प्रधानमन्त्रीद्वारा खोप केन्द्रको अनुगमन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप अभियानको अनुगमन गरेका छन्। खोप अभियानको बालुवाटारबाट भर्चुअल शुभारम्भ गरेसँगै प्रधानमन्त्री ओली, खोप केन्द्रको अनुगमनमा निस्किएका हुन्।
प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, सैनिक अस्पताल, थापाथलीस्थित प्रसुती गृह र पाटन अस्पताल पुगेर सञ्चालित खोप अभियानको निरीक्षण तथा अनुगमन…