NP EN

​सदाचारको जय जय गान,भ्रष्टाचारको नामोनिशान : प्रम ओली

काठमाडौं ९, चैत, प्रधानमनत्री केपी शर्मा ओली यो सरकार भ्रष्टाचार निर्मूल पार्ने अभियानमा लागेको बताउनुभएको छ । २९ औं राष्ट्रिय औद्योगिक वश्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु,घरेलु तथा साना उद्यमी पुरस्कार वितरण समारोहको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

भृकुटी मण्डपमा  आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारका कारण देश धरासायी भएको भन्दै यसबाट जोगाउन सबै लाग्नु पर्ने बताउनुभयो । भ्रष्टाचार निर्मुल गर्न सरकार दृढ रहेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब सदाचारको जय जय गान,भ्रष्टचारको नामोनिशान हुन्छ । ’

वर्तमान सरकार गठन भएसंगै जनतामा नयाँ आशा पलाएको बताउनभएको छ । ‘वर्तमान सरकार गठन भएपछि जनतामा नयाँ आशा पलाएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘जनताले नयाँ सम्भावना देखेका छन् । ति सम्भावनालाई यर्थाथमा परिवर्तन गर्न सरकार अग्रसर छ ।’

प्रधानमन्त्री ओलीले सरकार घरेलु उद्योगलाई प्रवद्र्धन गर्न तत्पर रहेको बताउनुभएको छ । उहाँले व्यावशायीहरुलाई निर्याजन्य वश्तुको उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ । ‘साना उद्यमीका समस्या तपाईंहरुको संघमा राख्नुहोस । संघले मन्त्रालयमा ल्याउनुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मन्त्रालयबाट पुरा गर्न नसकिने समस्या प्रधानमन्त्री कहाँ लिएर आउनुहोस । म तपाईंहरुको पक्षमा छु ।’