NP EN

अचानक किन गए ओली केरुङ नाका निरीक्षणमा ?

काठमाडौं, ४ पुस– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलवार एकाएक उत्तरी सीमा नाका रसुवागढी पुगे । दुई वर्षअघि नेपाल–चीन ऐतिहासिक पारवहन सन्धी र रेल्वे सम्झौता गरी आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा लोकप्रियता कमाएका ओलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल्वेलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् । 

प्रधानमन्त्री बन्नुअघि उत्तरी नाका केरुङ नाका निरीक्षण गर्न ओली अचानक पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीको प्रधानमन्त्रीत्व कालमै नेपाल भ्रमणको तयारीमा रहेर पछि सरकार परिवर्तनका कारण भ्रमण स्थगित गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्च महिनामा नेपाल भ्रमणमा आउने खवर आउनु र ओलीको केरुङ नाका निरीक्षणलाई जोडेर हेर्न थालिएको छ ।  ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ पनि छन् । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>