पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर घोषणा
काठमाडौं, १२ चैत । पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ ।
बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार…