NP EN

मेरो हरेक पाइला विकासको बाटोमा : प्रम ओली

काठमाण्डौ ९ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताउनुभएको छ । आज  काठमाण्डौको दहचोकमा पर्यटन उत्सवको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हर तरहले जनतालाई यो उपलब्धीको अनुभुती गराउन प्रयत्नशिल रहने बताउनुभएको छ । ‘मेरो हरेक पाइला विकाशका लागि र विकासको बाटोमा हुनेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब  विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण र पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने बताउनुभएको छ । ‘युद्धसँग जोडिएका ति किल्लाहरुको महत्व,अपनत्व,ऐतिहासिकता,दुःखकष्टसँग सेना जोडिएको हुन्छ’प्रधानमन्त्री ओलीले   ‘यस कामका लागि सरकारको पूर्ण सहयोग हुन्छ तर त्यसको अगुवाइ सेनाले गर्छ ।’

दहचोक मै  रहेको नेपाल एकिकरणका एक सारथी कालु पाण्डेको समाधि स्थलमा माल्यापर्ण गरेपछि महोत्सवको उद्ध्घाटन गर्न पुग्नु भएका ओलीले नेपाल एकिकरणसँग जोडिएको यस ठाउँलाई  ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा समेत विकास सगर्नुपर्ने बताउनुभएको  छ । गतबर्ष देखि हरेक बर्षको फागुन ९ गते कालु पाण्डेको समाधिस्थल पुग्ने प्रतिवद्धता गर्नु भएका प्रधानमन्त्री ओलीले आगामी बर्ष आउँदा विकासमा यस ठाउँले फड्को मार्ने बताउनु भएको छ ।

दुईदिन भित्र सरकार विस्तार

दहचोकमै सरकार कहिले हुन्छ भनेर संचारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो  ‘भोलि र पर्सीमा सरकार विस्तार हुन्छ । ’प्रधानमन्त्री ओलीलाई दहचोकका स्थानीयले नागरिक अभिनन्दन पनि गरेका छन् ।