादक केशवराज पिडाँली जसको कवितालाई लिएर मुद्दा लागेको थियो रुपचन्द्र विष्ट आदि पनि त्यहाँ थिए । ति पनि जेल हालिए । जेलमा केशवराज पिडाँली, रुपचन्द्र विष्ट उहाँहरू समेतको जफलरहरूलाई पनि समातेर केमा रिस उठ्यो थुनेको थियो । यी सबै जाली मुद्दाहरू, नचाहिने मुद्दाहरूमा थुनिएका मान्छेहरू पनि हामीसँग थिए । र त्यसपछि म ४४ सालमा असार ११ गते जेलबाट छुटे ।
छुट्ने बेलामा तपाईंलाई के भनेर छोडे ?
छुट्ने बेलामा मलाई बिहान राती एकछिन गेटमा बोलाएको छ भने । गेटमा बोलाएको छ भनेपछि म स्लिपिङ ड्रेसमा थिए । भर्खर उठेको थिए । फ्रेस भएर हल्का यसो व्यायम गर्दै थिए । त्यसै बेलामा सरलाई एकछिन यहाँ गेटमा बोलायो भन्यो । म त्यतिकै त्यही ड्रेसमा गए । गएपछि एकछिन बाहिर आउनुस् न भन्यो । गेटबाट बाहिर निकाल्यो । यता बोलाएको छ भन्यो । अलि पर लग्यो । गाडी ठिक पारेर राखेको रहेछ । पुलिसहरू रहेछन् । अनि मलाई घेरेर गाडीमा हालेर । अनि मैले भने के तमासा ? म चौध वर्ष जेल बसिसके । म जेसुकै आएपनि भाग्ने होइन् । यति धेरै तमासा गर्नु पर्दैन र जहाँ जाने हो जाउ भने मैले । उनीहरूले गाडी ड्राइभ गरे । कहाँ लगेका हुन् थाहा भएन । एकैपटक बालुवाटारमा ल्याए । बालुवाटारमा ल्याएर यो बीचको सानो कोठा छ निलगिरी कोठा । त्यो कोठामा मलाई मरिचमानजीले बाहिर कार्पेटबाट भित्र पस्ने ठाउँमा त्यहाँनिर उभिनु भएको रहेछ उहाँ । त्यहाँ उभिनु भएको रहेछ । उहाँले त मलाई कहिल्यै देख्नु भएको थिएन् । मैले त फोटोमा कतै देखेको थिए । चिन्न पनि सजिलो भयो । अचानक गेटमा भेट भयो त्यहाँ । अनि उहाँले हात अगाडि बढाउनु भयो स्वागत छ । मेरो थर उच्चारण गरेर । मैले नमस्कार प्रधानमन्त्रीज्यू भने । अनि उहाँले नमस्कार भन्नु भयो । अनि मैले उहाँसँग हात मिलाए । उहाँले हात अगाडि बढाउनु भयो । अनि उहाँले लिएर निलगिरी कोठामा लानु भयो । म प्रधानमन्त्रीको कुर्सीमा बस्नु भएन । परतिरको सोफामा दुई जना बस्यौं । अलिकति छड्के परेर उहाँपनि बस्नु भयो, म पनि अलिकति छड्के परेर बसे । र, हामीले अलिक लामै कुराकानी गर्यौं । देशको राजनीति, राजनीतिक परिस्थिति आदिको बारेमा कसरी जानुपर्छ, कता जान्छ भन्ने कुरा । अनि लामै कुराकानीको अन्त्यतिर के भन्नु भयो भने तपाईंले एउटा इमान्दार मान्छे हो । देशभक्त मान्छे हो । अढान भएको मान्छे हो । तपार्इं छुट्न नमानेको । तपाईंलाई मन्त्री बनाउने अनेक अफर आए । तपाईं छुट्न नमानेको यो साधारण कुरा होइन् । यी सबै कुराहरूलाई महाराजधिराजबाट नजिकबाटै हेरिबक्सिएको छ । महाराजधिराजलाई सहयोग गर्नु प¥र्यो तपाईंले भनेर उहाँले भन्नु भयो । मैले भने प्रधानमन्त्रीजी तपाईंले भनेको कुरा मैले राम्ररी बुझिन् भनेको । देशप्रति समर्पित छु । जनताप्रति समर्पित छु । इमानदारीताका साथ काम गर्छु । देशको भलाईको निम्ति काम गर्छु । भलाईको निम्ति म ज्यान दिन तयार छु । एउटा राष्ट्र प्रमुखलाई यसबाट सहयोग पुग्छ कि पुग्दैन् ? पुग्छ भने म गरिराखेको छु । अब बुझ्नु नबुझ्नु बेग्लै कुरा हो । पुग्दैन् भने यस भन्दा पृथक केही छ भने त्यो त म गर्न सक्दिन् भने । राष्ट्र प्रमुखको हितचाहिँ देश र जनतासँग जोडिएको हुनुपर्छ । देश र जनताको हितका निम्ति काम गर्दा राष्ट्र प्रमुखलाई सहयोग पुग्नु पर्छ । खुसी मान्नु पर्छ । महाराजधिराजको कुरा हो यो कि तपाईंको आफ्नो कुरा हो । मेरो कुराबाट महाराजधिराले कस्तो सहयोग खोजेको हो । महाराजधिराजको जस्तो कुरा पनि लागेन मलाईं तपाईंको कुरा जस्तो लाग्यो । महाराजाधिराजलाई खुसी पार्न तपाईंले यस्ता कुरा मसँग गर्नु भएको छ । अनि यो मेरै कुरा हो भनेर । यो मेरै कुरा हो महाराजधिराको कुरा होइन् । मैले भने मेरो त कुरा त्यही हो । अब अर्को तपाईंले अरु कुरा कही उठाउन बाँकी छ भने नउठाउन म आग्रह गर्छु किनभने पोलिटिकल कुराहरू हामीले गरिसक्यौं । फेरि अर्को छ्यास्स भन्नु भयो भने मलाईं बेकार रिस उठ्छ । यसो एजेण्डा बाँकी छ भने त्यतापट्टि नजाऔं अब । किनभने सबै पोलिटिक एजेण्डा सकियो भने त्यस्तो छैन् । तपाईंले कागज गर्नु हुन्न भन्ने कुरा थाहा भइसक्यो । मैले रासनको कागजमा पनि सही गर्न छोडेको थिए । सिग्नेचर गर्दिन जेल बसिन्जेल भनेर ।
त्यसैलाई अर्को कागज गर्दिएको थियो भन्देला !
भन्दिएला । सही नै गर्न छोडिदिने भनेपछि उहाँले त्यही भन्नु भयो । उहाँले कागज गर्नुहुन्न भन्ने थाहा भइसकेको छ । हामी त्यता जादैनौं । तपाईंलाई छोडिदिने भन्ने महाराजधिराजको हुकुम पनि छ, इच्छा पनि छ । अहिले तपाईंलाई जेल पठाइन्छ । धर्मबहादुर अञ्चलाधीसले तपाईंलाई कुनै बेला बोलाउनु हुन्छ । त्यहाँबाट छोड्नु हुन्छ भनेर मरिचमानले भन्नु भयो । अनि धर्मबहादुर आयो किन चाहियो मरिचमान ? महाराजधिराजको इच्छा छ । हुकुम छ । प्रधानमन्त्रीले कुरा गरेको छ, भने अञ्चलाधीस चाहियो किन ? होइन रित्त पु¥याउनलाई । फेरि रित पुर्याउदाँ कही गडबड नहोस् । फेरि झमेला नहोस् – हुदैन् मरिचमानजीले भन्नु भयो । मलाईं ठिक छ बधाइ भनेर हात मिलाएर पठाउनु भयो । म चाहि जेल गए । तर उहाँले भन्नु भयो कसैलाई नभन्नुस है अहिले भन्नु भयो । मैले त्यो कुरालाई कसरी बुझे भने यिनीहरूले धर्मबहादुर थापाका केही नयाँ कुरा गर्न निकाल्न् सक्छन् र नमिल्न सक्छन् । कसैलाई नभन्नु भनेको कुरा मिलेन भने महारजधिराजको हुकुम र इच्छा भन्ने भनिसकेको छ । त्यो कुरा के भयो त भन्ने प्रश्न आउँछ । त्यसो भएर कसैलाई नभन्नुस भनेको होला । केही बाँकी छ जस्तो लाग्यो मलाई । म गए । अनि मैले साथीहरूलाई गोप्य रुपमा भने हल्ला नगर्ने तर मरिचमानजीले बोलाएको रहेछ । उहाँसँग भेट भयो, कुराकानी भयो, लामै कुराकानी भयो । मैले सबै कुराहरू छर्लङग् गरेको छु । साधारणतया छुट्ने संम्भावना छ । दिउसोतिर धर्मबहादुर थापाले बोलाउनु भयो, अनि एकछिन कुरा गर्नु भयो । हलि हड्बडाउनु भयो उहाँ । मरिचमानजस्तो पोलिटिकल्ली अलि व्यापक सम्झदारी अलि रहेन्छ उहाँको, अञ्चालाधीशजस्तो लाग्यो । अलि उहाँ पोलिटिकल कुरा गर्न हच्किनु भयो । के गर्न खोज्नु भएको थियो । के गर्न इच्छा गर्नु भएको थियो । त्यो भन्न सक्नु भएन । अनि मैले महाराजधिराजमा मलाई रिहाइ गरि बक्सिएकोमा मेरो तर्फबाट धन्यवाद भन्दिनुस भने मैले । आफै दर्शन भेट खोजेर भन्नुस् भने त्यो त मलाई केही छैन् भने । अर्को भन्नु भयो काठमाडौं धेरै नबस्नुस् धेरै हल्ला खल्ला हुन्छ, झापा जानुस् । हल्ला खल्ला भयो भने के हुन्छ भने मैले–अप्ठ्यारो हुन्छ भने । त्यहाँ गएपछि त्यहाको अञ्चालाधीशलाई अप्ठ्यारो हुन्छ । म कहाँ जाने ? अलिअलि त हल्ला खल्ला त हुने नै भयो नि छुटेपछि–परिवार, नातागोता, आफन्त, राजनीतिमा । म अहिले नै भन्छु तपाईंहरूको खटनपटन हो भने त भित्रै राख्नुस् है । छुट्न पाएको छैन् । तपाईंहरूको खटनपटन त म मान्दिन् । अञ्चालाधीशको आदेशमा हिड्ने भए म किन छुटिरहनु पर्दथ्यो, आदेश होइन ? होइन तपाईंको त जेल बसेर एकदम निहुँ खोज्ने बानी बसेछ ।
मैले भने तपाईंले किन छिटै जान भनेको त भने मैले । त्यसरी भनेको होइन मैले । परिवार यत्रो वर्षदेखि अलग भइराखेको छ । ए मेरो परिवार, आफन्त यतिविद्यि, यति लामोसमयदेखि भेट्घाट भएको छैन् भन्ने चिन्ता तपाईहरूलाई ? भिन्ने चिन्ता तपाईहरूलाई ? छिट्टै भेट गराउ भन्ने राम्रो लाग्यो तपाईको कुरा भने । ल तपाई छुट्नु भयो जानुस भने । हुन्छ भने । अनि गाडीमा लिएर आएका थिए । छुट्नु भयो भनेपछि गाडीमा छोडिदिए । तल ओर्लिन्छु त गाडीपनि छैन्, पुलिसपनि छैन्, केही पनि छैन् ।
तपाईं कहाँ हुनुहुन्थ्यो ?
अञ्चलाधीश कार्यालय अगाडि रानीपोखरी । तल ल्याउदा त मलाई ल्याउने कोही पनि छैनन् ।
लिन आउने पनि छैन् ?
छैन् । को हुने र कसैलाई पनि थाहै छैन् । पुलिसले हालेर ल्याएको गाडीमा । पुलिस गयो । अरु कोही पनि छैन् । अञ्चलाधीशले पु¥याउने कुरा पनि छैन् ।
तपाईं बटुवा तमासे जस्तो बन्नु भयो ?
अ, एताउती हेरे, अनि लुखरुलुखरु घण्टाघर हेर्न तिर लागे । ओरतिर आएर घण्टाघर हेर्न, त्रिचन्द्र हेन तिर लागे । किनभने त्यो म २७ सालमा एकपटक आएर हेरेको थिए चस्स दुई दिन, फेरि आएर हेरे अनि अब कताजाने के गर्ने भयो । त्यहाँबाट टुडिखेलको पूर्वी भेगबाट राष्ट्रिय सभा गृह, विद्युत प्राधिकरणको अगाडि हुदै हुदै गए । तलबाट शहीद गेट घुमेर सुन्दारा गए । धरहरा एकछिन हेरे । सुन्दरा एकछिन् हेरे । अनि वीर हस्पिटल तिर घुम्न जाउकी जस्तो लाग्यो पारितिर नघुमौं भनेर फेरि फर्किए ।
जेलमा गए अनि जेलको ढोकामा शुशिल प्याकुरेलजी आइपुग्नु भयो । मैले कसैलाई भन्न लगाए त्यहाँ, शुशील प्याकुरेललाई खबर गदिर्नु भनेर । शुशील प्याकुरेल आउनु भयो । उहाँसँग बाइक थियो । त्यो लिएर आउनु भयो । म उहाँको पछाडि चढेर हिडे ।
छुट्कारा पुर्चीमा सहीगर्न भन्दै थिए जेलरहरूले पहिले निस्कने बेलामा । छुटेपछि गरौंला भनेको । फर्किएर आएपछि गर्दिएको भए पनि हुन्थ्यो नि । त्यतिबेला गर्दिएको भए पनि हुन्थ्यो नि । त्यतिबेला मानेको भए हुन्थ्यो । टुडिखेल घुमेकै थिए । पछि गरौंला भनेको त्यो पनि नगरिकन शुशीलजीकोमा गए । त्यही बसे त्यो दिन । त्यसपछि कहिले शुशीलजीको तिर, कहिले जीवन मानन्धरको तिर बस्ने गरे ।
मेरो राम्रै दोस्ती रुपचन्द्र विष्टसँग पनि थियो । सुनकोशी छापाखाना एउटा बस्ने अड्डा छदै थियो । प्रकाश काफ्ले मानव अधिकारकर्मीहरूको त्यहाँ कालिमाटीमा यसो माथितिर पट्टि एउटा डेरा थियो त्यहाँ । लालबाहादुर खातीको घर थियो । लालबहादुर खातीको परिवार तल बस्थे । माथि चाहि त्यो मानव अधिकारकर्मीहरू बस्थे । त्यसपछि हामी भिमफाल तिर स¥यौं । जेहोस् जेल बसाइँ त्यसरी टुङ्गियो ।
छोड्ने बेलामा जहाँ ल्याएर छोडेछ, ठिक ठाउँमा ल्याएर छोडछ हैन ?
अ, ठिक ठाउँमा छोडेछ ।
बालुवाटारमा ल्याएर छोड्यो । आज हामी बालुवाटारमा नै छौं...
ठिक छ ।
यो एउटा अध्याय भयो । त्यसपछि तपाईं विरामी हुनुभयो । लुम्बिनी अस्पताल जानु भयो । २०४८ सालको निर्वाचन लड्नु भयो र तपाईं हुन्त ०४८ सालको सांसद पद पनि राजकीय पद हो । २०४९ मा तपाईंको दोस्ती भयो । त्यस भन्दा अगाडिको एउटा कुरा मैले सोध्छु, तपाईं जेलभित्र बसेको बेलामा पार्टीले कुनै अभियोग लगाएको थियो ? यसले कुनै गद्धारी ग¥र्यो, बेइमानी ग¥र्यो भन्ने त्यस्तो कुनै लागेको कुरा केही थियो ?
जेल परेका बेला म पार्टी सदस्यताबाट निस्कासित थिए । झापा आन्दोलन सुरुगर्ने कुराको अगुवाई त गरियो । आज जजसले जेजे श्रेय लिन खोज्छन् । त्यसमा मलाई केही छैन् । तर अलिकति पछाडि त्यसलाई ओभरटेक गर्ने साथीहरू थुप्रै निस्किए । नक्सल पंन्थीहरूको त्यसमा प्रभाव प¥र्यो । जसले गर्दा मसँग थुप्रै मतभेद पैदा भए । ति मतभेदले परिस्थिति अलिक तनावपूर्ण भयो । तनावपूर्ण भन्दा अर्को महत्वकांक्ष नक्सलपंन्थीको लाइनमा हिडेन भने नक्सलपंन्थीको समेत आक्रोश र त्यो आक्रोश हाम्रा साथीहरूको महत्वकांक्षा मिर्सिएर एउटा षडयन्त्र मलाई पार्टीबाट, म पार्टी प्रमुख थिए । पार्टी प्रमुखबाट पनि हटाउने र कमिटीबाट, सदस्यताबाट पनि हटाउने खेल भयो ।
त्यो कति सालमा ?
२९ सालमा ।
तपाईं पक्रिनु भन्दा पहिला ?
पहिला । पहिले नै म पार्टी सदस्यताबाट, कमिटीबाट हटाइएको थिए । त्यो मैले त भन्न मिलेको थिएन । जसले गर्दा म झापालि नेताको रुपमा प्रक्राउ परे । र गोल घर हालिए ।, जतिबेला म झापाली पार्टीबाट निस्कासित थिए । तर मलाई अरु कुनै आरोप त्यस्ता केही पनि लागेनन् । लाग्ने स्थिति पनि होइन र हुदैन पनि । किनभने मैले नचाहिने कुनै काम गरेको थिए । म कुनै नराम्रो काम पनि गर्दिंन कहिल्यै ।
तपाईं पार्टीसँग कति सालमा जोडिनु भयो जेल बसेका बेला ?
होइन, म पार्टीको लगातार सम्पर्कमा नै थिए । म साथीहरूलाई भन्थे तिमीहरू जसले मलाई निकाल्यौं तिमीहरू भर्खर सिक्दै छौं, बुझेका छैनौं । त्यसकारण आवेशमा, उत्तेजनामा छौं । आन्दोलन भनेको आवेश, उत्तेजना होइन् । तिमीहरू दुईचार जनालाई हेरेर कुरा गछौं । तिमीहरू अहिलेको ठ्याक्कै अगाडि थाल हेरेर, म भविष्य हेरेर कुरा गर्छु के हुन्छ, के हुने वाला छ । त्यसकारण मलाई तिमीहरूले जो पार्टीबाट निस्कासन गर्ने फैसला ग¥र्यौं धोका हो । भ्रम हो । म पार्टीबाट निस्कासित हुन्न । तिमीहरूले सदस्यताबाट हटायौं तर म पार्टीको प्रमुख नै छु । म पार्टीको प्रमुख नै हो यथार्थमा । किनभने पदको हिसाबले एकछिनलाई कसैले हटायो होला । तर यथार्थमा जसले विचारले त्यस आन्दोलनको सिर्जना ग¥र्यो, त्यस आन्दोलनलाई ठिक बाटोमा लानु पर्छ भन्यो । त्यो नै प्रमुख हो ।
अहिले फर्किएर ल्याउदा प्रधानमन्त्रीज्यू, कुनै कारणले अघि हासो पनि गरियो जुन ठाउँमा ल्याएर छोड्यो, त्यही ठाउँमा ... तर यदि कुनै कारणले तलमाथि भएको भए के.पी. ओलीका बारेमा इतिहास अर्को पनि लेखिन सक्ने थियो ?
हो ।
एकजना क्रान्तिकारी राजवन्दी नभइकन वा क्रान्तिकारी राजनेता नभनिकन...
अ, अत्यन्त जनविरोधी, पार्टी विरोधी, बदमास भनेर लेखिन सक्थ्यो ।
त्यस्तो सम्झना हुन्थ्यो कहिले काँही जेल भित्र बस्दा ?
मलाई मतलब नै हुदैन् ।
अहिले कि त्यसबेला ?
त्यसबेला । मेरो बानी जस्तो भन्नुसन् मान्छेको एउटा प्रवृति हो । तपाईंको जस्तो भन्नुसन् सुन्दर ठुलो फोटो राख्यो भने तपाईंलाई आनन्द लाग्छ । तपाई हुनुहुन्छ र तपाईंलाई आनन्द लाग्छ । तर तपाईं कतिसय वर्ष हुनुहुन्छ त ? सय वर्षको आसपास हुनुहोला । अर्को सय वर्ष त तपाईं हुनुहुन्न । तपाईंको छोराले चिन्ला बाबुको फोटो । छोराले भन्ला नातीलाई हजुरवाको फोटो । त्यस पछिकाले चिन्दा पनि चिन्दैनन् । त्यो फोटो समय यस्तो निर्मम हुन्छ, कागजमा बनाउनुस पुरानो हुन्छ । ताम्रपत्रमा बनाउनुस त्यसलाई पनि समयले खान्छ । फलाममा बनाउनुस त्यसलाई पनि समयले खान्छ र कुनै हिसाबले त्यसलाई सालिक बनाएर को अमर भएको छ ? सालिक त धेरै बनेनी । को अमर बन्यो । त्यसकारण यो कस्तो बानी भने आफ्नो बारेमा प्रिय कुरा भन्न रुचाउने स्वभावै हो मानव सचेत प्राणी भएकोले । नराम्रा कुरा सुन्न नपाए हुन्थ्यो आफ्नो बारेमा भन्ने चाहन्छ मान्छे । त्यो मानव सचेत भएकोले हो । तर त्यसको आयु चाहि कति छ त ? त्यस प्रवृतिले थेग्ने युग, समय, कालखण्ड कति हो ? अन्त काल खण्डमा हामीले कर्तव्य गर्ने हो । राम्रो काम गर्ने हो मानिसहरूका लागि, धर्तीका लागि, सन्ततीका लागि । सत्य त्यो मात्रै हो र राम्रो काम त्यो मात्रै हो र मलामी धेरै भए हुन्थ्यो भन्छन् केही फरक पर्दैन् । मान्छेले सम्मानले फूल चढाउन । फूल चढाउन कि जुत्ताले हानुन् के फरक गइसकेपछि । मैले राम्रो काम गर्न प्रेरित नगर्न खोजेको होइन् । तर राम्रो काम गर्दा यस्ता कुराहरूको पनि लोभ छोडिदिनु पर्छ । यस्ता कुराहरूको पनि लोभले मान्छेलाई ढोगी बनाउने । मान्छेलाई छद्मभेसि बनाउने । प्रंशसा रुचाएपछि आफ्ना कमी भन्न भएन् । कमी लुकाउनु प¥र्यो अनि नराम्रा कुरा सुन्न नरुचाउने भएपछि, प्रशंसा रुचाउने भएपछि अलिकति देखावटी कुरा गर्नु प¥र्यो । एउटा चलन हुन्छ मान्छे मरेका ठाउँमा जादा अलिकति परितिर आइसकेपछि वहा गरेर रुने । रुनेनै हुन्छ, यहाँ काठमाडौंमा त झन चलनै छ । रुनै पर्छ त्यो चलन । म त्यस पक्षमा छैन् । रुन आयो भने रुनु । नआए नर्गनु । रुन आयो भने रुनु स्वभावीक हो । आरामले रोए हुन्छ । रुन आएन भने अभिनय नगर्नु । राम्रो काम गर्न सकिन्छ भने राम्रो काम गर्नु । प्रेमभाव छ भने प्रकट गर्नु । प्रकट भइहाल्छ । बनावटी त्यसका लागि त नाटक मञ्चन भइहाल्छननि । कलाकार छन्, फिल्म छन् । अनि वास्तविक जीवनमा पनि फिल्मनै खेल्ने । वास्तविक जीवनमा पनि नाटकनै रच्ने । त्यस पक्षमा म छैन् । त्यसो भइसकेपछि सुकृतिको, कृति, नाम रहोस् भनेर, एकपटक भएपनि देखाऔं भनेर । त्यो उद्देश्यबाट पनि काम गर्नु वाञ्छनीय छैन् ।
अघि मैले भन्दै थिए, ०५१ सालमा आउदा खेरि मनमोहनजीको नेतृत्वमा अत्पमतको सरकार बन्यो र त्यो सरकारको गृह मन्त्री बन्ने अवसर यहाँले प्राप्त गर्नु भयो । र, त्यो बेलाको जुन अहिले हामीले कुरा ग¥यौं नि त्यो रिल एकपटक घुम्यो ?
म धेरै अतित मुखी हुन्न । अतित त वेथित भइसक्यो । आगत कस्तो बनाउने र कसरी स्वागत गर्ने ? वर्तमानलाई कसरी व्यवहार गर्ने भन्ने कुरा हो । यद्यपी अतितप्रति बेखवर भएर कसैले भन्छ नि दुख पाएको अतित बिर्सियो । दुख पाएको अतितमा पनि धेरै अल्झिनु हुदैन् । सुख पाएको अतितमा पनि धेरै अल्झिनु हुदैन् । म संभ्रान्त परिवारको थिए, त्यो दम्भ पनि गर्नु हुदैन् । म दुख पाएको थिए, त्यो हिनताबोध पनि राख्नु हुदैन् । अतितमा जे भएको भएपनि मैले दुख पाएको थिए भनेपनि त्यो इतिहास हो । त्यसलाई सम्झिनु पर्छ तर हिनतावोधबाट ग्रस्सित हुनु हुदैन् । र, इतिहासको वा विगतको अनुकुलता केही सम्झिएर पनि दुखीत हुनुहुदैन् । त्यो पनि अर्को दुखित हुने मेलो हो । त्यसकारण हामीले एउटा पस्किृत मानव हुने हो । सभ्य परिस्कृत मानव हुने हो । जो नैतिकवान् छ । जो समाजप्रति र यस धर्तीप्रति समर्पित छ ।
२०५१ पछि ०६८, ०६९, ०७०, ०७२ सम्म आउदा यहाँका बारेमा अनेक अनेक खालका चर्चा परिचर्चा भए । प्रतिपक्ष राजनीति गर्नु भयो । सधै गुटबन्दी गर्नु भयो । एउटा गुटको नेता हुनभयो । अनेक अनेक चिज हुदै गए र तपाईं संविधान बनाउन सफल हुनुभयो संविधान सभाबाट । जुन तपाईं यो संविधान सभाले वा नेपालमा हुने संविधान सभाले कहाँ पु¥याउँछ भन्ने बारेमा त्यति धेरै प्रस्ट, क्लियर धारणा थिएन, जुन यस भन्दा पहिला पनि हामीले सार्वजनिक गरेका थियौं । त्यसबाट बन्यो । तपाईं प्रधानमन्त्री बन्नु भयो । पहिलो पटक पिपलको रुख रोप्नु भयो । रुख रोपेर जानु भयो । एउटा सन्देश दिनु भयो यो पिपलको रुख अजर अम्मर छ भन्ने होला मैले ठाने । दोस्रो पटक फेरि अर्को एउटा एटम बलमे हान्दापनि नमरेको एउटा रुख यही बालुवाटारमा तपाईंको अर्को अध्यक्षसँग मिलेर रुख रोप्नु भयो र त्यसमा पानी हाल्नु भयो । पार्टी एकता गर्नु भयो र प्रधानमन्त्री बन्नु भयो । यो तेह्रथुमदेखि मरिचमानले ल्याएको कोठासम्मको कोठाको यात्रा वा ७२ मा हालिएको पिपलको रुख वा ७४ फागुन ३ गतेनै यहाँले सपथ ग्रहण गर्दै गर्दाको अवस्थामाका रुपमा के. पी. ओलीलाई एक लाइनमा आफैले भन्नु भयो भने नि नेपाली जनताले कसरी स्मरण गरुन भन्ने चाहन्नु हुन्छ ?
मेरो काम नेपाली जनतालाई सुख दिने हो । नेपाली जनताले मेरो स्मरण गरेर समय खेर फाल्ने भन्दा आफ्ना सन्तानको स्यारसम्मार गरुन र देश बनाउन् भन्ने चाहन्छु । मेरो स्मरणमा समय किन खेर फाल्ने ।
तपाईंले स्मरण गर्दा जहाँ तपाईं बसेर, जुन शिखरमा बसेर तपाईं कुरा गर्दै हुनुहुन्छ ?
मैले स्मरण गर्दा मेरै जीवनका क्षणहरू– ती मैले जे जुन काममा लागे त्यसमा म निष्ठासाथ लागे । सांसदहुदा सांसदको हिसाबले, गृह मन्त्री हुदा गृह मन्त्रीको हिसाबले । देशमा शान्ति सुरक्षा कामय गर्नु मेरो कर्तव्य थियो । मैले त्यसलाई सफलताका साथ सम्पन्न गराए । पराराष्ट्र मन्त्री हुदा– मैले परराष्ट्र मन्त्रीको हिसाबले गर्नुपर्ने कामहरू सफलतापूर्वक गरे । र, त्यसबेला भुटानी शरणार्थीहरूको समस्या समाधान गर्नु थियो । त्यो मैले सफलतापूर्वक अगाडि बढाए र त्यो आज करिब करिब समाधान भइसक्यो । प्रधानमन्त्री हुदा – मैले एउटा मान्छेले भन्ने गर्छन राष्ट्रवादी अढान देखायो, या गर्यो त्यो गर्यो । भारत विरोधी अढान लियो । मैले भारत विरोधी अढान लिएकै होइन् । नेपालको पक्षको अढान मात्र लिएको हो ।
एक जना नेपाली नागरिकले जे कर्तव्य गर्नु पर्दथ्यो, त्यो कुर्सीमा बसेको मान्छेले जे काम गर्नु पर्दथ्यो त्यही काम गर्नु भयो...
त्यही काम गरेको । भारत विरोधी भावना, चीन विरोधी भावना, अर्को विरोधी भावना, अर्को विरोधी भावना होइन् । नेपाल पक्षीय, नेपाली जनतालाई अनुचित ढंगले पीडा परेको थियो, भोग्नु परेको थियो । त्यो मैले विल्कुलै स्वतन्त्र मानसिकताका साथ नेपाली मानसिकताका साथ, नेपाली हितलाई ध्यानमा राखेर र नेपालको गौरवपूर्ण परम्परालाई पनि ध्यानमा राखेर, सत्यको पक्षमा उभिन पर्दथ्यो । म त्यो उभिएको हुँ । सत्यको पक्ष भनेको नेपालको पक्ष हो, नेपालीको पक्ष हो । सत्यको पक्ष भनेको नेपाली जनतालाई असुविधा पार्ने जो कोही होस्, अन्याय गर्ने जो कोही होस्, त्यतिबेला नाकावन्दी गर्ने भारत प¥र्यो, त्यो अलग कुरा हो । तर मैले भारतको विरोध होइन नाकावन्दीको विरोध । भारतको विरोध होइन् नाकावन्दी लगाउनेको विरोध गरेको हुँ । त्यसकारण मैले निष्ठासाथ गर्छु । संविधान कार्यान्वयनका सन्र्दभमा जे गर्नु पर्छ, निष्ठासाथ गरेको छु । सुशासनको सन्र्दभमा, भ्रष्टाचार नियन्त्रणको सन्र्दभमा जे पर्दथ्यो । त्यो निष्ठासाथ गर्छु ।
एक लाइनमा भन्ने हो भने के.पी. ओलीले कुनै आडम्वर, घमण्ड, यहाँका बारेमा लगाइने अनेक खालका सबै शब्द छोड्दा एकजना नागरिक जसले सचेतनताका पूर्वक देशको पक्षमा यो काम गर्दा भलो हुन्छ र यो पदमा हुदा यो काम भलो हुन्छ, भन्ने भित्रैबाट आएको काम ग¥र्यो भने सही हुन्छ होइन् ?
हो, के.पी. ओलीले घमण्ड गर्दैन्, डर्फी हुदैन् । के.पी. ओलीलाई राम्ररी थाहा छ ।
तर मानिसहरूले भन्छन् ?
भन्छन्, दबाउन खोज्यो भने के.पी. ओली अलि दब्दैन् । फेरि त्यो दब्नु मानवीयता होइन् । दब्नु कायरतालाई शालिनता भनिदैन् । त्यसकारण म कायरता रुचाउन्न । यसको अर्थ म बहादुर छु भनेको पनि होइन् । मलाई बहादुर हुनु पनि छैन् । तर, म कायर हुन मान्दिन् । मलाई प्रशंसा गरुन । त्यसका निम्ति म केही काम गर्दिन । काम गर्छु ।
प्रधानमन्त्रीज्यू यहाँको इतिहासको भूमिकाको गर्तलाई मैले एउटा स्मरण गराए कि, यहाँ प्रधानमन्त्री भएको एक वर्षको सन्र्दभमा नेपाली जनताले मेरो देशको प्रधानमन्त्रीले एउटा नागरिकका रुपमा र प्रधानमन्त्रीका रुपमा उसको इतिहास कसरी बेतित भएको थियो ? जीवन बेतित भएको थियो र सरदर हामी नेपाली जनताको जीवनपनि यस्तै यस्तै परिवेशहरूबाट बनेर आएको छ, भन्ने स्मरण गरुन भन्ने उद्देश्य थियो । त्यसका लागि यहाँलाई धन्यवाद !
धन्यवाद !