काठमाडौं ३१ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा साँसद हरीशरण लामिछानेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
प्रदेश नं ३ अन्तरगत भक्तपुर क्षेत्र २ प्रदेश ख का सांसद लामिछाने राजधानीको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचाररत हुनुहुन्छ । हिजो दिउसो एक्कासी लामिछानेको रक्तचाप बढेपछि अस्पताल भर्ना गरिएको थियो । लामिछानेलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।
प्रधानमन्त्री ओली आज दिउसो अस्पताल पुगेर लामिछानेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । साँसद लामिछानेको स्वास्थ्य लाभको कामना गर्न उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुन ,र स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याल पनि प्रधानमन्त्रीसंग अस्पताल पुग्नु भएको थियो ।