NP EN

नेपाल भारत सम्बन्ध नयाँ उचाइमा : प्रम ओली

बारा १८ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । बारामा सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको आज  शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले केही दिनपछि हुने आफ्नो भारत भ्रमणले दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो । “एक खालका मान्छेलाई भारतसँगको सम्बन्ध यस्तो हुन्छ भन्ने विश्वास थिएन” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अहिले हाम्रो सम्बन्ध पारस्परिक लाभमा आधारित र  सहकार्य पनि बढेको छ । यो सम्बन्ध अरु बढ्छ ।”



प्रधानमन्त्री ओलीले नेपालको विकाशमा चीनको सहयोग पनि उल्लेख्य रहेको बताउनुभएको छ । “विकाशका लागि चीन पनि सहयोग गर्न तयार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी एकतावद्ध भएर देश विकासका लागि लाग्नु पर्छ । छोटो समयमा नै हामी नेपाललाई सुन्दर र विकशित देश बनाउन सक्छौं ।”

प्रधानमन्त्री ओलीले देशको भूगोल,राष्ट्रियता परिवर्तन गर्न नमिल्ने तर त्यस बाहेक काम गर्ने शैली,सोचाइ आदि परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले हरेक प्रदेशमा कृषिका बिशेष परियोजना सञ्चालन गरिने बताउनुभयो । “कृषिको आधुनिकीकरण र भूमी व्यवस्थापन गरेर ठुलो क्षेत्रफलमा एकै प्रकारको खेती लगाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सुनकोशी डाइर्भसन र मरिन कमला सिंचाइ परियोजना अघि बढाएर तराईको जमिनमा सिंचाइ सुविधा पु¥याइने बताउनुभएको छ ।



गार्मेन्ट उद्योग सञ्चालन भएपछि रोजगारीसँगै यस क्षेत्रको आर्थिक विकासमा ठुलो टेवा पुग्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले तराइमा व्याप्त बोक्सी प्रथा,दाइजो प्रथा विरुद्ध अभियान चलाउनु पर्ने बताउनुभएको छ । “गरिब महिलालाई बोक्सीको आरोप लगाएर हिंसा गर्ने प्रचलान अन्त्य गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो  “बेहुली लिन गएको मान्छे मोटरसाइकल दिएनन् भनेर फर्किने,दाइजो दिएनन् भनेर श्रीमतीलाई यातना दिने कुरा अब सैह्य हुदैन । यस्ता विकृतीको अन्त्य हुनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले नागरिकताको समस्या हल गरिने बताउनुभएको । कानुनमा केही अफ्ठ्यारा भए तिनलाई समाधान गरिने उहाँले बताउनुभएको छ ।“जन्मसिद्धका छोराछोरीले वंशजको नागरिकता पाउछन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसमा अब  समस्या हुदैन ।”