नेकपा एमालेको स्थायी समितिको बसेको बैठकले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
हिजो बेलुका देखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज राती सर्वसम्मत रुपमा भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।