अधिवेशन सञ्चालनबारे अवलोकन गर्न प्रधानमन्त्री संसद भवनमा
संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी भएको छ। दुबै सदनका बैठक सञ्चालन गर्ने तयारीको अवलोकन प्रधानमन्त्री केपी शर्मा ओली अहिले संसद भवन नयाँ बानेश्वर पुगेका छन्।
प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन गएका छन्।