NP EN

प्रजापरिषदलाई पार्टीमा मिलाउँदै ओली– देवकोटा हुनुभएको भए ‘एमालेमा जाने हो’ लेख्नुहुन्थ्यो

काठमाडौं, २३ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धिका लागि एमाले बाहेक कुनै विकल्प नभएको वताउनु भएको छ । नेपालको सवैभन्दा पुरानो पार्टी नेपाल प्रजा परिषदलाई एमालेमा समाहित गराउँदै ओलीले इतिहासका गौरवपूर्ण विरासत एमालेसँगै रहेको पनि वताउनुभयो ।

‘१९९३ मा गठन भएको प्रजापरिषदले ९७ सालमा राणा शासन विरुद्ध त्यत्रो ठूलो जागरण ल्यायो । पूर्खाहरुको जागरणको इतिहास गौरवपूर्ण छ, यहाँ योगमायाको जागरण, लखन थापाको जागरणका गौरवपूर्ण गाथा छन् । ती सबै विरासत अव एमालेसँग छ’ ओलीको भनाई थियो, ‘आज महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि जिवित हुनुभएको भए, कुन मन्दिरमा जन्छौ यात्री कुन मन्दिरमा जाने हो होइन, एमालेमा जाने हो, देशको विकास गर्ने हो भन्ने गीत लेख्नुहुन्थ्यो ।’ उहाँले समृद्धिका लागि एमाले बाहेक अर्काे शक्ति नभएको वताउँदै एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प भएको वताउनुभयो ।

एमाले अध्यक्ष ओलीले देशको हितमा काम गर्ने सरकार नभएकाले नेपाली नागरिक निसासिनु परेको वताउनुभयो । भारतीय सीमाक्षेत्रमा अहिले एक महिनाअघि देखिका मालवाहक गाडी र ट्यंकर नेपाल भित्रिन लाइन लागेर बसेको तर, त्यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसकेको वताउनुभयो । ‘नेपाल आउनु पर्ने ट्यांकर एक महिनादेखि सीमापारी लाइन लागेर बसेका छन्, हाम्रा प्रधानमन्त्री भारतसँग यस विषयमा कुरा गर्न सक्दैनन्’ ओलीको भनाई थियो, ‘भारतसँग कुरा गर्नु पर्यो भने, चार पटक चस्मा मिलाउनु पर्छ, पाँच पटक दौरा मिलाउनु पर्छ, यस्तो प्रधानमन्त्रीलाई मुलुकले अव धेरै झेल्न सक्दैन । मंसिरको तेस्रो हप्तासम्म पर्खनुस् ।’

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>