काठमाडौं २७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक राजनीतिक संक्रमण व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढेको बताउनुभएको छ ।
चीन सरकारको सहयोगमा बनेको सौर्य प्रणालीको सिंहदरबारमा आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । सो प्रणाली प्रधानमन्त्री ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो
समृद्धिको यस अभियानमा अधिक उद्योग स्थापना र रोजगारी सिर्जना गर्न तथा पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारका निम्ति सरकारले ध्यान केन्द्रित गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले यस्ता आयोजनालाई अन्य क्षेत्रमा पनि विस्तार गर्न सके समृद्धिको यात्रामा सहयोग सिद्ध हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको भूगोल अनुसार सौर्य प्रणाली उर्जाका लागि प्रभावारी रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “ नेपालजस्तो भौगोलिक विविधतायुक्त मुलुकमा सौर्य ऊर्जा प्रणाली अति उपयोगी र सान्दर्भिक हुन्छ यसलाई समृद्धिको आधारका रुपमा अघि बढाइनु पर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो “दोहोरो अंकको आर्थिक वृद्धि र परिणाम देखिने गरी देशको विकास गरेर जनतालाई अनुभूत गराउँछौँ त्यसका लागि हाम्रा काम कारवाहीलाई तीव्र गतिमा अघि बढाउन जरुरी हुन्छ । ”
चीनसँगको सदियौँदेखिको पारस्परिक सम्बन्धलाई थप उचाइमा पु¥याई आपसी हितका साझा कार्यक्रमलाई समन्वयात्मक ढङ्गले अघि बढाइने प्रधानमन्त्रीको भनाइ थियो ।
यसअघि उक्त परियोजना चीन सरकारको तर्फबाट नेपालको ऊर्जा मन्त्रालयलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपालका लागि चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सिलर वाइ पिङले सम्पन्न परियोजनामा हस्ताक्षर गर्नुभयो ।
प्रधानमन्त्री ओली र राजदुत होङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयको छतमा राखएिको सोलार प्यालनको पनि निरीक्षण गर्नुभएको थियो । कार्यक्रममा उर्जा मन्त्री बर्षमान पुन,प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु प्रसाद रिमाल लगायतको उपस्थिती थियो ।