NP EN

शान्ती र स्थिरता तर्फ नेपाल : प्रम ओली

काठमाडौँ, २४ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ती र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताउनुभएको छ । स्थानीय तह,प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले स्थिरता तर्फ बढेको बताउनुभएको छ । 

संयुक्त राष्ट्र संघीय बालकोष(युनिसेफ)ले आयोजना गरेको    ‘सिक्दै गरेको पुस्ता र सिकाईको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।  

प्रधानमन्त्री ओलीले वर्तमान सरकार समावेशी नीति,समानता,समृद्धि र सामाजिक न्यायका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालको संविधानले आधारभुत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्ने व्यवस्था गरेको स्मरण गराउनु भएको छ । “शिक्षाका अतिरिक्त सवस्थ्य,हेरचाह,व्यक्तित्व विकास, खेलकुद जस्ता कुराहरु हरेक बालबालिकालाई उपलब्ध गराइन्छ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।



नेपाल बिना भेदभाव बालअधिकार रक्षाका लागि प्रविबद्ध रहेको प्रधानमन्त्ती ओलीको भनाइ छ । “नेपाल बालअधिकार महासन्धीको पक्ष राष्ट्र पनि हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण पनि हामी बालबालिकाको शिक्षा पाउने अधिकारलाई उच्च प्राथमिकतामा राख्छौं ।”

प्रधानमन्त्री ओलीले नेपालमा शैक्षिक गुाण्स्तर वृद्धिका लागि सुचना र प्रविधीको प्रयोग गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “सुचना र प्रविधीलाई विद्यार्थी देखि विद्यालयसम्म विस्तार गर्ने सरकारको योजना छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो दिगो विकासको लक्ष्य प्राप्तिका लागि सूचना प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिन आग्रह गर्नुभएको छ ।  

कार्यक्रममा शिक्षा मन्त्री गीरीराजमणी पोख्रेलको पनि सहभागिता थियो ।