झापा आन्दोलन – मौलिक आन्दोलन
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा एउटा विशेष दिन हो, २१ फागुन। यो दिनले चरम दमन, स्वेच्छाचारी थितिहिनताको परकाष्टा कस्तो हुन्छ भन्ने प्रतिविम्बित गर्छ। साथै यो दिनले तानाशाही विरोधी आन्दोलन कस्तो हुन्छ, कसरी जान्छ, कति साहसिक हुन्छ र बलिदानले कति प्रेरणा दिन्छ भन्ने पनि देखाउँछ।
२१ फागुन २०२९। साँझको बेला। झापा आन्दोलनका…