गणतन्त्र दिवस २०७५ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा गर्नुभएको सम्बोधन
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
संवैधानिक निकायका प्रमुखज्यूहरु,
माननीय मन्त्री तथा संघीय संसदका माननीय सांसदहरु
कूटनीतिक नियोगका प्रमुखहरू,
विशिष्ट अतिथिहरू,
सञ्चारकर्मी मित्रहरू,
आज कै दिन एक दशकअघि हामीले गणतन्त्र घोषणा गरेका थियौं । जनताका प्रतिनिधिले जनताका लागि शासन गरुन, कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईहरुको चाहना यस घोषणबाट संबोधन गरिएको…