काठमाण्डौ,३० फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री ए.के.एम. शाहाजहाँ कमालसँग शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले गत फागुन २८ गते भएको यूस बंगलाको विमान दुर्घटनालाई दुखद भन्नुभएको छ । मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंशा गर्नुभएको छ । नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्नुभएको मन्त्री कमालले जानकारी गराउनु भयो ।
प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री,सरकार र जनतालाई समवेदना सहित सहानुभुति प्रकट गर्नुभएको छ । प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिनुभएको छ । आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई बताउनुभएको छ ।