लुम्बिनी १६ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा ३ हजार क्षमताको सभा हल उदघाटन गर्नुभएको छ ।
२५६२ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७५ का अवसरमा लुम्बिनी गुरुयोजना अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषको सहयोगमा नेपाली सेनाले उक्त सभा हल निर्माण सम्पन्न गरेको थियो ।
२०७२ सालमा बुद्ध जयन्ती मनाउन बनाइएको अस्थायी हल हावाहुरीले उडाएपछि तत्कालिन प्रधानमन्त्री ओलीले ५ हजार क्षमताको हल बनाउने घोषणा गर्नुभएको थियो ।