लुम्बिनी १७ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा आज ओशो जेतवन आध्यात्मिक ग्रामको उदघाटन गर्नुभएको छ ।
दुई तले भवनको उदघाटन गर्दै प्रधानमन्त्रीले ध्यानको माध्यमबाट खराव सोच र आचरण त्याग्न प्रेरित गर्न आग्रह गर्नुभयो । “हामीले सहमति र सहकार्य चाहेका छौं” प्रधानमन्त्रीले भन्नुभयो, “विकृत मनोवृत्तिबाट असुरक्षाको सुरुवात हुन्छ ।”
राम्रो काम गर्दा भगवान गौतम बुद्धको पनि विरोध भएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो विरोध हुनुलाई ठूलो कुरा नमानेको बताउनुभयो ।
प्रधानमन्त्रीले आफू सदुपयोगको सिद्धान्त पक्षधर रहेको बताउँदै ६७ वर्षसम्म देश र जनताको पक्षमा समयको अधिकतम सदुपयोग गरेको उल्लेख गर्नुभयो ।