काठमाण्डौ,२७ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले पक्ष, प्रतिपक्ष भएर होइन सबै मिलेर देश बनाउन लागिपर्नु पर्ने बताउनुभएको छ ।
आज संसदमा विश्वासको मत लिने क्रममा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले सरकारलाई सरकार हुँ भनेर दम्भ देखाउने र प्रतिपक्षलाई विरोध मात्र गरिरहने छुट नभएको बताउनभएको छ । ‘अब देशमा विकासको महाअभियान सञ्चालन गर्नुछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘प्रधानमन्त्री भएको नाताले त्यसको नेतृत्व मैले गरुंला तर सबैको सहयोग जरुरी छ ।’ प्रधानमन्त्री ओलीले आफु दमनकारी शासक होइन जनताको सेवक हुन चाहेको बताउनुभएको छ ।
प्रतिपक्षी दलले पनि सरकारलाई विश्वास मत दिन सक्ने प्रदेश नं २ को दृष्टान्त पेश गर्दै प्रधानमन्त्री ओलीले आफुलाई पनि विश्वासको मत दिन नेपाली काँग्रेसका साँसदहरुलाई आग्रह गर्नुभएको छ ।‘मलाइ विश्वास नगर्नु पर्ने कारण के छ ?’ संसदमा प्रधानमन्त्री ओलीको प्रश्न छ ‘मेरो विगतले वा वर्तमानले मलाइ अविश्वास गर्नु पर्ने कुनै कारण छ त ?’प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन कुनै नियम कानुनले नछेक्ने प्रधानमन्त्रीको भनाइ छ ।
क्रान्ती गरेर अब कहीं नपुगिने भन्दै प्रधानमन्त्री ओलीले सामाजिक जागरणका,शिक्षा र स्वास्थ्य,यातायात,विद्युतका क्षेत्रमा काम गर्नुपर्ने बताउनुभएको छ । संयुक्त राष्टक संघले अघि सारेको दिगो विकाश लक्ष्य सन् २०३० हासिल गर्नका लागि नेपालले पनि द्रत गतिमा अघि बढ्न पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालमा हाल प्रतिव्यक्ति आय ८०० अमेरिकी डलर मात्र रहेकोमा १२०० डलर पु¥याउनु पर्ने,व्यापार घाटा घटाउनु पर्ने ,स्वदेशमै रोजगारीका अवसर सृजना गरेर विदेशीएका युवालाई स्वदेशमा फर्काउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यी सबै लक्ष्य प्राप्तीका लागि सरकार सबैसँग मिलेर काम गर्न तयार छ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान भएकोले सबै सांसदहरुलाई आफुलाई समर्थन गरिदिन आग्रह गर्नु भएको छ ।