काठमाडौं २२ बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीद्वारा लिखित पुस्तक संसद देखि संविधानसभासम्म आज बिमोचन गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यस्त समयका बाबजुत नेता अधिकारीले पुस्तक लेख्नु महत्वपूर्ण भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “आफ्नो जीवन भोगाइका विभिन्न घटनाहरुलाई सिलसिलेवार ढंगले प्रष्तुत गर्नुभएको छ । यसले नयाँ पुस्तालाई त्यस बेलाको राजनीतिका बारेमा जानकारी दिन्छ ।”
प्रधानमन्त्री ओलीले सबैलाई लेखन परम्परा सिक्न पनि आग्रह गर्नुभएको छ । “नेपालीका पुर्खाले रामायण, बेद,जस्ता ग्रन्थहरु लेखे” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा पुर्खाको जेनेटिक मेमोरी हामीमा पनि सरेकोले लेख्नलाई हामीलाई गा¥हो हुदैन ।”
घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको यस पुस्तकका बारेमा पूर्व प्रधानमन्त्तीहरु माधव कुमार नेपाल,लोकेन्द्र बहादुर चन्द,मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रमा प्रधानमन्त्री ओलीले अधिकारीको ८२ औं जन्मोत्सवका अवशरमा सुस्वास्थ्य,दीर्घायूको कामना गर्दै केक काटेर अधिकारीलाई खुवाउनु भएको छ ।