NP EN

प्रधानमन्त्रीद्वारा राष्ट्रिय योजना आयोगका उपाधक्ष्यलाई पद तथा गोपनीयताको सपथ

 काठमाडौं १३ बैशाख,प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष  केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाधक्ष्य प्रा.डा. पुष्पराज कडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ ।
 प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय सिंहदरबारमा आज आयोजित कार्यक्रममा धादिङ घर भएका प्रा.डा. कडेललाई २०७५ बैशाख ११ गतेको मन्त्रिपरिषद बैठकले उपाधक्ष्यमा नियुक्त गरेको थियो । 
यसैगरी प्रधानमन्त्रीको उपस्थितीमा उपाधक्ष्य प्रा.डा. कडेलले योजना आयोगका ६ जना सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । पद तथा गोपनीयताको सपथ लिने सदस्यहरुमा डा.कृष्ण ओली काठमाडौं,डा.उषा झा महोत्तरी,डा.दिलबहादुर गुरुङ लम्जुङ,इ.शुसील भट्ट ललितपुर,मीनबहादुर शाही कालिकोट र डा. रामकुमार फुंयाल सिन्धुली हुनुहुन्छ ।
परिवर्तनकारी योजना बनाउन निर्देशन
 प्रधानमन्त्री ओलीले आयोगका उपाधक्ष्य तथा सदस्यहरुलाई परिवर्तनकारी योजना बनाउन निर्देशन दिनु भएको छ । “अब साबिकका योजनाको निरन्तरता मात्र होइन नयाँ र परिवर्तनकारी योजना बनाउनुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले आयोगका उपाधक्ष्य र सदस्यहरुले गहन परिस्थितीमा गहन अभिभारा पाएकोले यसलाई गहन ढंगले नै निर्वाह् गर्न निर्देशन दिनुभएको छ ।
 
 प्रधानमन्त्री ओलीले जनताले अनुभुत गर्ने गरी योजना बनाउन,त्यसको कार्यन्वयन बिधी तयार गर्न पनि आयोगलाई निर्देशन दिनु भएको छ । जनतालाई आशावादी बनाउने योजना बनाएर परिर्वतनको अनुभुती सबैलाई दिनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।्
“सरकारले विकाशका विभिन्न भिजन बनाएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यी भिजनलाई योजनामा बदल्नुप¥यो । ”
प्रधानमन्त्री ओलीले कर्णालीको विकाशमा विशेष ध्यान दिन आयोगका सदस्यलाई निर्देशन दिनुभएको छ । “कर्णालीमा १० डांडा घुम्दा मात्र एउटा गाउँमा हुने घरहरु भेटिन्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण त्यहाँको बस्ती विकाशमा नयाँ ढाँचा प्रयोग गर्नुपर्दछ । ” प्रधानमन्त्री ओलीले कर्णालीमा यस बर्ष देखि जनता आवास कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ ।