सडक निर्माणमा प्राविधिक त्रुटि नगर्न प्रधानमन्त्रीको निर्देशन
१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका छन् ।
आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका हुन् ।