काठमाडौं २५ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर आज प्रधानमन्त्री ओलीले देवकोटाको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । पित्त थैलीको क्यान्सर रोगले थलिएका देवकोटा न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गरिरहनु भएको छ ।
प्रधानमन्त्री ओलीले डा. देवकोटाको स्वास्थ्यमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीका साथमा मुख्य सल्लाहाकार बिष्णु रिमाल,एमाले डा.राजन भट्टराई पनि देवकोटाको स्वास्थ्य अवश्था बुझ्न अस्पताल पुग्नु भएको थियो ।