भाषा, धर्म, संस्कृतिलगायत विविधतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका तमु समुदायलगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।