यो स्वाधिनता र पारस्परिक सम्मानको समय हो – प्रधानमन्त्री ओली (भिडियो)
काठमाडौं, २८ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुक भूगोल र जनसंख्याका हिसाबले सानो–ठूलो नहुने बताउनुभएको छ । भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा उहाँले एउटा भौगोलिक क्षेत्रमा रहेका दुई छिमेकबीच सार्वभौम हिसाबले सम्बन्ध हुनुपर्ने बताउनुभयो । ‘यो पुरानो जमाना होइन, यो स्वाधीनता र पारस्परिक सम्मानको समय हो,’ उहाँले भन्नुभयो ।…